नेफ्स्कूनसँग सहकार्य गर्न रंगेली नगरपालिका तयार
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनसँग सहकार्य गर्न रंगेली नगरपालिका तयार

मोरङ । प्रदेश नं १ को मोरङ् जिल्ला स्थित रंगेली नगरपालिकाले स्थानीय सहकारी संस्थाहरुलाई सक्षम, दिगो र सुशासित बनाउन नेफ्स्कूनसँग सहकार्य गर्न तयार रहेको जनाएको छ । रंगेली नगरपालिकाका मेयर दिलिप कुमार अग्रवालले नेफ्स्कूनसँग सहकार्य गर्न नगरपालिका तयार रहेको आज बताउनुभएको होे । उहाँले आवश्यक सहयोग र समन्वयका साथ अघि बढ्ने समेत बताउनुभयो । आज नेफ्स्कूनले आफ्ना सेवा तथा व्यवसाय सम्बन्धमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रमका प्रमुख अतिथि मेयर अग्रवालले त्यस्तो धारणा राख्नुभएको हो ।  नेफ्स्कून फिल्ड कार्यालय इटहरीको आयोजनामा भएको कार्यक्रममा स्थानीय १५ साकोसका २८ जनाको सहभागिता थियो । 

कार्यक्रमको औचित्य सम्बन्धमा नेफ्स्कून संचालक सदस्य एवम् फिल्ड कार्यालय इटहरीकी संयोजक गोमा नेपालले संघको रणनीतिक कार्यदिशा, नीति, विधि र प्रविधिमा जोड, आबद्धताका साथै सेवा व्यवसायका विविध पक्षका बारेमा स्पष्ट पार्नुभएको थियो । उहाँले सबै बचत तथा ऋण सहकारीहरुलाई सहकारी सञ्जालमा आवद्ध भई ऐक्यवद्ध भएर अघि बढ्न उत्प्रेरित गर्नुभएको थियो । सञ्चालक नेपालले सहकार्य गरी सहकारी संस्था ,नेफ्स्कून र पालिकाहरु अघि बढ्न सके सहकारी संस्थाहरुको संस्थागत विकास सम्भव हुने बताउनुभयो । 

कार्यक्रमको सहजिकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत मुकेश दाहाल र फिल्ड इन्चार्ज पवन घिमिरेले संयुक्त रुपमा गर्नु भएको थियो । सहजकर्ताद्वयले सहकारीको परिचय, मूल्य मान्यता र सिद्धान्त,नेफ्स्कूनको इतिहास, परिचय,नेफस्कुनको हालको अवस्था नेफ्स्कूनमा आवद्धताको प्रक्रिया,औचित्य र सम्भावना ,संघको सेवा तथा व्यवसाय, हाल संचालित कार्यक्रमहरु आदि विषयवस्तुहरुमा छलफल चलाउनुभएको थियो । नेफ्स्कूनले सञ्चालन गरेको साकोसहरुको गुणस्तर सुनिश्चितता सम्बन्धी प्रमाणीकरण कार्यक्रम प्रोवेसनका सम्बन्धमा पनि नेफ्स्कूनकी सञ्चालक नेपाल र सहजकर्ताहरुले सहभागीहरुलाई अभिमुखिकरण गर्नुभएको थियो । कार्यक्रम संचालन नेफ्स्कून इटहरी फिल्ड कार्यालय इन्चार्ज पवन घिमिरेले गर्नुभएको थियो ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

३ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

५ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

५ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

११ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२२ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३५ दिन अगाडि

पाठकबाट थप