गोंगबुमा प्रोवेसन कार्यक्रम अभिमुखिकरण
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
गोंगबुमा प्रोवेसन कार्यक्रम अभिमुखिकरण

काठमाडौं । गोंगबु क्षेत्रमा संचालित बचत तथा ऋण सहकारी संस्थाहरुको लागि नेफ्स्कूनको आयोजनामा प्रोवेसन कार्यक्रम सम्बन्धि अभिमुखिकरण कार्यक्रम आज सम्पन्न भएको छ । प्रमुख अतिथि नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले कार्यक्रमको उद्घाटन गनुहुँदै नीति विधि र प्रविधिमा संस्थाहरु संचालन गर्नको लागि संघद्धारा सञ्चालित गुणस्तर सूनिश्चितताका कार्यक्रमहरुमा आवद्ध हुन ढिला गर्न नहुने बताउनु भयो । उहाँले संघले लिएको रणनीतिक उदेश्य प्राप्ति गर्न र संस्थाहरुको जोखिम न्यूनीकरण गर्नका लागि पनि प्रोवेसन कार्यक्रममा आवद्ध हुनु पर्ने आवश्यकता औंल्याउनुभयो । कार्यक्रमको अध्यक्षता नेफ्स्कूनका सञ्चालक एवम् गोंगबु फिल्ड कार्यालय व्यवस्थापन उपसमतिका संयोजक न्हुन्छे नारायण श्रेष्ठले गर्नुभएको थियो भने उपसमितिका सदस्यहरुको पनि सहभागिता थियो । कार्यक्रममा सो क्षेत्रमा संचालिन १९ वटा सहकारी संस्थाका २६ जना प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रम सहजिकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत कोमलराज अधिकारी र गोंगबु फिल्ड ईन्चार्ज प्रकाश अधिकारीले गर्नु भएको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

८ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

८ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

पाठकबाट थप