चन्द्रागिरि साकोसको CUDCC तालिम सौराहामा सुरु
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
चन्द्रागिरि साकोसको CUDCC तालिम सौराहामा सुरु

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका ७ स्थित चन्द्रागिरी बचत तथा ऋण सहकारी संस्थाको लि.को नवनिर्वाचित सञ्चालक र लेखा सुपरिवेक्षण समितिको क्षमता अभिबृद्धि - CUDCC तालिमआज फाल्गुण २० गते देखि चितवनको सौराहामा सुरु भएको छ । फाल्गुण २० गते देखि २४ गते सञ्चालन हुने उक्त तालिमको आज नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. (नेफ्स्कून) का बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गर्नुभएको छ । उद्घाटन सत्रका प्रमुख अतिथि ढकालले सहकारी ऐन, नियमावलीको केही व्यक्तिहरुले व्यक्ति अनुकूल व्याख्या गर्दै यसको मर्म विपरित काम कारवाहीहरु गर्न सुरु गरेकोमा चिन्ता व्यक्त गर्नुभयो । बरिष्ठ उपाध्यक्ष ढकालले उक्त तालिमले सहकारीका सञ्चालकहरुको प्रतिबद्धतालाई गतिशील बनाउँदै निर्दिष्ट लक्ष्यमा पुग्न सहयोगी हुने कुरा व्यक्त गर्नुभयो । नेफ्स्कूनले हालको वित्तीय बजार अनुसार साकोसहरुहरुलाई उपयुक्त हुने थप प्रोडक्टको विकास गर्दै चन्द्रागिरि साकोस लगायत ठुलो कारोवार गर्ने सहकारीहरु समेतलाई समेट्ने गरी नयाँ योजना ल्याउने कुरा समेत जानकारी गराउनुभयो । 
संस्थाका अध्यक्ष योगेन्द्रकुमार कुँवरले यस तालिमले सञ्चालकहरुको क्षमता विकास गरी संस्थाका सदस्यहरुलाई थप प्रभावकारी र सुविधाजनक सेवाहरु प्रवाह गर्न आवश्यक ज्ञान र सीप प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । आज भन्दा २० वर्ष २ महिना अगाडि अर्थात वि.स २०५७ साल पौष २२ गते २५ जना व्यक्ति मिलेर स्थापना भएको संस्था हाल १३ हजार सदस्य र २ अर्ब ३४ करोडको कुल सम्पत्ति सहित विशुद्ध रुपमा समुदायमा आधारित सहकारीको रुपमा गुणस्तरीय सेवा प्रदान गरिरहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले प्रकाश पार्नुभयो । नेफ्स्कून तालिम विभाग प्रमुख प्रचार्य गणेश प्रसाद तिमल्सिना र बरिष्ठ तालिम अधिकृत बल्लभ तिमल्सिनाले ५ दिवसीय तालिमको प्रशिक्षण सहजीकरण गर्नुभएको छ ।


 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

५ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

७ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

७ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

८ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

८ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

९ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१५ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३३ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२५ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२३ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३१ दिन अगाडि

पाठकबाट थप