नेफ्स्कूनद्वारा १ सय ११ औं अन्तर्राष्ट्रिय नारी दिवस लक्षित भर्चुअल अन्तरक्रिया
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनद्वारा १ सय ११ औं अन्तर्राष्ट्रिय नारी दिवस लक्षित भर्चुअल अन्तरक्रिया

काठमाडौं । १ सय ११ औं अन्तर्राष्ट्रिय नारी दिवसको छेको पारेर नेफ्स्कूनले आज साकोसमा महिला नेतृत्व तथा व्यवस्थापकहरुसँग भर्चुअल अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । संघको महिला सशक्तिकरण उपसमितिको आयोजनामा जुम एप्लिकेशनका माध्यमबाट सञ्चालित कार्यक्रममा नेफ्स्कून नेतृत्वसँगै विभिन्न सहकारी संघ संस्थाका सञ्चालक समिति तथा व्यवस्थापकीय नेतृत्वमा रहनुभएका महिलाहरुको सहभागिता रहेको थियो । 

कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले महिलाहरुको आजबाट नेफ्स्कूनले साताव्यापी कार्यक्रमहरु आयोजना गरी महिला दिवस मनाउन लागेको जानकारी गराउँदै आगामी २५ वर्षको अवधिमा मुलुकको समृद्धिमा खर्चिनुपर्ने र त्यसका लागि पुरुषहरुको जत्तिकै भूमिका महिलाहरुको हुने बताउनुभयो । पुरुषहरुको तुलनामा महिलाहरुको आर्थिक, सामाजिक, साँस्कृतिक र पर्यावरणीय भूमिका प्रवर्धन गर्न नसकिएको स्वीकार्दै सहकारीलाई आधार बनाएर समग्रताम नतिजामुखी कामहरु गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । विकास र समावेशीतामा महिलाहरुको विषय चर्चा गर्दै अध्यक्ष पौड्यालले महिलाहरुको सार्थक र सक्रिय सहभागिता आवश्यक भएको बताउनुभयो ।

यो पटकको नारी दिवसले महिलाहरुमा शक्ति आर्जन गर्ने सक्षमता विकास गर्न प्रेरित गर्ने विश्वास सहित उहाँले कार्यक्रम र महिला शसक्तिकरणको प्रयासमा केन्द्रीय संघको तर्फबाट ऐक्यबद्धता समेत व्यक्त गर्नुभयो ।कार्यक्रममा नेफ्स्कूनकी उपाध्यक्ष शान्ति अधिकारीले २०६४ सालदेखि नै नेफ्स्कूनले सहकारीमा महिला सहभागिता अवसर र चुनौती विषयमा निरन्तर कार्यक्रम गर्दै आएको जानकारी गराउनुभयो । सहकारीमा महिलाहरुको अवसर, सुरक्षा, सहभागिता आदि बढाउने विषयमा नीतिगत कमी कमजोरीहरुलाई सच्याउदै लानुपर्ने उहाँले बताउनुभयो ।

नेफ्स्कून सञ्चालक समितिमा ३१.८१ प्रतिशत महिला सहभागिता रहेको जानकारी उहाँले गराउनुभयो । उपाध्यक्ष अधिकारीले देशभरका महिला प्रशिक्षक प्रशिक्षण (टट) मा सहभागी गराउनुपर्ने आवश्यकता औंल्याउनुभयो भने नेफ्स्कूनले सञ्चालन गरेको सीटीइभीटी प्रमाणित सहकारी व्यवस्थापक कोर्षमा पनि महिला सहभागिता बढाउने विषयमा देशभरका सहकारीहरुको ध्यान पुग्नुपर्ने समेत उल्लेख गर्नुभयो । व्यवस्थापन प्रमुख वा उच्च तहमा पनि महिला सहभागिता बढाउने प्रयासमा सबैको साथ र सहयोग आवश्यक रहने धारणा उपाध्यक्ष अधिकारीको थियो । उहाँले नारी दिवसकै अवसरमा नेफ्स्कूनले साताव्यापी कार्यक्रम आयोजना गरेको र आजै पनि चितवनमा नवलपुर र चितवनका महिला साकोसहरु लक्षित कार्यक्र गरिएको उल्लेख गर्नुभयो । 

कार्यक्रमको अध्यक्षता गर्नुभएकी नेफ्स्कूनकी सञ्चालक सदस्य एवम् महिला शसक्तिकरण उपसमिति संयोजकएवम् गोमा नेपालले ५ वटा ईः रोजगारी, शिक्षा, (समानता र समता) (संलग्नता) र  उद्यमशिलतामा आधारित रहेर आजको कार्यक्रम आयोजना गरिएको जानकारी गराउनुभयो । महिलाका विषयहरु ५ वटा इका शब्दहरुले सम्बोधन गर्ने भएकाले यीनैलाई आजको कार्यक्रमको थीम तय गरिएको उल्लेख उहाँले गर्नुभयो । संयोजक नेपालले कार्यक्रममा प्राप्त सुझाबहरुलाई मनन गर्दै आवश्यक रणनीतिक संशोधनहरु एवम् नीतिगत बहसपैरवी अघि बढाउने जानकारी गराउनुभयो ।

कार्यक्रममा स्वागतसहित प्रस्तुतिकरण गर्दै संयोजक नेपालले हुमहिलाहरुका लागि विशेष र छुट्टै कार्यक्रमरु सञ्चालनका विषयलाई रणनीतिक योजनमा समावेश गरेर लाने बचनबद्धता उहाँले व्यक्त गर्नुभयो । संयोजन नेपालले तालिम वा गोष्ठीका लागि मात्र भन्दा पनि मागका आधारमा महिला मैत्री कार्यक्रमहरु विकास गर्न नेफ्स्कून लागि परेको बताउनुभयो । उहाँले नेफ्स्कूनले साताव्यापी कार्यक्रम आयोजना गरी १ सय ११ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाउनका लागि सदस्य संघ संस्थाहरुलाई आव्हान समेत गरेको उल्लेख गर्दै महिला सदस्यहरुका लागि उपहार, ऋणको व्याजमा छुट सेवा, नयाँ सदस्यहरुलाई स्वागत, बुहारी छात्रवृत्ति जस्ता सेवाहरु विकास गर्न सकिने अवगत गराउनुभयो ।

यसैगरी उहाँले राष्ट्रिय महिला गोष्ठीको तयारीका अतिरिक्त महिलाका मुद्दाहरुलाई बेलाबेलामा नेफ्स्कूनले उठान गर्दै आएको दाबी गर्नुभयो ।  कार्यक्रममा बिना श्रेष्ठ, लक्ष्मी काफ्ले, संगिता गौतम,सरस्वती चौलागाई लगायतका सहभागीहरुले महिलाहरुलाई निर्णायक भूमिकामा ल्याउन नेफ्स्कूनले गरेका प्रयासहरु, सहकारीबाट महिला पाउनुपर्ने र दिनुपर्ने कुराहरु, तालिमको उपलब्धिको व्यावहारिकताको कसी मापनको वैज्ञानिक प्रणालीका सम्बन्धमा विभिन्न जिज्ञासाहरु राख्नुभएको थियो ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२० घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप