चन्द्रागिरी परिवारमा बैकुण्ठ मानन्धरको प्रवेश
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
चन्द्रागिरी परिवारमा बैकुण्ठ मानन्धरको प्रवेश

काठमाडौं । किर्तिमानी म्याराथन धावक बैकुण्ठ मानन्धर काठमाडौंको थानकोटस्थित चन्द्रागिरी साकोसको सदस्य बन्नुभएको छ । हिजो चन्द्रागिरी कार्यालयमा गई उहाँले नयाँ सदस्यता सम्बन्धी सबै प्रक्रिया पुरा गरी सदस्यता लिनुभएको हो । कामनपा १३ स्थायी निवासी मानन्धरको चन्द्रागिरी सदस्यता नम्बर १४२७६ रहेको छ । 

विख्यात धावक मानन्धरले दक्षिण एशियाली खेलकूदमा नेपालका तर्फबाट लगातार ३ पटक ३ स्वर्ण पदक प्राप्त गर्ने किर्तिमान (म्यानराथन दौडमा) हासिल गर्नुभएको छ भने उहाँले ४ पटक ओलम्पिक्स् खेलमा पनि सहभागिता जनाइसक्नुभएको छ । दक्षिण एशियाली खेलकूदमा लगातार ४ पटक स्वर्ण हासिल गर्ने किर्तीमानी तेक्वान्डो खेलाडी दिपक बिष्ट पनि मानन्धरलाई नै प्रेरणा स्रोत मान्नुहुन्छ । चन्द्रागिरीका प्रमुख कार्यकारी अधिकृत कृष्ण कुमार श्रेष्ठले धेरै समयदेखि मानन्धरसँग कुरा भैरहेपनि संयोग जुर्न नसकेको बताउँदै हिजो त्यो मेसो मिलेको जानकारी गराउनुभयो ।

‘मानन्धरजस्तो ख्यातिप्राप्त व्यक्तित्व चन्द्रागिरी साकोससँग जोडिनु हाम्रो लागि गर्वको कुरा हों,’ संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्ण कुमार श्रेष्ठले भन्नुभयो, ‘साँच्चै भन्ने हो भने यो हाम्रा लागि मात्र होइन समुदायस्तरमा भिजेर काम गर्ने सबै सहकारीहरुका लागि खुसीको कुरा हो ।’ बाँकी सदस्यहरु झैँ माननन्धर पनि अब साकोसको ब्राण्ड एम्बेसडर भएको उहाँले दाबी गर्नुभयो । 

समाजका लब्धप्रतिष्ठित व्यक्तिहरु सहकारीसँग जोडिनुलाई साख वृद्धिका रुपमा लिएको चन्द्रागिरी साकोसले जनाएको छ । सहकारीहरु विचलनमा परेको समाचारहरुकाबीच राष्ट्रिय छवि उजिल्याउने व्यक्ति चन्द्रागिरीसँग आबद्ध हुनुलाई प्रमुख कार्यकारी अधिकृत श्रेष्ठ  ‘सुशासन, इमान्दारी र मिहेनतको परिणाम’ भन्न रुचाउनुहुन्छ । असल नियत र सदस्यलाई केन्द्रमा राखेर काम गर्दा समाजका हरेक व्यक्तिहरु सहकारीमा जोडिने दाबी श्रेष्ठले गर्नुभयो । हाल चन्द्रागिरीमा समाजमा पहिचान बनाउन सफल अरुपनि व्यक्ति र उहाँहरुका परिवारजन र आफन्तहरु सदस्य रहनुभएको  छ ।

‘कोभिडको समयमा चन्द्रागिरीले गरेको कामबाट मानन्धर प्रभावित भएको बुझ्यौं, ’प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले भन्नुभयो, ‘उहाँका आफन्तहरुले संस्थामार्फत कोभिड बिमा रकम भुक्तानी दाबी गर्नुभएको थियो ।’ त्यसबाहेक संस्थाले समुदायस्तरमा गरेको गतिविधि बारे जानकार मानन्धरले चन्द्रागिरीले सञ्चालन गरेको मोबाइल बैंकिङ, एटीएम लगायतका प्रविधियुक्त सेवाको पनि प्रशंसा गर्नुभएको उहाँले बताउनुभयो ।

संस्थालाई विश्वास गरेर उहाँले आवधिक बचतमा पनि रकम राख्नुभएको छ । केही समय अघि पनि अर्को एक सहकारीमा सदस्यरहनुभएका मानन्धर उक्त संस्थाबाट प्रताडित हुनुहुन्थ्यो जसका कारण उहाँ सहकारीप्रति खासै सकारात्मक हुनुहुन्नथ्यो तर चन्द्रागिरीले समुदाय स्तरमा गरेको कामले मानन्धरमा सबै सहकारी उस्तै नहुने आडिलो विश्वास पलाएको संस्थाका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले साकोस आवाजलाई बताउनुभयो ।


 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप