डडेलधुरामा नेफ्स्कून आधारशिला कार्यक्रम कार्यान्वयन सम्झौता  
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
डडेलधुरामा नेफ्स्कून आधारशिला कार्यक्रम कार्यान्वयन सम्झौता  

डडेल्धुरा । नेफ्स्कून र स्थानीय निकायबीचको संयुक्त साझेदारीमा सञ्चालन हुने आधारशिला कार्यक्रम अन्तर्गत आज डडेलधुराको अमरगढी नगरपालिका बीच कार्यान्वयन सम्झौता भएको छ । 

नेफ्स्कूनका सञ्चालक एवं डडेल्धुरा फिल्ड कार्यालय संयोजक माधव प्रसाद जोशीको अध्यक्षता र संघका कोषाध्यक्ष दिपक पनेरुको प्रमुख आतिथ्यतामा आधारशिला तथा सहकारी सचेतना अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा अमरगढी नगरपालिकाका उप प्रमुख संगिता भण्डारीको विशेष आतिथ्यता रहेको थियो भने राष्ट्रिय सहकारी महासंघका सञ्चालक पद्मा गुरुङ, अमरगढी नगरपालिका सम्पूर्ण वडाका वडा अध्यक्ष, वडा सदस्यहरु, अमरगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद उपाध्याय, नेफ्स्कून डडेल्धुरा फिल्ड कार्यालयका फिल्ड व्यवस्थापन उपसमिति सदस्य मिना फुलारा, अमरगढी नगरपालिकाका सूचना अधिकृत लाल बहादुर साउँद, सहकारी शाखाका अधिकृत सुरज प्रसाद जोशी, नेफ्स्कूनका सदस्य सेवा विभाग प्रमुख दुर्गा प्रसाद ढकालको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा स्थानीय सहकारी प्रतिनिधिहरु र नेफ्स्कूनका कर्मचारी सहित २७ जनाको सहभागिता रहेको थियो । 

नेफ्स्कूनका कोषाध्यक्ष दिपक पनेरुले सुदुरपश्चिममा सहकारी मार्फत पर्याप्त विकासका सम्भावना हुँदा हुँदै पनि हामीले यस क्षेत्रमा सहकारी अभियानको जागरणलाई प्रभावकारी रुपमा समेट्न नसकिएको बताउनुभयो । भौगोलिक विकटताको यस सुदुरपश्चिम क्षेत्रमा सहकारीको प्रवर्द्धन र विकास गर्ने आधार सहितको आधारशिला कार्यक्रम मार्फत जोडिन पाउँदा खुशी व्यक्त गनुृभएको थियो । आजको कार्यक्रमले सहकारी क्षेत्रमा काम गर्ने सहकर्मीहरुसँग मात्र नभएर नीति निर्माण गर्ने तहसँग पनि अन्तरक्रियाको अवसर जुटेकोले स्थानीय सहकारी साथै स्थानीय तहको समेत क्षमता अभिवृद्धि गर्ने लक्ष्य साकार पार्ने विश्वास लिइएको वताउनुभयो । उहाँले जोड्नुभयो, “मेरो पुर्खौली घर पनि डडेलधुरा रहेको र पहिलो पटक सहकारी अभियान मार्फत यस ठाउँमा उपस्थित हुँदा गर्व लागेको छ ।”

सहकारी महासंघका सञ्चालक तथा डडेल्धुरा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष पद्मा गुरुङले नेफ्स्कूनले ल्याएको आधारशिला कार्यक्रम सुदूरपश्चिमको दुर्गम पहाडी जिल्लामा सञ्चालित सहकारीहरुको विकास र प्रवद्र्धनका लागि प्रभावकारी रहने विश्वास व्यक्त गर्नुभयो । सहकारीहरुलाई सुशासित र प्रविधि मैत्री बनाउनका लागि पनि कार्यक्रम सहयोगी सिद्ध बन्ने विचार व्यक्त गर्दै अन्य स्थानीय तहसम्म पनि आधारशिला कार्यक्रम कार्यान्वयनका लागि सहजीकरण गर्न संघको तर्फबाट प्रतिबद्धता जाहेर गर्नुभयो । 

अमरगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद उपाध्यायले भन्नुभयो, “आधारशिला कार्यक्रम डाक्टरहरुले मानिसको होलबडी चेकअप गरेजस्तै सहकारीको होलबडी चेकअप गर्ने कार्यक्रम हो, यो कार्यक्रम अमरगढी नगरपालिका भित्र रहेका सहकारी संस्थाहरुका लागि एकदमै महत्वपूर्ण छ ।”  अमरगढी नगरपालिकाका सहकारी संस्थाहरुलाई मर्जरमा लैजान पहल गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो । 
  
अमरगढी नगरपालिकाका उप प्रमुख संगिता भण्डारीले आधारशिला कार्यक्रम डडेलधुराको अमरगढी नगरपालिकामा ल्याएर नेफ्स्कूनले एकदमै राम्रो काम गरेको भन्दै धन्यवाद व्यक्त गर्नुभएको थियो । उहाँले भन्नुभयो, “अहिलेको समयमा सम्पूर्ण कार्य सहकारी मार्फत नै गर्न सकिन्छ, औद्योगिक र आर्थिक क्रान्ति सहकारी मार्फत नै सम्भव हुनेछ भने नेफ्स्कूनसँगको साझेदारीमा सञ्चालन हुने यस कार्यक्रमले पनि सहकारीको विकास र प्रवर्द्धनमा ठूलो टेवा पुर्याउने विश्वास छ ।”

नेफ्स्कूनका सञ्चालक माधव प्रसाद जोशीले आधारशिला कार्यक्रम सुदुरपश्चिम प्रदेशको पहिलो अभिमुखीकरण कार्यक्रम रहेको र आधारशिला कार्यक्रमको सुरुवात भई सम्झौता भएकोले अमरगढी नगरपालिकालाई धन्यवाद दिनु भएको थियो । यो कार्यक्रमले देशभरी एउटा सकारात्मक सन्देश जाने कुरा पनि प्रष्ट पार्नु भएको थियो । 

कार्यक्रममा आधारशिला कार्यक्रमको आवश्कता, सञ्चालन प्रक्रिया, सहकारी संस्थाहरुको भूमिका, आधारशिला कार्यक्रमको परिचय सहित समसामयिक विषयमा प्रस्तुतीकरण नेफ्स्कूनका सदस्य सेवा विभाग प्रमुख दुर्गा प्रसाद ढकालले गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन तथा व्यवस्थापन डडेल्धुरा फिल्ड कार्यालयका ईन्चार्ज चन्द्रदेव जोशीले गर्नु भएको थियो ।
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१३ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२३ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

पाठकबाट थप