सम्पत्ति शुद्धीकरण निवारण तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सम्पत्ति शुद्धीकरण निवारण तालिम सम्पन्न

काठमाडौं बचत तथा ऋण सहकारी संघ लि.(कास्कून) को आयोजनामा २०७७ चैत्र १७ गते एक दिवसिय सम्पत्ति शुद्धीकरण निवारण तालिम हार्दिक होटल बागबजार, काठमाडौंमा ३५ वटा साकोसका ४० जनाको सहभागीतामा सम्पन्न भएको छ ।

यो तालिम नेफ्स्कून–कास्कून साझेदारी कार्यक्रम अनुरुप कास्कूनको आयोजना र नेफ्स्कूनको प्राविधक सहकार्यमा संचालन भएको कार्यक्रम नेफ्स्कून फिल्ड कार्यालय न्युरोडको समन्वयमा संचालन भएको हो । साझेदारी सम्झौता अनुरुप काठमाडौंमा मध्यमस्तरीय र आधारभुत स्तरका तालिमहरु संघले नियमित रुपमा संचालन गर्दै आईरहेको छ ।

तालिमको उद्घाटन सत्रमा नेफ्स्कून फिल्ड कार्यालय न्युरोडका व्यवस्थापन उपसमितिका सदस्य ठाकुरनाथ आचार्यले सहजकर्ताज्यूलाई प्रिजेन्टर हस्तान्तरण गर्दै शुरुवात भएको कार्यक्रमको तालिम समापन सत्र कास्कूनका संचालक विरेन्द्र भण्डारीको अध्यक्षता र नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । समापन सत्रमा कास्कूनका संचालक तारानाथ सापकोटा, कास्कूनका प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद आचार्य र कास्कूनका उद्यमशिलता प्रवद्र्धन उपसमितिका सदस्य गंगालाल श्रेष्ठको उपस्थिती रहेको थियो ।

मन्तव्य राख्नु हुँदै संघका प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद आचार्यले सम्पत्ति शुद्धीकरण निवारण एक शसक्त विषय भएको हुँदा सम्पत्ति शुद्धीकरण निवारण ऐन, नियमावली र सहकारी संस्थाहरुका लागि जारी निर्देशन बमोजिम संस्थाले गर्नु पर्ने जिम्मेवारीका कार्यहरु गर्न ढिला गर्न नहुने बताउँदै सहजीकरण गर्न कास्कून तयार रहेको बताउनु भएको थियो ।

समापन सत्रमा मन्तव्य राख्नु हुँदै प्रमुख अतिथी एवं नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलज्यूले सहकारी संस्थाहरुलाई सम्पत्ति शुद्धीकरण निवारण ऐनले सूचक संस्थाको रुपमा रहेकाले संस्थाले नियमित रुपमा दिनु पर्ने प्रतिवेदन दिने कामलाई प्राथमिकता दिनु पर्ने बताउनु भयो । सो अवसरमा नेफ्स्कून र कास्कूनका बिचको साझेदारी कार्यक्रम, नेफ्स्कूनका वस्तु तथा सेवा र सदस्य संस्थाहरुको स्तरीकरण कार्यक्रमका बारेमा जानकारी गराउँदै सहभागी हुन र लाभ लिनका लागि अनुरोध गर्नु भएको थियो । साथै तालिबाट सिकेका कुराहरु प्रभावकारी बनाउनका लागि त्यसको कार्यान्वयन नै महत्वपूर्ण स्थान रहेको बताउँदै कार्यान्वयनका लागि शुभकामना दिँदै तालिमा सहभागी, आयोजक कास्कून परिवार, समन्वयकर्ता नेफ्स्कून फिल्ड कार्यालय न्युरोड र सहजकर्तालाई धन्यवाद दिनु भएको थियो ।

समापन सत्रको समापन मन्तव्य राख्दै कास्कूनका संचालक एवं समापन सत्रका अध्यक्ष विरेन्द्र भण्डारीले तालिममा सहभागीहरुलाई हार्दिक बधाई तथा धन्यवाद ज्ञापन गर्दै अनवरत शिक्षा मार्फत सहकारी संस्थाले कानुनको पालना गर्दै शुसासित बनाउनु पर्ने धारणा राख्नु भएको थियो । साथै तालिबाट प्राप्त ज्ञान, सिप र विषयवस्तुहरुको सार्थकताका लागि यसको प्रभावकारी कार्यान्वयन नै मुख्य कार्य हुने हुँदा तालिममा सहभागी प्रतिनिधीहरुले कार्यान्वयनका लागि पहल गर्ने विश्वास लिएको बताउनु भयो । खासगरी सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी कानुनको बुझाईमै जटीलता रहेको हुँदा सामान्यायीकरण गरी कार्यान्वयनमा लाग्न सबैलाई निर्देशन दिंदै सहजकर्ता, आयोजक र सहभागी सबैलाई धन्यवाद दिँदै तालिम समापन भएको बताउनु भएको थियो ।

कार्यक्रममा अतिथीज्यूहरुले संयुक्त रुपमा सहभागिहरुलाई प्रमाणपत्र वितरण गर्नु भएको थियो । भने तालिमको सहजीकरण नेपाल राष्ट्र बैंकका पूर्व निर्देशक श्यामकृष्ण दाहालले गर्नु भएको कार्यक्रमको समापन सत्रको संचालन नेफ्स्कून फिल्ड कार्यालय न्युरोडका ईन्चार्ज मनोज कार्कीले संचालन गर्नु भएको थियो ।

कास्कुन पेजबाट साभार

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

७ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ घण्टा अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

७ घण्टा अगाडि

पाठकबाट थप