सहकारीमा बेथिति अन्त्यका लागि सहकारी शिक्षा आवश्यक
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारीमा बेथिति अन्त्यका लागि सहकारी शिक्षा आवश्यक

६४ औं राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को आयोजनामा वर्तमान सहकारी ऐन कानुन र त्यसको सान्दर्भिता विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रमका विशिष्ट अतिथि नेपाल बचत तथा ऋण केन्द्ीय सहकारी संघका पूर्वअध्यक्ष एवंम् सहकारी विज्ञ कैलाश भक्त प्रधानांगले कार्यक्रमको उद्घाटन गर्दे पद, पैसा र पहुँचका आधारमा संचालित सहकारी संस्थाहरुमा चरम बेथिति रहेका कारण जनताका बचत जोखिममा रहेको कुरा बताउनुभयो । उहाँले सहकारी ऐन पाँच पटक बनी सक्दा पनि सहकारीमा बेथिति रोक्न नसकेकोमा खेद व्यक्त गर्दै आम जनतामा सहकारी शिक्षा दिनुपर्ने कुरा बताउनु भयो ।

संघका अध्यक्ष कृष्ष्ण गोविन्द लाखाजुले वर्तमान सहकारी ऐन कानुन र त्यसको सान्दर्भिकता विषयमा कार्यपत्र प्रस्तुत गर्दै व्यवहारिक कानुन मात्र कार्यान्वयमा आउने भएकोले अव्यवहारिक कानुनहरुको सुधारका लागि ध्यान आर्कषण गर्दे आएको कुरा बताउनु भयो । उहाँले सहकारी मर्यादित व्यवसाय हुदाँ हुर्दै पनि अमार्यदित गतिविधले प्रशय पाएकोमा चिन्ता व्यक्त गर्दै अमर्यादित ढंगबाट संचालित सहकारी संस्थाहरुलाई मर्यादित बनाउन ऐन बमोजिम कार्वाहि गर्नुपर्ने विचार व्यक्त गर्नु भयो ।

नेफस्कूनकी संचालक सदस्य मन्दरा भिश्रले सहकारीको ऐनको परिपलना गर्न गराउनमा संघ लागि परेको कुरा बताउर्दै स्थिरिकरण कोषलाई प्रभावकारी संचालन गर्न संशोधन तथा परिर्माजनको आवश्यकता रहेको कुरा बताउनुभयो । जिल्ला सहकारी संघका उपाध्यक्ष कुष्ण बहादर घजुले सहकारी दिवसको चर्चा गर्दे सहकारीका संचालक र व्यवस्थापकहरु एवंम कर्मचारीहरुलाई तालिमको आवश्यकता रहेको कुरा बताउनुभयो । जिल्ला कृषि सहकारी संघका अध्यक्ष सनिस लागेजुले सकारीलाई उत्पादनसंग जोडेर लानुपर्ने आवश्यकता औंल्याउनु भयो । भक्तपुर नगरपालिकाका प्रतिनिधि एवम् भनपा वडा न २ का वडा अध्यक्ष हरिप्रसाद वासुकलाले भक्तपुर नपाले संचालन गरिरहेको सहकारी गविधिबारे चर्चा गर्दै जनताले अस्विकार गरेको अव्यवहारिक ऐन कानुन संशोधनमा भक्तपुर नगरपालिका सकारात्मक रहेको विचार व्यक्त गर्नु भयो । संघका वर्तमान अध्यक्ष राधेश्याम सुवालले सहकारी दिवसको लागि तय गर्ने नाराको सार्थकता बारे अभियानले समिक्षा गर्नुपर्ने विचार राख्नुभयो ।

संघका उपाध्यक्ष हरि बल्लले स्वागत मन्तव्य दिर्दै सहकारीलाई जे बुझ्यो त्यही ढंगबाट संचालन गर्दा समस्या आएकोले सहकारीको  नियमानकारी निकायले संघ सहितको अनुगमनमा ध्यानदिनुपर्ने विचार राख्नु भयो । संघका व्यवस्थापक बालकृष्ण धोजुले कार्यक्रमको संचालन गर्दै सहकारी संघ, संस्था र नियमनकारी निकायको समेत सहभागितामा भएको अन्तरक्रिया कार्यक्रमले सहकारीमा वेथिति रोक्न आम जनसमुदाय, सहकारी संचालक, सहकारीका सदस्य र नियमनकारी निकायलाई सहकारी शिक्षा तथा तालिमको आवश्यकता बोध गराएको विचार व्यक्त गर्नु भयो । सो कार्यक्रममा सदस्य संस्थाबाट १३० जनाको सहभागिता रहेको थियो ।

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

१८ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

२ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

३ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप