ज्योतिपुञ्ज साकोसको सदस्य शिक्षा कार्यक्रमः वर्षारम्भको पहिलो कोसेली
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
ज्योतिपुञ्ज साकोसको सदस्य शिक्षा कार्यक्रमः वर्षारम्भको पहिलो कोसेली

काठमाडौं । दिगो र सुशासित सहकारीको परिचायक शिक्षित सदस्यहरु हुन् । एशियाभरका बचत ऋण सहकारीहरुको छाता संगठन–एयिशाली ऋण महासंघकी प्रथम महिला प्रमुख कार्यकारी अधिकृत लेनीले पनि सहकारी सञ्चालनका बहुआयामिक पक्षहरुमा सदस्यहरु जानकार भए संस्थाको विश्वसनीयता र दिगोपना सुनिश्चित हुने बताउनुभएको थियो । हुन पनि संवेदनशील मानिने वित्तीय कारोबारमा संलग्न बचत ऋण सहकारीहरुका मुल्य, मान्यता र सिद्धान्तसँगै संस्थाको सञ्चालकीय र व्यवस्थापकीय गतिविधिका बारे सदस्यहरुलाई बुझाउने सात्विक यत्नलाई निरन्तरता दिदाँ परिणाम पक्कै अस्वाभाविक निस्कदैन । 

यसै तथ्यलाई आत्मसात् गर्दै काठमाडौंको नयाँ बानेश्वर मुख्य कार्यालय रहेको ज्योतिपुञ्ज बचत तथा ऋण सहकारी संस्था लि. ले आज सदस्य शिक्षा कार्यक्रम आयोजना गरेको छ । हालै मात्र नेफ्स्कूनले सञ्चालन गरेको साकोसहरुको गुणस्तर सुनिश्चिततासम्बन्धी पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम (प्रोबेसन) मा आबद्धता जनाएको ज्योतिपुञ्जले आफ्ना गतिविधिहरुलाई थप सदस्य मैत्री बनाउने योजनाको श्रीगणेश सहकारीको ५ औं सिद्धान्तमा टेकेर गरेको हो । संयोग नै मान्नुपर्छ, ज्योतिपुञ्ज साकोसले वर्षारम्भको औपचारिक कार्यक्रमको सुरुवात नै सदस्य शिक्षाबाट गरेको छ ।

सहकारी प्रशिक्षणमा वैशिष्ट्य एवम् दीर्घ अनुभव प्राप्त नेफ्स्कूनका प्रशासन तथा समन्वय विभाग प्रमुख सञ्जयराज तिमल्सिनाको सहजीकरण रहेको कार्यक्रममा सहकारीका मुल्य, मान्यता, सिद्धान्त, सदस्यहरुको दायित्व, साकोस सञ्चालनका विधि र प्रक्रिया, सहकरी जीवन दर्शन आदि बारे उहाँले उत्प्रेरणामुलक र बोधगम्य प्रस्तुती गर्नुभएको थियो । मुख्य श्रोत व्यक्ति तिमल्सिनाले व्यावहारिकताको कसीमा उदाहरणसहित प्रस्तुतीकरण गर्नुभएको थियो ।

संस्थाको गोठाटार सेवा केन्द्रका सदस्यहरु लक्षित आजको कार्यक्रममा बिशिष्ट अतिथि एवम् साकोसका सल्लाहकार बिष्णु लम्साल, सचिव नविन श्रेष्ठ, सञ्चालक रामेश्वर थापा तथा व्यवस्थापन समूहसहित ७५ जनाको सहभागिता रहेको अध्यक्ष नवराज कार्कीले साकोस आवाजलाई जानकारी गराउनुभयो । सहभागीहरुलाई स्वागत गर्दै अध्यक्ष कार्कीले ज्योतिपुञ्जको वित्तीय अवस्था, वस्तु तथा सेवा र भावी योजनाका बारेमा प्रस्तुतीकरण समेत गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन संस्थाका सदस्य एवम् नेफ्स्कूनका व्यवसाय अधिकृत मनोज बुढाथोकीले गर्नुभएको थियो ।

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप