चन्द्रागिरि साकोस र शुभतारा बहुउद्देश्यीय सहकारीबीच एकीकरण सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
चन्द्रागिरि साकोस र शुभतारा बहुउद्देश्यीय सहकारीबीच एकीकरण सम्पन्न

काठमाडौं । चन्द्रागिरि नपा ७ थानकोट महादेवस्थानस्थित चन्द्रागिरि साकोस र ललितपुर महानगरपालिका १४ खुमलटारस्थित शुभतारा बहुउद्धेश्यीय सहकारी संस्थाबीचको एकीकरण प्रकृया बैशाख ८ गते सम्पन्न भएको छ । बाग्मती प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सहकारी महाशाखाबाट उक्त एकीकरण प्रकृया स्वीकृत भएसँगै अभियानले पूर्णता पाएको हो ।

दुवै संस्थाबीच गठन भएको एकीकरण कार्यदलहरुबीच पटक पटक बसेको बैठक एवं दुवै संस्थाको पछिल्लो साधारण सभा तथा संयुक्त साधारण सभाबाट दुई संस्थाबीच एकीकरणको निर्णय भएको थियो । बागमती प्रदेश सहकारी ऐन २०७६ र प्रदेश सहकारी नियमावली २०७६ बमोजिम एकीकरणका शर्त तथा कार्यविधिहरु पारित भएको हो । एकीकरण प्रकृया पूर्व चन्द्रागिरि साकोसको कुल सम्पत्ति २ अर्ब ४७ करोड र शुभतारा सहकारीको कुल सम्पत्ति २० करोड तथा सदस्यहरुमा क्रमशः १३ हजार ५ सय र ६ सय रहेकोमा दुवै संस्था एकीकरण पश्चात दुवै संस्थाका सदस्यहरुले चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था मार्फत कारोवार गर्ने जनाइएको छ ।

त्यस्तै, हाल संस्थाको कार्यक्षेत्र काठमाडौं र ललितपुर जिल्लाभर र धादिङ जिल्लाको धुनिबेशी नगरपालिका सम्म कायम भएको छ । हाल सम्म सम्पन्न एकीकरण प्रकृयाबाट संस्थाको ४ वटा सेवाकेन्द्र सञ्चालन हुने भएको छ जसमा चन्द्रागिरि नपा १२ सृजनाचोकमा दहचोक सेवाकेन्द्र, ललितपुर महानगरपालिका १४ खुमलटारमा शुभतारा सेवाकेन्द्र, काठमाडौं महानगरपालिका २२, न्युरोडमा, न्युरोड सेवाकेन्द्र र धुनिबेसी नगरपालिका ७ मा नौविसे सेवाकेन्द्र सञ्चालन हुनेछ । निकट भविष्यमा १ लाख सदस्य र ३० अर्ब कुल सम्पत्ति पुर्याई गुणस्तरीय सहकारी वित्तिय सेवा प्रदान गर्ने लक्ष्यको साथ चन्द्रागिरि साकोस अगाडि  बढ्ने संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले बताउनुभयो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप