म दिनमा एउटा पुस्तक पढिसक्थेँः रोबर्ट ओवेन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
म दिनमा एउटा पुस्तक पढिसक्थेँः रोबर्ट ओवेन

मेरो जन्म बेलायतको न्यूटाउनमा १४ मे सन् १७७१ मा भएको थियो । मेरो पिताको नाम पनि रोबर्ट ओवेन थियो । उहाँको जन्म वेल्सपुलमा भएको थियो । उहाँ घोडामा प्रयोग हुने छालाका सामाग्रीहरु बनाउने तथा फलामसम्बन्धी काम काम गर्नुहुन्थ्यो । मेरी आमाको नाम अ्यानी विलियम्स थियो । मेरी आमा खानदान, दिमाग र ब्यवहार सबै किसिमले सुन्दर हुनुहुन्थ्यो । विवाहपछि मेरो आमाबाबु न्यूटाउनमै बस्नुभयो ।

त्यतिबेला न्यूटाउन सानो बजार क्षेत्र थियो जहाँ एक हजार भन्दा बढी बासिन्दा थिएनन् । न्यूटाउन सफा, स्निग्ध र  सुन्दर स्थानमा अवस्थित भित्री बजार थियो नकि सहर । स साना सामान्य प्रकृतिका व्यापार चलेपनि ठूला उत्पादनहरु हुँदैनथ्यो सिबाय केही कपडा बुन्ने कारखानाहरु । पछिल्लो समय यो क्षेत्र फोहोर र प्रदुषित हुँदै गएको छ ।

मलाई गहिरो स्मरण छ, सेभर्न नदी तर्न काठको पुल थियो, जुन तर्दा झण्डै मेरो ज्यान गएको थियो । मेरो बुबाआमाका हामी सात सन्तान थियौं जसमध्ये दुई जनाको सानोमै निधन भएको थियो । विलियम, ऐनी र जोन म भन्दा जेठा थिए भने रिचार्ड म भन्दा कान्छो थिए ।

करिब ४/५ वर्षको उमेरमा म विद्यालय जान थालेको थिएँ । मिस्टर थिकेन्स मेरा शिक्षक हुनुहुन्थ्यो । पीठो बाट तयार पारिएको दुधसँग मिसाएर खाने चीज मेरो खाजा हुन्थ्यो । एक दिन घर फर्केर खाजा खाने तरखर गरेँ । खाजा देखेपछि एक चम्चा मुखमा हाले तर त्यो एकदम तातो रहेछ जसले गर्दा त्यसयता मेरो पाचन प्रणालीमा असर गर्यो । त्यसदिन देखि खाना अपच हुने रोगबाट म पिडित भएँ । मसाला नहालेको एकदमै सामान्य र एकपटकमा एकदम थोरै मात्रा मात्र म खाना सक्छु ।

उक्त घटनाले मलाई जीवनमा बिचार र कर्मको सन्तुलन, कुनै पनि कुरा वा घटनाको सुक्ष्म अवलोकन तथा आफ्नो क्रियाकलापहरुको निरन्तर परावर्तनको शिक्षा दियो । त्यसबेला हाम्रो जस्तो सानो स्थानहरुमा यदि विद्यार्थीले फरर पढ्न, बुझ्ने अक्षर लेख्न र अर्थमेटिकका प्राथमिक ४ सुत्रहरु बुझ्न सक्यो भने त्यस्तो व्यक्तिलाई राम्रो शिक्षा पाएको गनिन्थ्यो । पढाइसम्बन्धी एकदमै आधारभूत यी ज्ञान मैले सात वर्ष हुँदा पाइसकेको थिएँ । त्यसैबेला मेरा शिक्षक थिकेन्सले उहाँको सहायक भएर मलाई काम गर्ने अवसरका लागि पिताजीसँग अनुरोध गर्नुभएको थियो । उक्त कामका कारण मैले सानैदेखि आफुले जानेका कुराहरु अरुलाई सिकाउने कला सिकेँ ।

त्यसबेला मलाई उपलब्ध भएसम्मका सबै पुस्तक पत्रपत्रिकाहरु पढ्ने नसा जस्तै भैसकेको थियो । न्यूटाउनका प्रत्येक परिवारले मलाई चिन्दथे त्यसकारण त्यतिबेलाका कर्मचारी, स्वास्थ्यकर्मी तथा वकिलहरुका पुस्तकालयमा मेरो पहुँच थियो । मैले त्यो स्वतन्त्रताको भरपूर प्रयोग गरेँ । अध्ययनमा गहिरो लगाबका कारण म दिनमा एउटा पुस्तक सक्थेँ । त्यतिबेला मैले पढ्ने पुस्तकहरुमा रबिन्सन क्रुसो, पिलग्रिम्स प्रोगेस, प्याराडाइज लस्ट, रिचार्डसन्स् लगायतका प्रसिद्ध उपन्यासहरु थिए ।

म त्यसबेलाका प्रचलित खेलकुदहरु गुच्चा, हात तथा खुट्टाले खेल्ने बल आदिका बारेमा जानकारी राख्दथेँ । मैले केही समय नाच पनि सिकेँ । यी सबै नाच्ने खेल्ने आदि कुराहरुमा म सबैलाई उछिन्थेँ । विद्यालयभर म सबैभन्दा अब्बल दौडने र उफ्रने काममा म विद्यालयभर सबैभन्दा अब्बल थिएँ भने म कक्षाको सबैभन्दा उत्कृष्ट नाच्ने विद्यार्थी थिएँ ।

मेरो छिमेकका दुई महिलाहरुले लुगा र किराना पसल राखेका थिए तिनमा पनि म सुरुमा पसलहरु व्यस्त भएको समयमा र पछि दैनिक काम गर्दथेँ । यी समयमा म विदेशका गतिविधिहरुमा पनि राम्रो जानकारी राख्दथेँ । अझै धेरै जान्ने तीब्र इच्छाका कारण लाग्थ्यो मलाई आमाबुबाले लन्डन पठाए हुन्थ्यो । उहाँहरुले दश कक्षा सकेपछि लन्डन जान अनुमति दिनुभयो ।

म स्रिउसबरीबाट एक्लै लन्डन जानुपर्ने थियो । तर, हाई हलवर्नमा मेरो जेठो दाजु विलियमले घोडामा प्रयोग हुने छालाका सामानहरु बनाउने काम गर्दथे र उनी भएको स्थानमा गएँ । त्यसको छ सातापछि मेरो बुबाका एक साथीले मलाई स्ट्यामफर्डमा रहेको ठूला लुगा व्यापारी म्याकगुफगको घरमा परिवारकै सदस्यका रुपमा बस्ने व्यवस्था मिलाइदिनुभयो । म बिस्तारै व्यापार सिक्दै पनि गएँ । त्यहाँका ग्राहकहरु एकदमै ठूला र भद्र व्यक्तिहरु हुन्थे । त्यहाँ काम गर्दा मैले एकदमै उत्कृष्ट कपडाहरु र तिनको उत्पादनको बारेमा जान्ने मौका पाएँ । म्याकगुफगको घरमा पुस्तकालय थियो जुन मैले स्वतन्त्रपूर्वक प्रयोग गर्थे । दिनको ५ घन्टा पढ्थेँ । म धार्मिक पुस्तकहरुसँगै लोककल्याणका विषयमा अध्ययन गर्थे । 

(सन् १८५७ मा प्रकाशित 'द लाइफ अफ रोबर्ट ओबेन' बाट अनुवादित सामाग्री । रोबर्ट ओवेनको उक्त आत्मवृत्तान्त दुई भागमा दुई वटा पुस्तकाकारमा प्रकाशित भएको थियो ।)
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप