मजबुद जिल्ला बचत संघ निर्माणमा प्रतिबद्ध छौंः नवनिर्वाचित अध्यक्ष आचार्य 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
मजबुद जिल्ला बचत संघ निर्माणमा प्रतिबद्ध छौंः नवनिर्वाचित अध्यक्ष आचार्य 

काठमाडौं । जिल्ला वचत तथा ऋण सहकारी संघ लि. पश्चिम नवलपरासी (वर्दघाट सुस्ता पश्चिम) का नवनिर्वाचित अध्यक्ष राजन कुमार आचार्य ले चालु आ.ब.को तीन महिना भित्र ३२ सदस्य, ९ लाख सेयर पुँजी र २२ लाख बचत संकलनको लक्ष्य लिएको बताउनुभएको छ । अध्यक्ष आचार्यले भन्नुभयो, “जिल्लाका ४० बचत तथा ऋण सहकारी संस्थाहरुलाई पहिलो चरणमा आवद्धताको लागि पहल गरेका छौं,  आगामी दुई आ.ब. भित्र जिल्लाका ८० सदस्य संस्था को आवद्धता र २ करोड बचत संकलनको लक्ष्य अगाडि सारेका छौं ।” हाल साविकका २२ संस्था संघमा आबद्ध छन् । 

२०७७ माघ १३ गते लुम्बिनी प्रदेश भूमि व्यवस्था सहकारी तथा कृषि मन्त्रालय सहकारी विभागमा दर्ता भएसँगै हिजो सम्पन्न प्रारम्भिक साधारणसभाबाट  संघले मुर्त रुप लिएको हो । 

प्रारम्भिक साधारणसभाले राजन कुमार आचार्यको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति र तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति चयन गरेको छ । नवनिर्वाचित अध्यक्ष आचार्यले भन्नुभयो, “संघको प्रभावकारी सञ्चालनमा तत्कालका लागि निकै चुनौती छ तर हामीले तीन बर्षिय व्यावसायिक योजना निर्माण गरी सोही अनुरुप कार्य थालनी गरेका छौं ।” मजबुद जिल्ला बचत संघ निर्माणमा हामी एकजुट र प्रतिबद्ध छौं । संघले हाल सुनौल ४ मा सम्पर्क कार्यालय र कर्मचारी व्यवस्थापन गरी काम शुरु गरेको छ । अवको तीन महिना भित्र योजनाबद्ध लक्ष्य हाँसिल गर्नेछौं । राष्ट्रिय सहकारी महासंघ र नेफ्स्कूनसँगको आबद्धताका लागि प्रक्रिया थालनी भएको छ । आबद्धतासँगै जिल्ला संघ साझेदारी कार्यक्रममा सहभागी भएर नेफ्स्कूनको साथ र सहयोग लिएर अगाडि बढ्नेछौं, उहाँले जोड्नुभयो ।  

जिल्ला वचत तथा ऋण सहकारी संघ लि. पश्चिम नवलपरासी (वर्दघाट सुस्ता पश्चिम) तत्कालिन नवलपरासी जिल्ला टुक्रिएर नवलपुर (सुस्ता पूर्व) र नवलपरासी (सुस्ता पश्चिम) जिल्ला भएसँगै सहकारीको विकास र प्रवर्द्र्धनका लागि नवलपरासी (ब.सु.प.) जिल्ला बचत तथा ऋण सहकारी संघ गठन भएको  हो । 

संघको हिजो सम्पन्न प्रारम्भिक साधारणसभाले समितिको उपाध्यक्षमा फुल कुमारी गिरी, सचिव रमेश कर्माचार्य, सह सचिव देवराज श्रेष्ठ, कोषाध्यक्ष ध्रुव नारायण वानिया, सदस्यहरु रविन्द्र विक्रम हमाल, डिक बहादुर पाण्डेय, शिव देव न्यौपाने, मिना चौधरी, प्रदिप सुवेदी, विष्णु प्रसाद बराल र लेखा सुपरिवेक्षण समिति संयोजकमा लेखानाथ खरेललाई निर्विरोध चयन गरेको छ । अध्यक्ष आचार्यले भन्नुभयो,“समितिमा पूर्ति हुन बाँकी केही रिक्त पदहरु छन् तिनमा पनि छिट्टै सहमतिको आधारमा सदस्य चयन गरिनेछ ।” 

सञ्चालक समिति कत्तिको समावेशी बनाउनुभएको छ भन्ने साकोस आवाजको प्रश्नमा उहाँले भन्नुभयो, समावेशी बनाउने पहल भएको छ, जिल्लाका ७ स्थानीय निकायमध्ये ५ वटा निकायबाट सञ्चालकमा प्रतिनिधित्व रहेको छ । वर्दघाट नगरपालिका, सुनवल नगरपालिका र सरावल गाउँपालिका बाट राम्रो उपस्थिति छ भने रामग्राम नगरपालिका बाट एक जना प्रतिनिधि हुनुहुन्छ । पाल्हिनन्दन र सुस्ता बाट पनि सहभागिता रहेको छ । महिला सहभागितालाई पनि विशेष प्राथमिकता दिएका छौं ।  

हिजो सम्पन्न प्रारम्भिक साधारण सभाको प्रमुख अतिथि नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले स्थानीय पालिका भित्रका सबै बचत तथा ऋण सहकारी संस्थाहरुलाई जिल्ला संघ मातहतमा ल्याएर प्रारम्भिक बचत तथा ऋण सहकारी संस्था र नेफ्स्कून बीच पुलको भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा जिल्ला सहकारी संघका सञ्चालक नारायण थापा क्षेत्री, वर्दघाट नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष र संघका नवनिर्वाचित सञ्चालक सदस्य रविन्द्र विक्रम हमालले पनि शुभकामना व्यक्त गर्नुभएको थियो । 

नवनिर्वाचित अध्यक्ष आचार्यले संघले गरेका कार्यहरु सहितको समग्र प्रतिवेदन प्रस्तुत गर्दै संघलाई मजवुद बनाउन व्यावसायिक योजना अनुसारको लक्ष्य हाँसिल गर्ने र साविकका सदस्य संस्थाहरु अध्यावधिक गर्ने, नयाँ सदस्यता बृद्धिका लागि समन्वय बढाउने र राष्ट्रिय सहकारी महासंघ, नेफ्स्कून, प्रदेश सहकारी संघ, प्रदेश वचत संघ, जिल्ला सहकारी संघ सहितका छाता संघहरुमा आवद्धताका कार्यक्रम अगाडि बढाइने बताउनुभएको थियो । 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

३ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

५ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

५ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

११ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२२ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३५ दिन अगाडि

पाठकबाट थप