व्यवसाय निरन्तरता योजना फ्रेमवर्क निर्माण कार्यशाला गोष्ठी सुरु
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
व्यवसाय निरन्तरता योजना फ्रेमवर्क निर्माण कार्यशाला गोष्ठी सुरु

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को आयोजना एवम्  Earthquake Safety Solutions (इएसएस) को सहजीकरणमा व्यवसाय निरन्तरता योजना फ्रेमवर्क निर्माण कार्यशाला सुरु भएको छ । कोभिड, भूकम्प, बाढीपहिरो, आगजनी आदि प्राकृकित विपत्तिहरुका अतिरिक्त अन्य गत्यावरोधहरुको संकटपूर्ण समयमा कसरी वित्तीय सहकारी व्यवसायलाई निरन्तरता दिन सकिन्छ भन्ने सम्बन्धमा विस्तृत छलफल गरी बीसीपीलाई अद्यावधिक गरिने कार्यक्रम रहेको छ । विगतमा कोभिड १९ लाई ध्यानमा राखी तयार गरिएको बीसीपीलाई थप समयसापेक्ष र अन्य सम्भावित विपत्तिको अवस्थालाई समेत पूर्व आंकलन गरी बीसीपी अद्यावधिक गर्न कार्यशाला आयोजना गरिएको हो ।

हिजो सुरु भएर आज सकिने कार्यशालामा बीसीपा समावेश गरिनुपर्ने कुराहरुमा घनीभूत छलफल हुने र त्यसको निष्कर्षस्वरुप अद्यावधिक गरिएको बीसीपी तयार हुनेछ जसका आधारमा नेफ्स्कूनका सदस्य संघ संस्थाहरुलाई पनि बीसीपी निर्माण एवम् अद्यावधिक गर्न सहज हुने बताइएको छ । बीसीपी निर्माणले विभिन्न खाले संकटका समयमा व्यवसायको स्रोत साधनहरुको अधिकतम, व्यवस्थित तथा सुरक्षित उपयोग गरी सञ्चालनमा सहजता र मितव्ययीता अपनाउन सहज हुने ठम्याई छ ।

कार्यशालमा हिजो नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, कोषाध्यक्ष दिपक पनेरु, सञ्चालक सदस्य न्हुछे नारायण श्रेष्ठ पनि सहभागी हुनुभएको थियो भने संघका विभागीय प्रमुख, बरिष्ठ अधिकृतहरु तथा अधिकृत कर्मचारीहरुको पनि सहभागिता रहेको थियो भने आज अन्तिम दिन संघका कामु प्रमुख कार्यकारी अधिकृतसमेत सहभागी हुनुभएको छ भने इएसएसका तर्फबाट बिशेषज्ञ प्राविधिकहरुको समूह सहभागी भएको छ । आज सकिने कार्यशालाबाट बीसीपीको फ्रेमवर्क तयार हुने बताइएको छ ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप