उद्यमशिलता विकास तथा व्यवसाय प्रवर्द्धन सम्बन्धी भर्चुअल तालिम शुरु
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
उद्यमशिलता विकास तथा व्यवसाय प्रवर्द्धन सम्बन्धी भर्चुअल तालिम शुरु

काठमाडौं । नेफ्स्कूनको आयोजनामा “सहकारी क्षेत्र सुदृढीकरण तथा प्रणाली सुधार” कार्यक्रम अन्तर्गत बचत तथा ऋण सहकारी संस्थाहरुका लागि उद्यमशिलता विकास तथा व्यवसाय प्रवर्द्धन सम्बन्धी ५ दिने भर्चुअल तालिम आज शुरु भएको छ । प्रदेश नं. १ र २ मा सञ्चालित बचत तथा ऋण सहकारी संस्थाहरुलाई लक्षित गरी सञ्चालन गरिएको उक्त तालिममा २५ वटा बचत तथा ऋण सहकारी संस्थाबाट गरी ३५ जना साकोस प्रतिनिधिहरुको सहभागिता छ । भर्चुअल विधिबाट सञ्चालित ५ दिवसीय तालिमको सहजीकरणमा प्रशिक्षक अथवा कञ्चनजंघा पोलिटेक्निक इन्स्टिच्यूट नेपाल (केपिन) का अध्यक्ष निर्मल सिग्देलले हुनुहुन्छ । 

तालिमको शुभारम्भमा नेफ्स्कूनका उपाध्यक्ष शान्ति अधिकारीले बचत तथा ऋण सहकारी संस्थाको उद्देश्य आफ्ना सदस्यहरुलाई व्यावसायिक बनाउने र व्यवसाय मार्फत आत्मनिर्भरता तर्फ उन्मुख गराउनु रहेकोले तालिम फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । थाइल्याण्ड भ्रमणको बेला सन् २०१२ मा त्यहाँका महिलाहरुले उद्यम मा गरेको विकास र नेतृत्व क्षमताबाट निकै प्रभावित रहेको अनुभव बाँड्दै उपाध्यक्ष अधिकारीले भन्नुभयो, “सिकाई सबैभन्दा महत्वपूर्ण कुरा हो, सहकारीका प्रत्येक व्यक्तिले आफ्ना सदस्यहरुलाई कसरी व्यावसायिक बनाउन सकिन्छ भनी  निरन्तर सोच राख्नु जरुरी छ र त्यो सहकारीको दायित्व पनि हो ।” 

उपाध्यक्ष अधिकारीले कोभिड महामारीका कारण सबैतिर जटिल अवस्था सृजना भइरहँदा पनि बचत तथा ऋण सहकारी संस्थाहरु निरन्तर सेवामा जुटेर सदस्यहरुका वित्तीय आवश्यकता पुरा गर्नुका साथै सदस्यहरुको आर्थिक गतिविधि, उत्पादित सामग्रीको विक्रि वितरण तथा बजारीकरण लगायतका विषयमा ध्यान दिनु जरुरी रहेको बताउनुभयो । नेफ्स्कूनले एशियाली ऋण महासंघ अकु सँगको सहकार्यमा व्यवसाय विकास केन्द्रको अवधारणा अगाडि बढाउन पहल गरिरहेको साथै राष्ट्रिय युवा परिषद्लाई सँग मिलेर सदस्यहरुलाई व्यावसायिक बनाउने कामलाई निरन्तरता दिएको प्रष्ट पार्नुभयो । 

तालिम शुभारम्भ सत्रमा नेफ्स्कूनका सञ्चालक सदस्य द्वय गोमा नेपाल, घनश्याम अधिकारी, सदस्य सेवा विभाग प्रमुख दुर्गा प्रसाद ढकाल, बरिष्ठ अधिकृत नविनराज दाहाल लगायत नेफ्स्कून कर्मचारी र साकोसका प्रतिनिधिहरु उपस्थित हुनुहुन्थ्यो । नेफ्स्कूनको उद्यमशिलता विकास उपसमिति संयोजकमा सञ्चालक सदस्य रिना आचार्य हुनुहुन्छ ।

आज शुरु तालिमको पहिलो दिन प्रशिक्षक सिग्देलले व्यवसाय र व्यवसायको अवधारणा, प्रकार, उद्यम परिचय, उद्यमशिलताको अवधारणा, बर्गीकरण, उद्यमीमा हुनुपर्ने सीप र सक्षमता, उद्यमशीलता विकासका तत्वहरु, उद्यमशीलतामा सिर्जनशीलता, उद्यमी र व्यापारी बिचको अन्तर,  व्यवसायको तहगत ढाँचा, व्यवसाय र परिवारबीचको सम्बन्ध आदि विषयमा सहजीकरण गर्नुभएको थियो ।

व्यवसाय वा उद्यममा सफल मान्छेहरुले नयाँ काम गरेका होइनन् नयाँ तरिकाले काम गरेका हुन् भन्ने शिव खेराको भनाईलाई उद्रित गर्दै बजारको माग, उपलब्ध स्रोत साधन र समुदायका व्यक्तिको चाहनालाई ध्यान दिएर व्यवसाय गर्यौं भने व्यवसाय विकासको सम्भावना बढ्छ भन्ने मागमा आधारित सिद्धान्तको चर्चा गर्नुभएको थियो । उहाँले सकारात्मक सोच, सकारात्मक कार्य र सकारात्मक बानी को विकासले उद्यम तथा व्यवसायमा सकारात्मक परिणाम ( दीगो उद्यम) हासिल गर्न सकिने उल्लेख गर्नुभयो ।  

स्थानीय स्रोतमा आधारित उद्यम विकासको आवधारण तथा महत्वहरुलाई बुझाउँदै सहभागीहरुबीचको अन्तरक्रियात्मक छलफललाई प्राथमिकता दिइएको थियो । सहभागीहरुको जिज्ञासालाई प्रशिक्षक सिग्देलले सम्बोधन गर्नुभएको थियो । ५ दिनसम्म सञ्चालन हुने उक्त तालिममा व्यावसायिक योजना निर्माण, समुहगत कार्य, बजार योजना, खरिद व्यवस्थापन लगायतका अभौतिक प्रयोगात्मक एवम् सैद्धान्तिक पक्षलाई विशेष जोड दिइने जनाइएको छ । कार्यक्रम सञ्चालन नेफ्स्कूनका कार्यक्रम अधिकृत रिता सुवेदीले गर्नुभएको थियो । 
 
भर्खरै
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१४ घण्टा अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

१ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

२ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न
श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

लोकप्रिय
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१४ घण्टा अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

पाठकबाट थप