हरिवन नगरपालिकासँग आधारशिला कार्यक्रमको समीक्षा बैठक भर्चुअल सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
हरिवन नगरपालिकासँग आधारशिला कार्यक्रमको समीक्षा बैठक भर्चुअल सम्पन्न

सर्लाही । जिल्लाको हरिवन नगरपालिकासँग आधारशिला कार्यक्रमको समिक्षा बैठक आज भर्चुअल सम्पन्न भएको छ । समीक्षा बैठकको संयोजकत्व नेफ्स्कूनका महासचिव दामोदर अधिकारीले गर्नुभएको थियो । कार्यक्रममा उहाँले आधारशिला कार्यक्रमको उपादेयता र यसले स्थानीय निकाय र सहकारी संघ संस्थाहरुबीचको प्रगाढ सम्बन्ध, सहकारीहरुको सुशासन प्रवर्धन र संस्थागत विकासमा खेल्ने भूमिकाका बारेमा चर्चा गर्नुभएको थियो ।

नेफ्स्कूनले आफ्नो ३३ औं स्थापना दिवसको अवसर पारेर गत वर्ष साउन ३२ गते शुभारम्भ गरेको आधारिशला कार्यक्रमको उद्देश्य स्थानीय तहसँगको सहकार्य तथा साझेदारीमा स्थानीय सहकारीहरुको प्रर्वधन तथा व्यावसायिक विकास कार्यक्रममार्फत पहुँच वृद्धि गर्ने, ती संस्थाहरुको दिगो संस्थागत विकासमा सहयोग तथा सहजीकरण गर्ने, सहकारी शिक्षा तथा तालिममार्फत क्षमता अभिवृद्धि गर्ने, उद्यमशीलता विकास प्रवर्धनमा सहयोग तथा सहजीकरण गर्ने र सहकारी सञ्जालमा आबद्धतामार्फत सुशासन सुनिश्चितताका लागि सहजीकरण गर्ने लगायतका रहेका छन् । यस कार्यक्रमको अगुवाई मुलुकको बचत तथा ऋण सहकारी संघ संस्थाहरुको एकमात्र केन्द्रीय निकाय नेफ्स्कूनले गरेपनि आधारशिला कार्यक्रमले भने सम्झौता भएका स्थानीय तहका सबै प्रकृतिका सहकारीहरुलाई लक्षित समुदाय वा वर्गका रुपमा लिएको छ ।

कार्यक्रममा हरिवन नगरपालिकाका नगर प्रमुख गणेश प्रसाद प्रसाई, नेफ्स्कूनका कोषध्यक्ष दिपक पनेरू, सञ्चालक सदस्य हरेराम प्रसाद, जिल्ला बचत तथा ऋण सहकारी संघ अध्यक्षका बाबु राम घिमिरे, हरिवन नपाका प्रमुख प्रशासकीय अधिकृत खरूदेव चुडाल, सूचना प्रविधि अधिकृत दिपेन्द्र उप्रेती, नगरपालिका सञ्जाल अध्यक्ष राम प्रसाद घिमिरेको सहभागिता रहेको थियो । 

कार्यक्रममा नेफ्स्कून सदस्य सेवा विभाग प्रमुख दुर्गा प्रसाद ढकाल, बरिष्ठ अधिकृत नवीन राज दहाल, अधिकृतहरु शोभाग्य भट्टराई, मुकेश दहाल, रीता सुबेदी र गौतम शाहको उपस्थिति थियो । नेफ्स्कूनको बरिष्ठ अधिकृत नवीन राज दाहालले कार्यक्रम सञ्चालन तथा अनुगमन अधिकृत दिपक अर्यालले प्रस्तुति गर्नुभएको कार्यक्रममा नेफ्स्कून हरिवन फिल्ड कार्यालय इन्चार्ज महेश बरालसँगै बरिष्ठ सहायक रेजिना पौडेलको उपस्थिति थियो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२४ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप