सहकारीहरु स्थानीय तहबाटै उत्तरदायी बन्नुपर्छः बरिष्ठ उपाध्यक्ष ढकाल
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारीहरु स्थानीय तहबाटै उत्तरदायी बन्नुपर्छः बरिष्ठ उपाध्यक्ष ढकाल

काठमाडौं । नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले संकटमा सामना शक्ति विकासका लागि सहकारीहरु स्थानीय तहबाटै उत्तरदायी बन्दै जानुपर्ने विचार व्यक्त गर्नुभएको छ । उहाँले कोभिड महामारीको अहिलेको अवस्थामा आफ्ना सदस्यहरुलाई के कसरी सेवा र सहयोग पुर्याउन सकिन्छ भन्ने अहम् विषयमा विमर्शसहित स्थानीय स्तरका सहकारी सञ्जालहरुबीच साझा धारणा आवश्यक भएको उल्लेख गर्नुभयो । खासगरी पैसाको कारोबार गर्ने बचत ऋण सहकारीका जिल्ला तथा प्रदेश संघहरुबाट आफ्ना समस्या तथा अपेक्षाहरुका विषय समावेश भएको साझा सुझावले केन्द्रीय संघ नेफ्स्कूनलाई पनि सम्बोधन गर्न सहज हुने बताउनुभयो । 

नेफ्स्कून फिल्ड कार्यालय रुपन्देहीको आयोजना एवम् जिल्ला बचत तथा ऋण सहकारी संघ लि. रुपन्देहीको समन्वयमा आज बिहान आयोजित ‘समसामयिक विषयवस्तुसम्बन्धी भर्चुअल अन्तरक्रिया’ कार्यक्रममा प्रमुख अतिथि ढकालले प्रदेश तथा जिल्ला सञ्जालको भूमिकालाई नेफ्स्कूनले बिशेष महत्व दिएको भन्दै संकटको समयमा सदस्यहरुलाई सुरक्षित र विश्वस्त तुल्याउने हेतुले रुपन्देही जिल्ला बचत संघबाट भर्चुअल अन्तरक्रिया कार्यक्रम थालनी भएको भन्दै खुसी व्यक्त गर्नुभयो । नेफ्स्कून रुपन्देही फिल्ड कार्यालय व्यवस्थापन उपसमितिका संयोजक समेत रहनुभएका बरिष्ठ उपाध्यक्ष ढकालले नेफ्स्कून सबल र दिगो बन्नुभनेको जिल्ला र प्रारम्भिक संघ संस्थाहरु सबल बन्नु हो भन्दै नेफ्स्कून थप सक्षम बन्दै जाँदा यसले प्रवाह गर्ने सेवाहरु पनि थप सहज, पहुँचयोग्य र प्रभावकारी हुने विश्वास दिलाउनुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेश बचत संघका अध्यक्ष कृष्ण नेपालले अहिलेको समयमा सदस्यको स्वास्थ्यमा सबै सहकारीहरुले जोड दिनुपर्ने बताउनुभयो । उहाँले प्रदेश भित्रका संघ संस्थाहरुलाई आवश्यक सहजीकरणका लागि समसामयिक विषयहरुमा भर्चुअल कार्यक्रमहरु आवश्यक भएकोले अब छिट्टै नै आयोजना गरिने जानकारी गराउनुभयो । रुपन्देही जिल्ला बचत संघको संयोजनमा नेफ्स्कून फिल्ड कार्यालय अन्तर्गतका ६ जिल्लालाई समेट्ने गरी कार्यक्रम भएकोमा उहाँले खुसी व्यक्त गर्नुभयो । सहकारीहरुलाई सेवा निरन्रताको लागि स्थानीय प्रशासनसँग सहजीकरण गर्ने र सदस्यहरुलाई पनि कृषि लगायतका व्यावसायिक गतिविधिका लागि काम गर्ने वातावरण सृजनामा स्थानीय सहकारीकर्मीहरुको एकीकृत प्रयास आवश्यक भएकोमा नेफ्स्कूनका निवर्तमान सञ्चालक नेपालले जोड दिनुभयो ।

कार्यक्रमका अध्यक्ष रुपन्देही बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष एवम् नेफ्स्कून जिल्ला संघ साझेदार कार्यक्रम तथा नेफ्स्कून रुपन्देही फिल्ड कार्यालय व्यवस्थापन उपसमितिका सदस्य प्रकाश भट्टराईले सामाजिक उत्तरदायित्वको विषयमा जिल्ला वा प्रदेशस्थित सहकारीहरुबीच एकरुपताका आधारमा साझा धारणा बनाउन सकिने सुझावप्रति सहमति जनाउनुभयो । त्यस्तै कोभिड मात्र नभई अन्य किसिमका विपत्हरुको सामनामा सहयोगी विपत कोषको आवश्यकतासम्बन्धी आज प्राप्त सुझाव पनि महत्वपूर्ण भएको उहाँले उल्लेख गर्नुभयो । त्यस्तै, उहाँले यो समय सकेसम्म सदस्यहरुलाई राहत दिने जिम्मेवारी सामाजिक व्यवसाय समेत भनिने सहकारीहरुको भएको स्मरण सहभागीहरुलाई गराउनुभयो । उहाँले नेफ्स्कूनसँग जिल्ला संघ साझेदारीको कार्यक्रममा सहभागी भएकाले पनि अब सहकार्यको आधारमा संघबाट सल्लाह सुझाव लिएर सशक्त ढंगले सदस्यमैत्री सेवा, शिक्षा र तालिमका कार्यक्रमहरु निरन्तर सञ्चालन गरिने जानकारी गराउनुभयो ।

कार्यक्रममा नेफ्स्कून फिल्ड कार्यालय व्यवस्थापन उपसमितिका सदस्य शुभकान्त न्यौपानेले सहभागीहरुलाई स्वागत गर्दै संकटको समयमा सब सहकारीहरुको ध्यान सदस्यहरुलाई सेवा, राहतसँगै व्यवसाय निरन्तरतामा केन्द्रीत हुनुपर्ने आवश्यकता औल्याउनुभयो । उहाँले सञ्जाल साझेदारी विकास, विस्तार र मजबुत बनाउन यस प्रकारका तालिम र शिक्षाहरु निरन्तर सञ्चालन भैरहनुपर्ने खाँचो औल्याउनुभयो ।

नेफ्स्कूनका सञ्चालक सदस्य सन्दीप सापकोटा, जिल्लास्थित सहकारी तथा बचत संघका प्रतिनिधिहरु, नेफ्स्कून फिल्ड कार्यालय व्यवस्थापन उपसमितिका अधिकारीहरु, ६ वटै जिल्लाका विभिन्न बचत ऋण सहकारी संघ संस्थाका सञ्चालक तथा व्यवस्थापन प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा नेफ्स्कूनका कार्यक्रम अधिकृत मनोज खड्काले बजेटमा सहकारी, सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी पछिल्ला व्यवस्थाहरु, सामाजिक सुरक्षा कोष सञ्चालन कार्यविधिमा भएको दोस्रो संशोधन, महामारी लक्षित व्यवसाय निरन्तरता योजना, ऋण जोखिम र त्यसको न्यूनीकरणका लागि चाल्नुपर्ने कदमहरु ल्गायतका समसामयिक विषयहरुमा सरल ढंगले प्रभावकारी प्रस्तुति गर्नुभएको थियो । कार्यक्रममा जिल्ला भित्र र बाहिरका विभिन्न सहकारीका निकाय र प्रारम्भिक संस्थाहरुबाट गरी ९० जनाको सहभागिता थियो ।

नेफ्स्कून रुपन्देही फिल्ड कार्यालय प्रमुख छत्रप्रसाद धमलाले नेफ्स्कूनले जारी गरेको महामारीसम्बन्धी उपयोगी निर्देशन, फिल्ड कार्यालयको भूमिका र सदस्य संस्थाहरुबाट यो समयमा गर्न सकिने कामहरुबारे जानकारीसहित सामना शक्ति विकासका लागि सद्भावपूर्ण सहकार्यको आवश्यकतामा बिशेष जोड दिदैं कार्यक्रम सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा नेफ्स्कून रुपन्देही फिल्ड कार्यालय अन्तर्गतका ६ वटै जिल्लास्थित जिल्ला बचत तथा ऋण सहकारीहरुको संयोजनमा आजको जस्तै जिल्लास्तरीय भर्चुअल कार्यक्रम गर्ने तयारी समेत भएको जानकारी गराइएको थियो । सोही अनुरुप आगामी जेठ २४ गते सोमबार बिहान जिल्ला बचत तथा ऋण सहकारी संघ लि. नवलपरासीको समन्वयमा यसप्रकारको दोस्रो कार्यक्रम गरिने जानकारी गराइएको थियो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१३ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२३ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

पाठकबाट थप