‘ह्युमन लाइब्रेरी’ अर्थात् मानव पुस्तकालय 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘ह्युमन लाइब्रेरी’ अर्थात् मानव पुस्तकालय 

एजेन्सी ।  पुस्तकालय हाम्रो लागि नयाँ शब्द पक्कै होइन र पुस्तकालयमा गएर पुस्तक पढ्ने वा सदस्य बनेर घर लगेर अध्ययन गरी फिर्ता गर्ने परम्परा हाम्रा लागि पुरानै हो । तर, हामीमध्ये धेरैका लागि ‘मानव पुस्तकालय (ह्युमन लाइब्रेरी)’ भने नवीन अवधारणा लाग्न सक्छ । हो, हिजोआज ह्युमन लाइब्रेरी विश्वमा क्रमशः लोकप्रिय बन्दै गएको छ । खासमा आज यो विश्वव्यापी र जीवन्त सिकाइ प्लेटर्फम बनेको छ । यसले मानवअधिकार समावेशीता, एकता, पारस्परिकतालाई प्रवर्धन गर्दछ । यसअर्थमा पनि सजीव पुस्तकालयको सहकारीसँग सानिध्य छ । पुस्तकमा ‘मोनोलग’ हुन्छ यसमा ‘डायलग’ ।

पुस्तकालयको परम्परागत अवधारणा विपरित मानव पुस्तकालयमा छानिएका स्वयंसेवी व्यक्तिहरुले आगन्तुकहरुलाई विभिन्न विषयहरुका जीवनकथाहरु सुनाउँछन्, ज्ञान बाढ्दछन् र अनुभव आदान प्रदान गर्दछन् । यसको अर्थ मानव पुस्तकालयका पुस्तकहरु निर्जीव पुस्तकहरु नभइ व्यक्तिहरु हुन्छन् । पाठकहरुले विभिन्न विषयमा सजीव पुस्तकहरुसँग जीवन्त वार्तालाप, मन्थन, विमर्श र विवेचना गर्दछन् । मानव पुस्तकालयका पुस्तक र पाठकहरुले जगत र जीवनलाई गहन दृष्टिगोचर गर्छन् । 

हयुमन लाइब्रेरीको इतिहास
खासमा मानव पुस्तकालयको अवधारणा युरोपेली मुलुक डेनमार्कबाट विकास भएको हो । सन् २००० मा राजधानी कोपनहेगनबाट यो प्रचलनमा आएको हो । रोनी अबेरजल, उनका भाई ड्यानी तथा सहकर्मीहरु आस्मा मउना र क्रिस्टोफर इरिच्सेनलाई मानव पुस्तकालय स्थापनाको श्रेय जान्छ । सुरुमा उनीहरुले हप्तामा ४ दिन विभिन्न ५० वटा विषयहरुमा लगातार ८ घन्टाका लागि यो कार्यक्रम आयोजना गरेका थिए । यसको सुरुवात एक व्यक्तिको अनुभव गाथा अर्को व्यक्तिका लागि सिकाइ र बुझाइको लागि धेरै कोणबाट उपयोगी हुनसक्छ भनेर गरिएको थियो ।

 यसमा आफ्ना कथाहरु सुनाउन चाहने वा पुस्तक बन्न चाहनेले स्वयंसेवी रुपमा दर्ता गर्नुपर्छ र २० मिनेटको समयमा आफ्नो कथा भनिसक्नुपर्छ । यस्ता स्वयंसेवीहरुमा सामाजिक, आर्थिक, लैङ्गिक, सांस्कृतिक आदि विविधता पाइन्छ जसले पाठक वा श्रोताहरुका सबै खाले आंकाक्षाहरु पूरा गर्न सकून् । सबै कुरा भन्ने भन्दा पनि अर्को व्यक्तिका लागि उपयोगी विषयहरु छानेर व्यक्त गर्नुपर्छ । हुनत् पछिल्लो समयमा यसको विधि र प्रक्रियामा धेरै परिमार्जन गर्न थालिएको छ । विश्व प्रसिद्ध म्यागजिन् Forbes अनुसार हाल कोभिड महामारीको समयमा यस्ता ह्युमन लाइब्रेरीहरु भर्चुअल रुपमा सञ्चालनमा छन् ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१० घण्टा अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

२ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

४ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

४ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१० दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

११ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२० दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१८ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२० दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

पाठकबाट थप