सहकारीमा सबल आन्तरिक नियन्त्रण प्रणालीका लागि लेखा सुपरिवेक्षण समितिको भूमिका महत्वपूर्ण
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारीमा सबल आन्तरिक नियन्त्रण प्रणालीका लागि लेखा सुपरिवेक्षण समितिको भूमिका महत्वपूर्ण

काठमाडौं । नेफ्स्कून-कास्कून साझेदारी कार्यक्रम अन्तर्गत कास्कूनको आयोजनामा आज लेखा सुपरिवेक्षण समितिको भूमिका विषयक जुम गोष्ठी सम्पन्न भएको छ । नेफ्स्कूनका कोषाध्यक्ष एवम् कास्कूनका अध्यक्ष दिपक पनेरुको अध्यक्षता तथा नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेफ्स्कूनका लेखा समिति संयोजक नवराज सापकोटासँगै कास्कून तथा देशभरका सहकारी संघ संस्थाको सञ्चालक तथा लेखा सुपरिवेक्षण समितिका र व्यवस्थापन समूहको सक्रिय सहभागिता थियो । कास्कूनका सचिव शालिकराम पुडासैनीले सञ्चालन गर्नुभएको कार्यक्रममा संघको लेखा सुपरिवेक्षण समिति सदस्य गोमा ढुङ्गानाले धन्यवाद मन्तव्य राख्नुभएको थियो भने कास्कूनका प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद आचार्यको कार्यपत्र प्रस्तुति रहेको थियो ।

कार्यक्रममा कास्कूनका सल्लाहकार समेत रहनुभएका प्रमुख अतिथि चन्द्र प्रसाद ढकालले लेखा सुपरिवेक्षण समितिको महत्वपूर्ण भूमिकाका विषयमा भर्चुअल कार्यक्रम गरेर सबैलाई जानकारी गराउने प्रयत्न गरेको भन्दै कास्कून नेतृत्वको प्रशंसा गर्नुभयो । उहाँले स्वनियमनमा चल्ने सहकारी संघ संस्थाहरुमा वित्तीय रुपमा मितव्ययी र पारदर्शी तथा गैरवित्तीय रुपमा सुशासनको बहुआयामिक विषयहरुमा इमान्दारी तथा विश्वसनीयता कायम गर्दै कानुनको परिपालन गराउने कुराहरुमा लेखा सुपरिवेक्षण समितिको भूमिका महत्वपूर्ण हुने स्पष्ट पार्नुभयो ।

बरिष्ठ उपाध्यक्ष ढकालले नेफ्स्कूनको विगत स्मरण गर्दै लेखा सुपरिवेक्षण समितिको महत्व थप प्रष्ट पार्न लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठी आयोजना गरिएको उल्लेख गर्नुभयो । उहाँले हाल कानूनले पनि यसका भूमिकाहरु निर्दिष्ट गर्दै गएको र यस विषयमा सदस्य संस्था तथा अन्यलाई स्पष्ट पार्ने कर्तव्यको पालनामा कास्कून सफल ठहरिएको भन्दै समय व्यवस्थापनमा भने ध्यान पुर्याउन आग्रह गर्नुभयो । प्रमुख अतिथि ढकालले कार्यक्रममा उठेका सहभागीका जिज्ञासाहरुको पनि सम्बोधन गर्दै लेखा सुपरिवेक्षण समितिको संयोजकको हाइर्यार्कीका बारेमा आन्तरिक प्रचलन अनुसार, बरिष्ठताको विषयलाई ध्यानमा राख्नुपर्ने भन्दै नेफ्स्कूनको अभ्यासबारे जानकारी गराउनुभयो ।

कास्कूनका अध्यक्ष दिपक पनेरुले लेखा सुपरिवेक्षण समितिको भूमिका ट्राफिक प्रहरीको जस्तो भएको बताउनुभयो । उहाँले संस्थाको गतिविधिहरु र कार्यसञ्चालन पद्धतिले रातो, पहेलो वा हरियो बत्ती बालेको छ भन्ने जानकारी लेखा सुपरिवेक्षण समितिमार्फत प्राप्त हुने उल्लेख गर्नुभयो । नेफ्स्कूनका कोषाध्यक्ष समेत रहनुभएका पनेरुले समितिको भूमिका सञ्चालक समितिलाई समेत मार्गनिर्देश गर्ने समानान्तर प्रकृतिको भएको उल्लेख गर्दै यसका विषयमा सदस्य र देशभरका खासगरी लेखा सुपरिवेक्षण समितिका स्वयंसेवीहरुलाई जानकारी गराउन कार्यक्रम राखिएको जानकारी गराउनुभयो ।

उहाँले लेखा सुपरिवेक्षण समितिलाई वास्तविक भूमिका निर्वाह गर्ने वातावरण कतिपय संस्थामा बनाउन नसकेको भन्दै महामारीको समयमा त झन संस्थाको जीवनका लागि यसको भूमिका अंग्रभागमा आउने बताउनुभयो । समितिले आफुले आफ्नो महत्व बुझ्ने र सिङ्गो बोर्डले भूमिका बुझाउने विषयमा लाग्न नसकेको हो कि भनी अध्यक्ष पनेरुले प्रश्न गर्दै त्यसका लागि आज कार्यक्रम राखिएको जानकारी गराउनुभयो ।
नेफ्स्कून लेखा समिति संयोजक नवराज सापकोटाले महामारीको समयमा संस्थाहरुले नीति, कार्यक्रम र बजेट भित्र रहेर नै काम र खर्चहरु गरे नगरेको समितिले हेर्नुपर्ने भन्दै असहज अवस्थामा संस्थालाई सुशासनमा राख्ने काममा समितिको भूमिका थप महत्वपूर्ण हुने बताउनुभयो ।

उहाँले भाखा नाघेको ऋणको अवस्था, कर्मचारीहरुको कामको जिम्मेवारी बाँडफाड कसरी गरिएको, कार्यविधिहरु अद्यावधिक गरिए नगरएिको, सदस्य पहिचान फारम सबै अपडेट गरिए नगरिएको, आगामी आर्थिक वर्षको बजेट तर्जुमाका लागि कामहरु भए नभएको र मुख्य कुरा सदस्यहरुको शारिरिक, मानसिक र वित्तीय स्वास्थ्य कस्तो रहेको आदि बारेमा संस्थाले के कसरी कामहरु गरिरहेको भन्ने विषयमा लेखा सुपरिवेक्षण समिति चनाखो भएर काम गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

कार्यक्रममा कास्कूनका प्रमुख कार्यकारी अधिकृत आचार्यले लेखा सुपरिवेक्षण समितिको गठन तथा भूमिका, कानूनी व्यवस्था, सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिबीचको भूमिकासम्बन्धी बुझाईको अस्पष्ष्टता, आन्तरिक लेखा परिक्षक, समितिको सुपरिवेक्षण विधि, प्रतिवेदन तयारी आदि समग्र विषयहरुमा कार्यपत्र प्रस्तुति गर्नुभएको थियो । 
 
भर्खरै
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

३ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

३ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

९ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

११ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

११ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२० दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१८ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

पाठकबाट थप