सदस्यको वर्तमान बदल्ने र भविष्य को निर्माण गर्ने अभियानमा सहकारी जुट्नुपर्छ
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सदस्यको वर्तमान बदल्ने र भविष्य को निर्माण गर्ने अभियानमा सहकारी जुट्नुपर्छ

काठमाडौं । नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले बचत तथा ऋण सहकारी संस्थाहरुले लगानीलाई उद्यमशिलता सँग जोड्दै आफ्ना सदस्यहरुको वर्तमान वदल्ने र भविष्य निर्माण गर्ने अभियानमा जुट्नुपर्ने बताउनुभएको छ । 

सहकारी विभाग र नेफ्स्कूनको साझेदारीमा सञ्चालित “सहकारी क्षेत्र सुदृढीकरण तथा प्रणाली सुधार” कार्यक्रम अन्तर्गत बचत तथा ऋण सहकारी संस्थाहरुका लागि उद्यमशिलता विकास तथा व्यवसाय प्रवर्द्धन सम्बन्धी आज बाट शुरु ५ दिने अभौतिक तालिम शुभारम्भको अवसरमा बोल्दै अध्यक्ष पौड्यालले उद्यमशिलताको अभियान मार्फत उत्पादन र सेवासँग जोडिने गरी सामूहिक प्रणालीको विकासमा जोड दिनुपर्ने बताउनुभयो । प्रारम्भिक चरणमा अनिवार्य नियमित बचतको प्रक्रियालाई अहिले उद्यमशिलता सहितको बचत अभियानमा रुपान्तरण हुन र त्यसको प्रतिनिधित्व बचत तथा ऋण सहकारी संस्थाले गर्नुपर्छ भन्नेमा नेफ्स्कूनको जोड रहेको छ, उहाँले भन्नुभयो “राष्ट्रिय उत्पादन प्रणालीसँग यसले सरोकार राख्नुपर्छ । औद्योगिक नीति अर्थ व्यवस्था प्रणालीको आधारभूत नीति भएकोले अब सहकारीका सदस्यहरुले आय आर्जन, धन सृजना र जीवन पद्धती व्यवस्थापनका लागि सहकारीलाई मूलधारमा ल्याउने नीति अबलम्बन गर्नु जरुरी छ ।” 

अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ) र राष्ट्रिय युवा परिषद् सँगको सहकार्यमा उद्यमशिलता विकासको क्षेत्रमा संघले नियमित सहजीकरणको काम गरिरहेको र राज्य व्यवस्था प्रणालीको तर्फबाट प्राप्त गर्नुपर्ने सहयोगमा पनि संघको पहलकदमी रहेको बताउनुभयो । 

नेफ्स्कूनका सञ्चालक सदस्य एवम् उद्यमशिलता विकास उपसमिति संयोजक रिना आचार्यको संयोजकत्वमा शुरु भएको उक्त तालिममा सञ्चालक सदस्य एवम् प्रदेश नं. २ का संयोजक हरेराम प्रसादले स्वागत गर्नुभएको थियो । तालिममा नेफ्स्कूनका सञ्चालक सदस्य द्वय मन्दरा मिश्र, विद्या कोइराला, त्यसैगरि नेफ्स्कूनको कास्की, चितवन, मकवानपुर र पर्सा फिल्ड कार्यालय इन्चार्जहरु र प्रदेश नं. १, २ र वागमती प्रदेशका विभिन्न बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधिहरु सहभागी हुनुभएको छ । 

नेफ्स्कूनका सञ्चालक सदस्य हरेराम प्रसादले सहकारीको माध्यमबाट उद्यमशिलता विकास गरी सदस्यहरुको सामाजिक, आर्थिक जीवनस्तरमा रुपान्तरण ल्याउन सकिने र  राष्ट्रिय अर्थतन्त्रमा समेत उल्लेख्य योगदान पुर्याउन सकिने विचार व्यक्त गर्नुभयो । सहकारी संस्थाहरुले उद्यम व्यवसाय तथा उत्पादन प्रणालीको विकासमा आवश्यक सफल योजना निर्माण गरी काम गर्न तालिम उपयोगी रहने विश्वास व्यक्त गर्दै ५ दिनको यस तालिममा सहकारी प्रतिनिधिहरुको क्रियाशिल सहभागिताका लागि अनुरोध गर्नुभयो ।

नेफ्स्कूनका बरिष्ठ कार्यक्रम अधिकृत नविनराज दाहालले सहकारी संस्थामा व्यावसायिक सेवा केन्द्र स्थापना गरी बचत तथा ऋण सहकारी संस्थाको लगानी प्रवर्द्धन गर्न र उद्यमी तयार गरी उद्यम सञ्चालन गर्न आवश्यक योजना र ज्ञान सीप विकासमा तालिम उपयोगी रहने विचार व्यक्त गर्नुभयो । 

भर्चुअल विधिबाट सञ्चालित ५ दिवसीय तालिमको सहजीकरणमा प्रशिक्षक अथवा कञ्चनजंघा पोलिटेक्निक इन्स्टिच्यूट नेपाल (केपिन) का अध्यक्ष निर्मल सिग्देल हुनुहुन्छ । तालिममा ७० जना साकोस प्रतिनिधिहरु सहभागी हुनुहुन्छ । अघिल्लो साता पनि सोही तालिम प्रदेश नं.१ र २ मा सञ्चालित बचत तथा ऋण सहकारी संस्थाहरुलाई लक्षित गरी सञ्चालन भएको थियो । तालिम सञ्चालन नेफ्स्कूनका कार्यक्रम अधिकृत रिता सुवेदीले र प्रविधि व्यवस्थापन सहयोग नेफ्स्कून कर्मचारी अनित चौधरीले गर्नुभएको छ । 


 

लोकप्रिय
धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 

१३ घण्टा अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

वारा स्थित उपलब्धी साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
वारा स्थित उपलब्धी साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१४ घण्टा अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

८ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत भैरवी साकोसको स्थलगत सुपरिवेक्षण
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत भैरवी साकोसको स्थलगत सुपरिवेक्षण

४ दिन अगाडि

सुनसरी स्थित संञ्चित नारी विकास साकोस स्क्यान कार्यक्रममा आबद्ध
सुनसरी स्थित संञ्चित नारी विकास साकोस स्क्यान कार्यक्रममा आबद्ध

४ दिन अगाडि

सर्लाहि स्थित त्रीवेणी साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
सर्लाहि स्थित त्रीवेणी साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

पाठकबाट थप