नेफ्स्कूनका सेवा तथा कार्यक्रमहरु प्रारम्भिक संस्थाहरुको हितमा लक्षित 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनका सेवा तथा कार्यक्रमहरु प्रारम्भिक संस्थाहरुको हितमा लक्षित 

नवलपरासी । नेफ्स्कून फिल्ड कार्यालय रुपन्देहीको आयोजना र जिल्ला बचत संघ नवलपरासीको समन्वयमा सहकारीका समसामयिक विषयमा आज बिहान भर्चुअल अन्तरक्रिया सम्पन्न भएको छ ।  जिल्ला बचत संघ नवलपरासीका अध्यक्ष एवंम नेफ्स्कून फिल्ड कार्यालय रुपन्देहीका आमन्त्रित व्यवस्थापन उप समिति सदस्य राजन आचार्यको अध्यक्षतामा सम्पन्न अन्तरक्रियामा नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्ष शान्ति अधिकारी, सञ्चालक यज्ञ प्रसाद ढकाल, सन्दीप सापकोटा, लुम्बिनी प्रदेश बचत संघका अध्यक्ष कृष्ण नेपाल तथा सञ्चालक सदस्यहरु, जिल्ला बचत संघका संञ्चालकहरु, फिल्ड कार्यालय व्यवस्थापन उप समिति सदस्य लगायत प्रारम्भिक साकोसका संञ्चालक गरी ७० जना भन्दा बढीको सहभागिता थियो ।

कार्यक्रममा प्रमुख अतिथि नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष ढकालले प्रारम्भिक साकोसहरुनै नेफ्स्कून भएको भन्दै यसमा कुनै किसिमको आशंका नरहेको स्पष्ट पार्नुभयो । उहाँले संघमा आवद्ध भएका नभएका सबै साकोसहरुलाई सञ्जालमा आवद्ध गराई सहकारी संस्कृति, मुल्य, मान्यता र कानुनसम्मत् गुणस्तरीय प्रवाह गर्न सक्षम संस्था बनाउने उद्देश्यसहित नेफ्स्कून निरन्तर क्रियाशील भएको  धारणा राख्नुभयो ।

संघले नेफ्स्कूनका सेवा तथा व्यवसायमा सहज पहुँच होस् भन्ने उद्देश्यले नेटवर्किङ कार्यालयको रुपमा फिल्ड कार्यालयहरु स्थापना गरेको उहाँले जानकारी गराउनुभयो । नेफ्स्कूनका प्रबक्ता समेत रहनुभएका बरिष्ठ उपाध्यक्ष ढकालले संघले गर्ने सबै कार्यक्रमहरु, प्रवाह गर्ने सेवाहरु सबै साकोसहरुकै लागि  भएकोले कुनै संकोच नमानी सहभागिता जनाउन अपिल गर्नुभयो ।

नेफ्स्कूनकी उपाध्यक्ष शान्ती अधिकारीले राष्ट्रिय रुपमा देशभरका संस्थाहरु सहभागी कार्यक्रम भन्दा स्थानीय स्तरमा वा जिल्लागत हने अन्तरक्रियाहरु बढी प्रभावकारी हुने धारणा राख्नुभयो । आफु बोर्डको तर्फबाट सदस्य सेवा विभाग हेर्ने जिम्मेवारीमा पनि रहेकोले यस्ता कार्यक्रमहरुलाई अत्यन्त चासोका साथ सुरुचिपूर्वक हेर्ने सुन्ने र अभिव्यक्त धारणाहरुलाई सुझावका रुपमा संकलन गर्ने काममा समेत लागेको स्पष्ट पार्नुभयो । उहाँले अहिलेको समयमा सबै सहकारीहरुले आफ्नो सदस्यहरुलाई सहज सेवा, तालिम र शिक्षाका कार्यक्रमलाई प्रविधिसँग जोडेर लानुपर्ने आवश्यकता औंल्याउनुभयो ।

लुम्बिनी प्रदेश बचत संघका अध्यक्ष एवम् नेफ्स्कूनका निवर्तमान सञ्चालक सदस्य कृष्ण नेपालले प्रदेश संघ, जिल्ला संघ र नेफ्स्कूनले प्रारम्भिक संस्थाहरुको वित्तीय परामर्श सहजीकरणका लागि छुट्टै कर्मचारीको व्यवस्था गर्नुपर्ने बताउनुभयो । संघका संञ्चालक सापकोटाले फिल्ड कार्यालयले जिल्ला संघको समन्वयमा आयोजना गरिरहेको अन्तरक्रियाले राम्रो सन्देश दिएको धारणा राख्नुभयो ।

कार्यक्रमका अध्यक्ष जिल्ला बचत संघ नवलपरासीका राजन अध्यक्ष आचार्यले आजको भर्चुअल कार्यक्रममा भएको उत्साहजन सहभागिताले नवलपरासी जिल्लाका साकोसहरुको डिजिटल साक्षरताको मापन गरेको धारणा राख्नु भयो । जिल्ला संघ सँगको साझेदारीमा राम्रो कार्यक्रमको सुरुवात भएको बताउँदै उहाँले आगामी दिनहरुमा थप सहकार्य सहित अघि बढ्ने धारणा राख्नुभयो । यसैगरी, अध्यक्ष आचार्यले कार्यक्रमक आयोजनाको लागि नेफ्स्कूनलाई धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रमको स्वागत नेफ्स्कून रुपन्देही फिल्ड कार्यालय व्यवस्थापन उप समिति सदस्य महेश्वर श्रेष्ठले स्वागत गर्नु भएको थियो ।

कार्यक्रममा बजेटमा सहकारी क्षेत्र, सेवा निरन्तरता, ऋण जोखिमहरु, सम्पत्ति शुद्धीकारण र सामाजिक सुरक्षा कोष सम्बन्धी महत्वपूर्ण विषयमा संघका कार्यक्रम अधिकृत मनोज खड्काले प्रस्तुतिकरण गर्नु भएको थियो । अन्तक्रियात्मक कार्यक्रममा प्राप्त जिज्ञासाहरुको सम्बोधन नेफ्स्कून रुपन्देही फिल्ड कार्यालय इन्चार्ज छत्र धमाला र कार्यक्रम अधिकृत मनोज खड्काले गर्नुभएको थियो । यस्तै, स्वरुपको अर्को कार्यक्रम कपिलबस्तु जिल्लाका साकोसहरुबीच आगामी जेठ २६ गते आयोजना गरिने जानकारी कार्यक्रम सञ्चालक नेफ्स्कून रुपन्देही फिल्ड कार्यालय इन्चार्ज छत्र धमलाले जानकारी गराउनुभयो ।
 
भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

३ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ घण्टा अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

३ घण्टा अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप