स्वस्थ्य र सुरक्षित सेवाका लागि बैकल्पिक उपायहरुको विकास अहिलेको आवश्यकता 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
स्वस्थ्य र सुरक्षित सेवाका लागि बैकल्पिक उपायहरुको विकास अहिलेको आवश्यकता 

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को आयोजनामा बचत तथा ऋण सहकारीहरुको लागि महामारीमा गुणस्तर सुनिश्चितता र जोखिम व्यवस्थापनका रणनीहिरु विषयक भर्चुअल अन्तरक्रिया कार्यक्रम आज अभौतिक सम्पन्न भएको छ । कोभिड १९ महामारीमा सदस्य, कर्मचारी र संस्थागत संरक्षणका तिनै पक्षहरुमा सन्तुलन कायम गरी व्यवसाय निरन्तरता योजना निर्माण, विषम परिस्थितिमा पनि सहयोगी, सदस्य मैत्री, सम्वादमैत्री, सञ्चारमैत्री, विश्वासयोग्य भई स्वस्थ्य र सुरक्षित संस्था सञ्चालनमा बैकल्पिक उपायहरुको विकासमा व्यवस्थापकीय भूमिका केन्द्रीकृत हुनुपर्ने अवधारणा सहित सदस्य हितका विभिन्न बिकल्पहरुको बारेमा छलफल भएको छ । 

महामारीमा ऋण व्यवस्थापनका लागि प्रभावित सदस्यको पहिचान विश्लेषण गरि ऋणको बृहत प्रतिवेदन तयारी, ऋणमा हर्जाना छुट, शुद्ध ऋण निर्माण योजना, असुली प्रोत्साहन योजना, लगानी प्रवद्र्धन योजना, ऋणमा प्रविधिको उपयोग लगायत सदस्यहरुमा परेको प्रभावको अवस्था हेरी ऋण असुली सहनशिलता सम्झौता, ऋण भुक्तानी छुट अवधि, साँवामात्र फरक पर्ने योजना, पुर्नकर्जाको व्यवस्था लगायत यी सहुलियतहरु प्रदान गर्दा संस्थाको बचत, ऋण, आय विवरण, तरलता आदिमा पर्ने स्ट्रेस टेस्ट गर्नुपर्ने विषयमा छलफल भएका थिए । 

नेफ्स्कून सदस्य सेवा उपसमिति संयोजक एवं नेफ्स्कूनकी उपाध्यक्ष शान्ति अधिकारीको संयोजकत्वमा भएको  अन्तरक्रियामा ७५० सहकारीकर्मीहरुको सहभागिता थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले विपदको समयमा पनि सेवा निरन्तरता एवं सदस्य संरक्षणमा सहकारीहरुले प्रशंसनीय भूमिका खेलेको बताउनुभयो । संघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले सहकारीहरुलाई सदस्य संरक्षण र संस्थागत संरक्षणबीच सन्तुलन ल्याउन चुनौती भएकोमा यसको सहजीकरणका लागि नेफ्स्कून सँधै तयार रहेको बताउनुभयो । कार्यक्रममा छलफलका विषयहरुमा संघका सदस्य सेवा विभाग प्रमुख दुर्गा प्रसाद ढकालको प्रस्तुति रहेको थियो । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१३ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२३ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप