स्वस्थ्य र सुरक्षित सेवाका लागि बैकल्पिक उपायहरुको विकास अहिलेको आवश्यकता 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
स्वस्थ्य र सुरक्षित सेवाका लागि बैकल्पिक उपायहरुको विकास अहिलेको आवश्यकता 

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को आयोजनामा बचत तथा ऋण सहकारीहरुको लागि महामारीमा गुणस्तर सुनिश्चितता र जोखिम व्यवस्थापनका रणनीहिरु विषयक भर्चुअल अन्तरक्रिया कार्यक्रम आज अभौतिक सम्पन्न भएको छ । कोभिड १९ महामारीमा सदस्य, कर्मचारी र संस्थागत संरक्षणका तिनै पक्षहरुमा सन्तुलन कायम गरी व्यवसाय निरन्तरता योजना निर्माण, विषम परिस्थितिमा पनि सहयोगी, सदस्य मैत्री, सम्वादमैत्री, सञ्चारमैत्री, विश्वासयोग्य भई स्वस्थ्य र सुरक्षित संस्था सञ्चालनमा बैकल्पिक उपायहरुको विकासमा व्यवस्थापकीय भूमिका केन्द्रीकृत हुनुपर्ने अवधारणा सहित सदस्य हितका विभिन्न बिकल्पहरुको बारेमा छलफल भएको छ । 

महामारीमा ऋण व्यवस्थापनका लागि प्रभावित सदस्यको पहिचान विश्लेषण गरि ऋणको बृहत प्रतिवेदन तयारी, ऋणमा हर्जाना छुट, शुद्ध ऋण निर्माण योजना, असुली प्रोत्साहन योजना, लगानी प्रवद्र्धन योजना, ऋणमा प्रविधिको उपयोग लगायत सदस्यहरुमा परेको प्रभावको अवस्था हेरी ऋण असुली सहनशिलता सम्झौता, ऋण भुक्तानी छुट अवधि, साँवामात्र फरक पर्ने योजना, पुर्नकर्जाको व्यवस्था लगायत यी सहुलियतहरु प्रदान गर्दा संस्थाको बचत, ऋण, आय विवरण, तरलता आदिमा पर्ने स्ट्रेस टेस्ट गर्नुपर्ने विषयमा छलफल भएका थिए । 

नेफ्स्कून सदस्य सेवा उपसमिति संयोजक एवं नेफ्स्कूनकी उपाध्यक्ष शान्ति अधिकारीको संयोजकत्वमा भएको  अन्तरक्रियामा ७५० सहकारीकर्मीहरुको सहभागिता थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले विपदको समयमा पनि सेवा निरन्तरता एवं सदस्य संरक्षणमा सहकारीहरुले प्रशंसनीय भूमिका खेलेको बताउनुभयो । संघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले सहकारीहरुलाई सदस्य संरक्षण र संस्थागत संरक्षणबीच सन्तुलन ल्याउन चुनौती भएकोमा यसको सहजीकरणका लागि नेफ्स्कून सँधै तयार रहेको बताउनुभयो । कार्यक्रममा छलफलका विषयहरुमा संघका सदस्य सेवा विभाग प्रमुख दुर्गा प्रसाद ढकालको प्रस्तुति रहेको थियो । 


 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

५ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

६ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

६ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

७ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

८ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

८ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१४ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३३ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२२ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२५ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३१ दिन अगाडि

पाठकबाट थप