चितवन बचत संघको आयोजनामा बार्षिक नीति, कार्यक्रम तथा बजेट निर्माण तालिम भर्चुअल सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
चितवन बचत संघको आयोजनामा बार्षिक नीति, कार्यक्रम तथा बजेट निर्माण तालिम भर्चुअल सम्पन्न

काठमाडौं । नेफ्स्कूनको प्राविधिक सहयोग एवम् चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ लि. को आयोजनामा बार्षिक नीति, कार्यक्रम तथा बजेट निर्माण सम्बन्धी २ दिने भर्चुअल तालिम आज सम्पन्न भएको छ । तालिमको पहिलो दिन बार्षिक नीति तथा कार्यक्रममा समावेश गरिनुपर्ने क्षेत्रहरुका बारेमा उदाहरणसहित प्रस्तुति गरिएको थियो भने दोस्रो दिन बजेट बिनियोजन र त्यसका लागि ध्यान पुर्याउनुपर्ने कुराहरुमा प्रस्तुतिसहित अन्तरक्रियात्मक छलफल भएको थियो । तालिमको दोस्रो दिन नीति तथा कार्यक्रम, बजेट विनियोजनका बारेमा पहिलो सत्र र दोस्रो सत्र अंक छुट्याउने विषयमा उदाहरणसहित प्रस्तुत गरिएको थियो । बिहान ८ बजेबाट सुरु भएको कार्यक्रम झण्डै सवा २ घन्टा चलेको थियो ।

तालिममा बजेट बनाउनु पूर्व ध्यान दिनुपर्ने विषयहरु, बजेट व्यवस्थापनका श्रोतहरु, बजेट निर्माण तथा नियन्त्रणका आधारहरु, रणनीतिक उद्देश्य, लक्ष्य, कार्ययोजना, आम्दानी तथा खर्चका सम्भावित शीर्षकहरु, स्वस्थ्य वित्तीय संरचनाका आधारहरु, योजना र बजेटको मासिक अनुगमन विधिहरु, लगायत थुप्रै आवश्यक विषयहरुमा सहजीकरण गरिएको थियो । जिल्ला बचत संघले बिशेषतः जिल्लाभित्रका बचत ऋण सहकारीहरुलाई आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट निर्माणमा सहयोग पुग्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा सहकारीहरु अब बजेट निर्माणमा सघनरुपमा लाग्नुपर्ने भएकाले त्यसका लागि कार्यतालिका बनाएर आवश्यक पर्दा प्राविधिक सहयोग लिएर निर्माणमा जुट्नुपर्ने बताइएको थियो ।

समापन कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले बजेट निर्माणको तयारीको स्वागत गर्दै राज्यले पनि बजेटमार्फत टीडीएसको विषय सम्बोधन गरेको, सहुलियतकर्जा, स्टार्टअप फन्डका विषयमा सहकारी अभियान जोडिनसक्ने सम्भावनाहरु सम्बोधन गरेको बताउनुभयो । उहाँले अब प्रादेशिक सरकारहरुले बजेट घोषणाको तयारी गरिरहेको र त्यसमा पनि धेरै विषयहरु सम्बोधन हुने भन्दै स्थानीय सरकारहरुसँग बहसपैरवीमार्फत सहकारीमैत्री नीति तथा कार्यक्रमहरु लागू गर्न जिल्ला संघको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो ।

नेफ्स्कूनले साकोस अभियानको प्रविधिकरणका लागि साकोस कनेक्ट सुरु गरेको जसमार्फत देशभरका बचत ऋण सहकारीहरु डिजिटाइज हुने दाबी अध्यक्ष पौड्यालले गर्नुभयो । त्यसैगरी, उहाँले आधारशिला र उद्यमशीलता प्रवर्धनका लागि स्थानीय निकायसँग समन्वयका लागि जिल्लास्थित अभियानकर्मीहरुसँग आग्रह गर्नुभयो ।

कार्यक्रममा नेफ्स्कूनकी उपाध्यक्ष शान्ति अधिकारी, लेखा समिति संयोजक नवराज सापकोटा, सञ्चालक सदस्य विद्या कोइराला लगायत दुबै दिन सक्रिय सहभागी हुनुभएको कार्यक्रममा चितवन जिल्ला बचत संघका अध्यक्ष हरिशचन्द्र सुवेदीले साना संस्थाहरुलाई सहयोग पुग्ने गरी कार्यक्रम आयोजना गरिएको जानकारी दिदैं प्रशिक्षकहरुले अत्यन्त प्रभावकारी रुपमा प्रस्तुति गर्नुभएको बताउनुभयो । उहाँले छिट्टै अर्को कार्यक्रम आयोजना गरिने जानकारी पनि गराउनुभयो । सहभागीका तर्फबाट पेवा साकोसका अध्यक्ष गोविन्द प्रसाद भट्टराईले बजेट निर्माणका बारेमा राम्रो जानकारी मिलेको बताउनुभयो ।

जिल्ला संघका सचिव रामराज सुवेदीले सञ्चालन गर्नुभएको कार्यक्रममा संघका सञ्चालक मीनप्रसाद सुवेदी र नेफ्स्कून सदस्य सेवा विभागका प्रमुख दुर्गाप्रसाद ढकालले प्रस्तुति गर्नुभएको थियो । कार्यक्रममा चितवन लगायत आसपासका जिल्लाका सहकारीकर्मीहरुको सहभागिता थियो ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

३ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

५ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

५ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

११ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२२ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३५ दिन अगाडि

पाठकबाट थप