नेफ्स्कून-साकोस म्यानेजर्स क्लब संघको ‘सपोर्ट सिस्टम’:  बरिष्ठ उपाध्यक्ष ढकाल
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कून-साकोस म्यानेजर्स क्लब संघको ‘सपोर्ट सिस्टम’:  बरिष्ठ उपाध्यक्ष ढकाल

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले नेफ्स्कून साकोस म्यानेजर्स क्लब संघको ‘सपोर्ट सिस्टम’ भएको बताउनुभएको छ । उहाँले संघको पृष्ठपोषकको रुपमा काम गर्दै यसले मुलुकको साकोस अभियानलाई नै सबल, दिगो र सुदृढ बनाउने नेफ्स्कूनको अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औल्याउनुभएको छ । 

क्लबले आज बिहान आयोजना गरेको साकोस व्यवस्थापन सिकाइ आदान प्रदान कार्यक्रम अन्तर्गत फरक तर उत्प्रेरणामुलक जीवनोपयोगी भर्चुअल कार्यशालाका प्रमुख अतिथि बरिष्ठ उपाध्यक्ष ढकालले साकोसको संस्थागत विकासको प्राविधिक तथा नवीनतम् अभ्यासहरुसहितको ज्ञान बोेकेको विज्ञ समूह भएकाले क्लबले देशैभरका साकोसहरुको सीप, दक्षतासँगै गुणस्तर विकासमा तालिम, शिक्षा, सिकाइ आदान प्रदान गर्न सक्ने ल्याकत राख्ने दाबी गर्नुभएको छ । यसको उदाहरणको रुपमा हाल यो श्रृङ्खला अन्तर्गत जारी ५ औं कार्यक्रमको उपादेयताको चर्चा गर्दै साकोस अभियानको मानव संशाधनको क्षमतामा यसले महसुस गर्न सकिने परिवर्तन ल्याउने दाबी गर्नुभयो ।

नेफ्स्कूनले क्लबको विकास, विस्तारका लागि हरसम्भव सहयोग गर्ने रणनीति अवलम्बन गरेको जानकारी पनि बरिष्ठ उपाध्यक्ष ढकालले कार्यक्रममा गराउनुभयो । साथै आगामी दिनमा प्रदेशस्तरमा यसको संरचना विस्तार गर्दै स्थानीय आवश्यकता र मागका आधारमा साकोसकर्मीहरुको क्षमता सीप विकासमा प्रत्यक्ष सहयोग पुग्ने र सबैलाई उठाउने कार्यक्रमहरु ल्याउनुपर्ने सुझाव उहाँले  दिनुभयो ।

कार्यक्रममा नेफ्स्कूनकी उपाध्यक्ष शान्ति अधिकारी, महासचिव दामोदर अधिकारी, कोषाध्यक्ष दिपक पनेरु, लेखा समिति संयोजक नवराज सापकोटा, सञ्चालकहरु तथा उपसमितिका अधिकारीसहित, निमित्त प्रमुख कार्यकारी अधिकृत सञ्जयराज तिमिल्सिना, विभागीय प्रमुखहरु, प्रदेश, जिल्ला संघ तथा प्रारम्भिक संस्थाका सञ्चालक तथा व्यवस्थापनकर्मीहरु, क्लबका पूर्व सदस्यहरु आदि सहभागी कार्यक्रममा क्लबका संयोजक एवम् मिलिजुली कालिञ्चोक साकोस दोलखाका प्रमुख कार्यकारी अधिकृत ईश्वर न्यौपानेले कार्यक्रमको अध्यक्षको रुपमा कार्यशालाबाट प्राप्त निष्कर्षहरु प्रस्तुत गर्दै तिनलाई व्यावहारिक रुप दिनुपर्ने आवश्यकता औंल्याउनुभयो । कार्यक्रम सञ्चालन क्लबका निर्वतमान संयोजक कोलिय देवदह साकोस रुपन्देहीका प्रमुख कार्यकारी अधिकृत विनोद पराजुलीले गर्नुभएको थियो भने जिज्ञासाहरुको संकलन र प्रस्तुति क्लबका सदस्य काभ्रेस्थित ज्योति मिर्मिरे सामुहिक साकोसका प्रमुख कार्यकारी अधिकृत गोपाल दाहालले गर्नुभएको थियो ।

कार्यक्रममा लाइफ कोच राजबाबु साहले नेतृत्व विकास, मानव संशाधनको दक्षता विकास, मानवीय स्वभाव, मनोवृत्ति, परिवर्तनको पहल आदि विभिन्न विषयमा रोचक र सरसपूर्ण प्रस्तुति गर्नुभएको थियो । 

(लाइफ कोचिङका सारहरु सहितको थप समाचार प्रकाशन गरिने छ ।)

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२० घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप