नेपालमा पहिलो सुरुवात: सहकारीको मोबाइल बैंकिङ एपबाट रेमिटेन्स सेवा
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेपालमा पहिलो सुरुवात: सहकारीको मोबाइल बैंकिङ एपबाट रेमिटेन्स सेवा

काठमाडौं । काठमाडौंको थानकोटस्थित चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले हाम्रो टेक्नोलोजी (एम.बैंक) को प्राविधिक सहयोग तथा सि.टि. एक्सप्रेस मनी ट्रान्स्फरसँगको सहकार्यमा नेपालमै पहिलो पल्ट सहकारीमा मोबाइल बैंकिङ एपबाट रेमिटेन्स सेवा सुरु गरेको छ । अब चन्द्रागिरिका सदस्यहरुले नेपालै भरी पैसा पठाउन र विदेश वा नेपाल भित्रबाट पठाएको पैसा घरै बसी चन्द्रागिरि मोबाइल बैंकिङ एप प्रयोग गरी सजिलै संग आफ्नै खातामा प्राप्त गर्न सक्ने छन् । उक्त सुविधाले कोरोना भाइरस जस्तो महामारीको समयमा संक्रमण जोखिम न्यूनिकरण गर्नेछ भने खातामा भएको रकम सोही एपको प्रयोगद्वारा देशभरी रहेका सि.टि. एक्सप्रेसको १२ हजार भन्दा बढि काउन्टरहरुमा समेत प्राप्त गर्न सक्ने गरी पठाउन सक्नेछन् । उक्त सेवालाई चन्द्रागिरि साकोसका अध्यक्ष योगेन्द्रकुमार कुँवरले आज एक कार्यक्रमबीच डिजिटल सुभारम्भ भएको घोषणा गर्नुभयो ।  चन्द्रागिरिले उक्त मोबाइल बैंकिङ एपलाई चन्द्रागिरि एम सर्भिस् नामले प्लेस्टोर तथा एपस्टोरमा उपलब्ध गराएको छ । वि.स. २०७५ सालमा सुरु गरिएको उक्त मोबाइल बैंकिङ सेवामा संस्थाका ५ हजार भन्दा बढि सदस्यहरु जोडिएका छन् ।  

बदलिँदो समयमा नगद रहित डिजिटल कारोबार गर्न उक्त सेवा अत्यन्त उपयोगी रहँदै आएको छ । संस्थाले कोरोनाभाइरसको महामारीको दोश्रो लहरका विचमा कायम रहेको निशेधाज्ञामा सदस्यहरुले घरमै बसेर उक्त एप अ्याक्टिभेट गर्न सक्ने र पिनकोड बिर्सिए आफैंले रिसेट गर्न सक्ने सुविधा समेत उपलब्ध गराएको छ । मोबाइल बैंकिङ क्षेत्रमा सहकारीको लागि भरपर्दो र उपयोगी सेवाहरु विकास गर्दै आईरहेको हाम्रो टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत विष्णु महर्जनले उक्त सेवाले सहकारीका सदस्यहरुलाई निक्कै सजिलो बनाउने बताउनुभयो । त्यसैगरी सि.टि. एक्सप्रेसका व्यवसाय तथा नयाँ वस्तु विकास विभागका सहायक प्रबन्धक शुभम डोटेलले चन्द्रागिरि साकोसको सेवामा उक्त सेवाले थप मूल्य सृजना गरेको कुरा बताउनु भयो भने चन्द्रागिरि साकोसका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले उक्त सुविधाका कारण मोबाइल बैंकिङ सेवामा सदस्यहरुको आकर्षण बढ्ने भएकोले धेरै भन्दा धेरै सदस्यहरुले प्रयोग गर्ने र उक्त सुविधाका लागि धेरै नयाँ व्यक्तिहरुले सदस्यता समेत लिनेमा आफु विश्वस्त रहेको बताउनुभयो ।

चन्द्रागिरिले उक्त सेवामा पहिलो वर्ष निःशुल्क रुपमा आवद्ध हुन सक्ने सुविधा उपलब्ध गराएको छ भने सेवामा आवद्ध हुन चाहने सदस्यहरुको सदस्य पहिचान विवरण (KYM) अध्यावधिक गर्नुपर्ने भएकोले उक्त सेवा जोखिम रहित सेवाको रुपमा रहेको छ । विगत आधा दशक देखि सि।टि एक्सप्रेस संग सहकार्य गरी काउन्टर मार्फत रेमिट्यान्स सेवा प्रदान गर्दै आईरहेकोमा काउन्टररहित रेमिटेन्स सेवाको लागि उक्त सुविधा मोबाइल बैंकिङ एपमा थपिएको हो । संस्थाको मोबाइल बैंकिङ सेवा प्रदायक हाम्रो टेक्नोलोजीले एम बैंक मार्फत ३ सय ५० भन्दा बढि संस्थाहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप