साकोस अभियानको डिजिटल मार्गचित्रको प्रस्थानविन्दु ‘साकोस कनेक्ट’
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
साकोस अभियानको डिजिटल मार्गचित्रको प्रस्थानविन्दु ‘साकोस कनेक्ट’

काठमाडौं । प्रदेश बचत तथा ऋण सहकारी संघ लि. सुदूर पश्चिमको आयोजनामा आज पहिलो भर्चुअल अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा मुलुकको साकोस अभियानको डिजिटल मार्गचित्रको प्रस्थानविन्दु साकोस कनेन्ट भएको धारणा राखिएको छ । 

“साकोस अभियानमा महामारीको प्रभाव र आगामी मार्गचित्र” विषयक अभौतिक अन्तरक्रियाका वक्ताहरुले साकोस अभियानको डिजिटाइजेसनको रोडम्यापको सुरुवात साकोस कनेक्ट बाट भएको र यसमा सुदूर प्रश्चिमका साकोसहरुलाई पनि सहभागिताको लागि आग्रह गर्नुभयो । कार्यक्रमका दौरान यसमा आबद्धताको विषयमा सहभागीहरुले राखेको जिज्ञासाको सम्बोधन समेत गरिएको थियो । सुदूर पश्चिममा ९ वटै जिल्लाका सहकारीकर्मीहरुको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा कोभिडको चुनौती र युवा पुस्ताको अपेक्षासम्बोधनका लागि पनि वित्तीय कारोबार गर्ने साकोसहरु प्रविधिमैत्री बन्नुपर्ने भन्दै नेफ्स्कूनको अगुवाईमा अब मुलुकभर यसको सञ्जालम आबद्धहरुलाई प्रविधियुक्त बनाइने बताइएको थियो ।

२०७७ असोज ५ गते प्रदेश सहकारी रजिष्ट्रार कार्यालय धनगढीमा औपचारिक दर्ता (दर्ता नं १) भएको संघको २०७७ पुस २१ मा सम्पन्न प्रारम्भिक साधारण सभाले नेफ्स्कूनका सञ्चालक सदस्य माधवप्रसाद जोशीको अध्यक्षतामा १५ सदस्यीय सञ्चालक समिति निर्वाचित गरेको थियो । संघका अध्यक्ष जोशीकै सभापतित्वमा आयोजित आजको कार्यक्रममा प्रमुख अतिथि नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले साकोस कनेक्ट हुँदै सदस्यहरुका सबै खाले वित्तीय जीवनलाई सम्बोधन गर्ने एकीकृत प्रणाली इन्टरप्राइज रिसोर्स प्लानिङको तयारी भैरहेको जानकारी गराउनुभयो । उद्यमशीलता र आधारशिलाका कार्यक्रमलाई पनि साकोस अभियानले सँगै अघि बढाउनुपर्नेतर्फ उहाँले सुदूरपश्चिमका साकोसहरुको ध्यानाकर्षण गराउनुभयो ।

नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सुदूर प्रदेश बचत संघसँग नेफ्स्कूनको साझेदारी सम्झौता भएकाले पनि प्रदेशभरका सञ्जालमा आबद्ध साकोसहरुप्रति नेफ्स्कून बढी जिम्मेवार हुने बताउनुभयो । उहाँले नेफ्स्कून र प्रदेश संघबीच पुलको काम यसका अध्यक्ष माधवप्रसाद जोशीले गर्नुभएको बताउँदै उहाँको अगुवाईमा प्रदेश भित्रका सबै साकोसहरुको संस्थागत विकास, सुशासन, स्तरीकरण कार्यक्रमा सहभागिता र प्रविधिकरणमा जोडिने विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै, नेफ्स्कूनकी उपाध्यक्ष शान्ति अधिकारीले महामारी र अन्य किसिमका विपद्हरुबाट संस्थालाई जोगाउँदै सबल र दिगो बनाउन पनि नेफ्स्कूनको स्तरीकरण कार्यक्रममा आबद्ध हुन आग्रह गर्नुभयो । उहाँले प्रविधिमा सञ्चालक, कर्मचारी र सदस्यहरुको पहुँच वृद्धिका लागि नेफ्स्कूनले आयोजना गर्ने कार्यक्रममा सहभागी हुन र प्रदेशमार्फत पनि वित्तीय साक्षरताका कार्यक्रमहरु सञ्चालन गर्न उहाँले आग्रह गर्नुभयो । प्रविधिमा पोख्त हुनुपर्ने आवश्यकतालाई उपाध्यक्ष अधिकारीले बिशेष जोड दिनुभयो ।

नेफ्स्कूनका महासचिव दामोदर अधिकारीले स्तरीकरण, स्थिरीकरणसँगै आधारशिला कार्यक्रमको महत्वमाथि प्रकाश पार्नुभयो । उहाँले स्थानीय सरकारसँग मिलेर ९ वटै जिल्लाका सबै पालिकाहरुमा आधारशिलाका कार्यक्रमहरुका लागि बजेट विनियोजन गरी कार्यक्रम सञ्चालनको वातावरण मिलाउन आग्रह गर्नुभयो । महासचिव अधिकारीले नेफ्स्कूनका कार्यक्रमहरु, मार्गनिर्देशन, तालिम, शिक्षा लगायत उत्पादन तथा सेवाहरुमा देखिने गरी अपनत्व महसूस गर्न प्रदेशका सबै साकोसकर्मीहरुलाई आग्रह गर्नुभयो । उहाँले अभिभावकले उठाएको कुरामा ऐक्यबद्धता भावको आवश्यकता औंल्याउँदै जनशक्ति अभाव पूरा गर्न नेफ्स्कूनले सुरु गरेको छोटो अवधिका प्रमाणीकरण कोर्षहरुमा पनि सहभागितासम्बन्धी सूचना र जानकारीहरु सम्प्रेषण गर्न प्रदेशभरका सहकारीकर्मीहरुसँग हार्दिक अनुरोध गर्दै नेफ्स्कून सधैं साथमा रहेकोमा आश्वस्त तुल्याउनुभयो ।

नेफ्स्कूनका कोषाध्यक्ष दिपक पनेरुले प्रदेश संघसँग साझेदारी सम्झौता भएकाले सम्बन्ध थप प्रगाढ भएको र त्यसलाई आगामी दिनमा घनिष्ठ बनाउँदै लगिने दाबी गर्नुभयो । यसैगरी, कार्यक्रमका सभापति एवम् प्रदेश बचत संघका अध्यक्ष माधवप्रसाद जोशीले छोटो तयारीमा मिठो कार्यक्रम भएको बताउनुभयो । उहाँले आगामी दिनमा नेफ्स्कूनसँगको सहकार्यमा थप भर्चुअल कार्यक्रमहरु आयोजना गरिने जानकारी गराउँदै सहभागीहरुप्रति आभार व्यक्त गर्नुभयो । 

प्रदेश बचत संघकी सचिव दिप्ती शाहीले सञ्चालन गर्नुभएको कार्यक्रममा नेफ्स्कूनका प्रशासन तथा समन्वय विभाग प्रमुख सञ्जयराज तिमिल्सिनाले प्रस्तुति गर्नुभएको थियो । आफ्नो प्रस्तुतिमा उहाँले महामारीका कारण सहकारीका सदस्य, कर्मचारी र संस्थामा प्रत्यक्ष प्रभाव परेको भन्दै यी तिनै चीजहरुको सुरक्षा र प्रवर्धनका लागि एकीकृत सुरक्षा योजना बनाउनु आवश्यक भएकोमा जोड दिनुभयो । यस्तै अबको दिशा भनेको प्रविधिकरण नै भएकोमा बिशेष जोड दिनुभयो । त्यसको सुरुवात साकोस कनेक्ट भएको भन्दै त्यसविषयमा थप प्रष्ट समेत पार्नुभयो ।

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२१ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२१ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

६ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२१ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२१ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप