कपिलवस्तुका साकोसहरुसँग नेफ्स्कूनको अन्तरक्रिया 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कपिलवस्तुका साकोसहरुसँग नेफ्स्कूनको अन्तरक्रिया 

रुपन्देही । नेफ्स्कून फिल्ड कार्यालय रुपन्देहीको आयोजना तथा जिल्ला बचत संघ कपिलबस्तुको समन्वयमा समसामयिक विषयमा आज अपरान्ह भर्चुअल अन्र्तक्रिया सम्पन्न भएको छ । जिल्ला बचत संघ कपिलबस्तुका अध्यक्ष एवंम फिल्ड कार्यालय रुपन्देहीका आमन्त्रित व्यवस्थापन उप समिति सदस्य गुणनिधि भुसालको अध्यक्षतामा सम्पन्न अन्तरक्रियामा नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, प्रदेश बचत संघ, जिल्ला बचत संघका संञ्चालकहरु, फिल्ड कार्यालय व्यवस्थापन उप समिति सदस्य, प्रारम्भिक साकोसका संञ्चालक तथा व्यवस्थापन गरी करीव ४३ जना भन्दा बढीको सहभागिता थियो ।

कार्यक्रमा नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष ढकालले कपिलबस्तु जिल्ला राजमार्ग छोएको, सम्भावनले भरीपूर्ण भएतापनि सहकारीको संस्थागत विकास र प्रर्वद्धनमा समय अनुसार गति लिन नसकेको कुरामा जानकार रहेको बताउदै नेफ्स्कूनले त्यस क्षेत्रका साकोसलाई सक्षम, क्रियाशील र व्यावसायिक बनाउन जिल्ला संघ संगको समधुर सहकार्यमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । बरिष्ठ उपाध्यक्ष ढकालले कपिलबस्तु र अर्घाखाँची जिल्ला उपयुक्त हुने ठाउँमा संघका उत्पादन तथा सेवाहरु उपभोग गर्ने सहज होस भन्ने उदेश्य सहित आवश्य सम्भाव्यता अध्यान गरी सेवा केन्द्र खोल्ने बारे समेत छलफल भई रहेको धारणा राख्नु भयो । 

कार्यक्रमको अध्यक्षता गर्नुभएका जिल्ला संघका अध्यक्ष भुसालले यो महत्वपूर्ण कार्यक्रम आयोजना गरी जिल्ला संघलाई समेत जोड्ने अवसर प्रदान गरेकोमा नेफ्स्कून परिवारलाई धन्यवाद व्यक्त गर्नु भयो । भुसालले भन्नुभयो, “सम्भावना भए पनि यहाँका सहकारी संस्थाहरु विपद तथा महामारीबाट सुरक्षीत रहनको लागि पूर्व तयारी  गर्ने कुरामा धेरै पछाडि छन् । अझ ग्रामीणस्तरका सहकारी बढी कमजोर छन जिल्ला संघ पनि विभिन्न चुनौतीका बाबजुत क्रियाशील राखेका छौ, महामारी जस्तो अवस्थामा साकोसहरुको सदस्यसंग भावनात्मक सम्बन्ध समेत हुनु पर्छ, हामी नेफ्स्कूनसँग सहकार्य गर्न इच्छुक छौ र संघलाई यस क्षत्रमा स्वागत गर्न पनि आतुर छौ सामुहिक प्रयास बाट मात्र सहकारीको विकास गर्न सम्भव छ ।”  वडा अध्यक्ष समेत रहनुभएका भुसालले संघ र वार्णगंगा नगरपालिकाकोसाझेदारीमा आधारशिला कार्यक्रम आगामी आर्थिक वर्षबाट संञ्चालन गर्ने गरी बजेट नियोजन सुनिश्चित हुने गरी पहल गरी रहेको र उक्त कार्यक्रमले सहकारी विकासमा सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

 नेफ्स्कून रुपन्देही फिल्ड कार्यालय व्यवस्थापन उप समिति सदस्य लक्ष्मण वेलवासे स्वागत गर्नु भएको कार्यक्रममा बजेटमा सहकारी क्षेत्र, सेवा निरन्तरता, ऋण जोखिमहरु, सम्पती सुद्धिकरण र सामाजिक सुरक्षा कोष सम्बन्धि महत्वपूर्ण विषयमा नेफ्स्कूनका कार्यक्रम अधिकृत मनोज खड्काले प्रस्तुतिकरण गर्नु भएको थियो । अन्तक्रियाका सहभागिहरुको जिज्ञासाहरु सम्बोधन फिल्ड कार्यालय इन्चार्ज छत्र धमला र कार्यक्रम अधिकृत मनोज खड्काले  गर्नुभएको थियो ।संञ्चालन फिल्ड इन्चार्ज छत्र धमालाले गर्नु भएको थियो । यस्तै कार्यक्रम पाल्पा जिल्लाका साकोसहरुबीच जेठ २८ गते पनि आयोजना गरिने सूचित गरिएको थियो । 
 
भर्खरै
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

३ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

३ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

९ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

११ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

११ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२० दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१८ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

पाठकबाट थप