नेपाल वित्तीय प्रतिवेदन मानसम्बन्धी ४ दिने भर्चुअल तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेपाल वित्तीय प्रतिवेदन मानसम्बन्धी ४ दिने भर्चुअल तालिम सम्पन्न

काठमाडौं । नेफ्स्कूनको आयोजनामा नेपाल वित्तीय प्रतिवेदन मानसम्बन्धी ४ दिने भर्चुअल तालिम आज सम्पन्न भएको छ । विभिन्न सहकारीका ५१ जनाको सहभागिता रहेको तालिमको सहजीकरण चार्टड अकाउन्टेन्ट बिदुर लुइँटेलले गर्नुभएको थियो । बार्षिक ५० करोड माथिको वित्तीय कारोबार गर्ने सहकारी संघ संस्थाहरुले पनि नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड (एनएफआरएस) जसलाई वित्तीय प्रतिवेदन मान नाम दिइएको छ, त्यस अनुसार वित्तीय विवरणहरुसहितको  प्रतिवेदन तयार गर्नुपर्ने अबको बाध्यकारी अवस्थाका बारेमा खासगरी ठूला सहकारीहरुलाई जानकारी गराउने उद्देश्यले नेफ्स्कून तालिम केन्द्रले अभौतिक तालिम आयोजना गरेको हो ।

नेपालमा आवश्यक लेखामानहरु तयार गर्ने जिम्मेवार निकाय नेपाल लेखामान बोर्डले  हो । वित्तीय तथा लेखाका विश्वव्यापी सर्वमान्य सिद्धान्तहरु र खासगरी आइएफआरएसको आधारमा बोर्डले एनएफआरएस तयार पारेको छ जुन अनुसार ठूला सहकारी संस्थाहरुले अब वित्तीय प्रतिवेदनहरु तयार गर्नुपर्ने हुन्छ । यससम्बन्धमा सहकारी ऐन र नियमावलीका कतिपय प्रावधानहरुमा संशोधन आवश्यक भएको ४ दिनको छलफलको निष्कर्ष रहेको थियो । आज समापनमा नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले तालिमको निष्कर्षसहितको प्रतिवेदनका आधारमा संघले कानुन संशोधनका लागि बहसपैरवी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले केन्द्रीय संघले नै लेखापरिक्षण गर्ने अन्तराष्ट्रिय अभ्यासहरुबारे पनि जानकारी गराउनुभएको थियो । तालिमका सिकाइलाई अभ्यासमा बदल्न आग्रह गर्दै अध्यक्ष पौड्यालले प्रविधिकरणको क्षेत्रमा संघमार्फत भैरहेका पछिल्ला प्रयासहरुबारे पनि संक्षिप्त जानकारी गराउनुभएको थियो ।

नेपाल वित्तीय प्रतिवेदन मानसम्बन्धी नवीन विषय र प्रावधानहरुका विषयमा आयोजित तालिमको अत्यधिक माग भएपनि अन्तरक्रियात्मक र सहभागितामुलक बनाउनुपर्ने आवश्यकताका कारण ५१ जनामा सीमित गरिएको भन्दै आगामी असार ९ गते देखि १२ सम्म अर्को तालिम राखिएको जानकारी गराइएको थियो ।

तालिम सञ्चालन नेफ्स्कूनका प्राचार्य गणेशप्रसाद तिमल्सिनाले गर्नुभएको थियो भने सञ्चालन सहजीकरण बरिष्ठ तालिम अधिकृत बल्लभ तिमल्सिनाले गर्नुभएको थियो । कार्यक्रममा नेफ्स्कून तालिम विभागका अधिकृतहरु सुमनराज घिमिरे, उमेश कोइराला, रबिन्द्र श्रेष्ठ र बरिष्ठ तालिम सहायक खिलनाथ लुँइटेलले समन्वय र सहयोग गर्नुभएको थियो ।
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१९ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप