उद्यमशिलता विकास तथा व्यवसाय प्रवर्द्धन सम्बन्धी ५ दिने भर्चुअल तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
उद्यमशिलता विकास तथा व्यवसाय प्रवर्द्धन सम्बन्धी ५ दिने भर्चुअल तालिम सम्पन्न

काठमाडौं । सहकारी क्षेत्र सुदृढीकरण तथा प्रणाली सुधार कार्यक्रम अन्तर्गत बचत तथा ऋण सहकारी संस्थाहरुका लागि नेफ्स्कूनको आयोजनामा सञ्चालित उद्यमशिलता विकास तथा व्यवसाय प्रवर्द्धन सम्बन्धी दोस्रो चरणको (जेठ २४ देखि २८ गतेसम्म) ५ दिने भर्चुअल तालिम आज सम्पन्न भएको छ । तालिम नेफ्स्कूनका सञ्चालक सदस्य एवम् उद्यमशिलता विकास उपसमिति संयोजक रिना आचार्यको संयोजकत्वमा सञ्चालन भएको थियो । ५ दिवसीय अभौतिक तालिमको सहजीकरण प्रशिक्षक अथवा कञ्चनजंघा पोलिटेक्निक इन्स्टिच्यूट नेपाल (केपिन) का अध्यक्ष निर्मल सिग्देलले गर्नुभएको थियो ।

तालिम समापनका क्रममा बोल्दै सञ्चालक सदस्य एवम् उद्यमशिलता विकास उपसमिति संयोजक रिना आचार्यले उद्यमशिलता विकास प्रशिक्षणको मुख्य उद्देश्य भनेकै सदस्यहरुलाई व्यावसायिक योजना बनाउन सक्षम बनाइ सफल उद्यमी बन्न प्रेरित गर्नु रहेको बताउनुभयो । 

संघमा आबद्ध संस्थाका प्रधिनिधिहरुलाई पूर्ण रुपमा व्यावसायिक योजना निर्माणमा सक्षम बनाउने र उहाँहरु मार्फत सदस्यहरुलाई व्यावसायिक योजना बनाउन सिकाउनु तालिमको लक्ष्य हो । उहाँले जोड्नुभयो, “हामीले दुई प्रकारको उद्यमी निर्माणलाई जोड दिएका छौं, एउटा उत्पादन केन्द्रीत उद्यमी र अर्कौ उत्पादित बस्तुलाई उपभोक्ता सम्म पुर्याउने अर्थात बजार श्रृंखला निर्माण गर्ने ।” 

भौतिक उपस्थितिको असहज परिवेशमा पनि अभौतिक माध्यमको प्रयोग गर्दै दुई चरणमा उद्यमशिलता विकासको तालिम सम्पन्न भएका छन् , यो प्रारम्भिक चरण मात्र हो, यसलाई परिणामुखी बनाउन थप तालिमहरुको आवश्यकता छ उहाँले भन्नुभयो ।  नेपाल सरकारले आगामी आर्थिक बर्षको बजेटमा पनि उद्यमशिलता विकासलाई प्रमुखता दिएको छ । स्थानीय सरकारसँग हातेमालो गर्दै सहकारी क्षेत्रबाट उद्यमशिलता विकास र प्रवर्द्धनका लागि पनि पर्याप्त काम गर्न सकिने आधार तयार भएको उहाँले दाबी गर्नुभयो । 

अन्तराष्ट्रिय श्रम संगठन आइएलओ, एसियाली ऋण महासंघ अकु र राष्ट्रिय युवा परिषद् सँगको सहकार्यमा पनि उद्यमशिलता विकासको क्षेत्रमा संघले नियमित सहजीकरणको काम गरिरहेको र राज्य व्यवस्था प्रणालीको तर्फबाट प्राप्त गर्नुपर्ने सहयोगमा पनि संघको पहलकदमी रहेको उहाँले बताउनुभयो । 

तालिममा प्रदेश नं. १, २ र वागमती प्रदेशका विभिन्न बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक, पदाधिकारी एवम् सञ्चालक गरी ५५ जना सहभागी हुनुहुन्थ्यो । 

५ दिने उक्त तालिममा सहकारी र व्यवसाय बीचको अन्योन्याश्रित सम्बन्ध, व्यावसायिक योजना निर्माण, समुहगत कार्य, बजार योजना, खरिद व्यवस्थापन लगायतका अभौतिक प्रयोगात्मक एवम् सैद्धान्तिक पक्षहरुमा विशेष जोड, अन्तरक्रिया, समुह कार्य मार्फत व्यवसायका लागि सम्भाव्यता पहिचान, विकल्पहरुको छनोट, उत्तम व्यवसाय छनौट लगायतका विविध विषयहरुलाई शुक्ष्म विश्लेषण गरिएको थियो । प्रत्येक दिन सहभागीहरुबाट कार्यक्रम संयोजक र प्रतिवेदन लेखक छनौट गरिएको थियो । दोस्रो दिनको तालिम सत्र शुरुभएसँगै प्रतिवेदकले अघिल्लो दिनको प्रतिवेदन र तालिम समिक्षा सँगै सोही दिनको प्रतिवेदन लेखनका लागि अर्को व्यक्तिलाई पद हस्तान्तर गरिन्थ्यो सँगै संयोजकको पनि अर्का सहभागीलाई संकजकत्वको जिम्मेवारी हस्तान्तरण गर्ने नियम तालिममा सृजना गरिएको थियो । स्थानीय स्रोतमा आधारित उद्यम विकासको आवधारण तथा महत्वहरुलाई बुझाउँदै सहभागीहरुबीचको अन्तरक्रियात्मक छलफललाई प्राथमिकता दिइएको थियो भने ५ दिनसम्मै सहभागीहरुबाट उठेका जिज्ञासालाई सहभागितात्मक संम्बोधन मार्फत प्रशिक्षक सिग्देलले समाधान गर्नुभएको थियो । तालिमको अन्तिम दिन तीनवटा समूहमा विभाजीत सहभागीहरुबाट सामूहिक रुपमा व्यावसायिक योजना निर्माण गरिएको थियो ।

निर्मल सिग्देल
उद्यमी/प्रशिक्षक एवम् 
अध्यक्ष, कञ्चनजंघा पोलिटेक्निक इन्स्टिच्यूट नेपाल (केपिन)

सहकारीको स्रोत अर्थात ऋणको सदुपयोग गरेर सदस्यहरुलाई र सहकारीलाई माथी उठाउनुहोस् । 
सहकारी मार्फत वा सहकारीका सदस्यले गरेको लगानी उद्यममा लगाउनुहोस् । सकारात्मक सोच, सकारात्मक कार्य र सकारात्मक बानी को विकास मार्फत उद्यम तथा व्यवसायमा सकारात्मक परिणाम ( दीगो उद्यम) हासिल गर्ने लक्ष्य लिनुहोस् । 

तालिम सहकारीकर्मीहरुलाई प्राविधिक रुपमा दक्ष र सफल बनाउने अभियान हो । शुरुमा कुनै एउटा व्यवसाय छान्नुहोस्, त्यसको मार्केट दर, बर्गिकरण, अध्ययन गर्नुहोस् । 

व्यवसाय छान्दा अरुको हेरेर नछान्नुहोस्, उद्यममा सफल बन्न कस्तो सक्षमता आवश्यक पर्छ, त्यसको ज्ञान पहिले लिनुहोस् ।  आफूले छानेको उद्यम व्यवसाय सम्बन्धी कानुनी व्यवस्थाहरु के छन्, त्यसको बारेमा पनि जानकार रहनुहोस् । 

व्यवसाय छनौट गर्दा मस्तिष्क मन्थन, अवलोकन, छलफल र अरुको सल्लाह अनुसार पनि जानकारी भएका व्यवसायहरुको सूचि तयार पार्न सकिन्छ । तयार भएका सूचिबाट प्रारम्भिक छनोटको आधारमा सम्भावित व्यवसाय छनोट गर्ने र अन्तिम छनौटमा परेका दुइ विकल्पमध्येबाट खुबी र कमजोरी विश्लेषण गरी एक व्यवसाय छनोट गरौं । 

आफ्नो व्यवसायको SWOT विश्लेषण गरौं । सर्वप्रथम व्यवसायमा 4Ps = 4Cs लाई ध्यान दिनुपर्छ । वस्तुः ग्राहकको आवश्यकता र चाहना के हो बुझ्नुपर्छ । मूल्य ः ग्राहकले तिर्न चाहेको मूल्य के हो ? स्थानः ग्राहकलाई सुविधा हुने स्थान कुन हुन सक्छ ? प्रवर्द्र्धन ः ग्राहक सम्म पुग्ने सञ्चार माध्यम के हुन ? यी पक्षमा ध्यान पुर्याऔं । 

बजार मिश्रण का 7Ps बस्तु, स्थान, मूल्य, प्रबर्द्धन, व्यक्ति, प्रक्रिया, भौतिक प्रमाण मा विशेष ख्याल गरौं । 

सफल व्यवसाय सञ्चालनका लागि हामीले छनोट गरेको व्यावसायिक योजना अन्तर्गत बजार योजना निर्माण गर्नुपर्छ । जसअन्तर्गत उत्पादन गर्ने वस्तु तथा सेवाको विवरण, व्यवसाय स्थान, उत्पादन योजना अन्तर्गत उत्पादन प्रक्रिया, स्थिर सम्पत्तिको विवरण, खर्चको योजना र वित्तिय योजना निर्माण गरेको हुनुपर्छ । बजारको माग, उपलब्ध स्रोत साधन र समुदायका व्यक्तिको चाहनालाई ध्यान दिएर व्यवसाय गर्नुहोस् यसले व्यवसाय विकासको सम्भावना पनि बढाउँछ र मागमा आधारित सिद्धान्त पूर्ण पालना हुन्छ । 

बस्तुुुको बजारीकरणमा ध्यान दिऔं ।

सर्वप्रथम व्यावसायिक योजना निर्माणका क्रममा प्रस्तावित व्यवसायको परिचय, छनोटको कारण, बजार योजना, लक्षित बजार क्षेत्र, उत्पादन वा विक्रि लक्ष्य, उत्पादन प्रक्रिया, स्थीर सम्पत्तिको विवरण, स्थिर सम्पत्तिको ह्रास कट्टी, खर्च योजना, प्रति इकाइ लागत, वित्तिय योजना, पूँजीको स्रोत, व्याज हिसाव, विक्रि मूल्य निर्धारण, बार्षिक नाफा नोक्सान हिसाव, लगानीको प्रतिफल, पारविन्दु (Break Even Point-BEP), लगानी उठ्ने समय लगायतका विषय शिर्षकमा केन्द्रीत रहेर सहभागीहरुले समूगत रुपमा व्यावसायिक योजना निर्माण गर्नुभएको थियो ।  

तालिम सञ्चालन तथा व्यवस्थापन सहजीकरण नेफ्स्कूनका बरिष्ठ कार्यक्रम अधिकृत नविनराज दाहाल, कार्यक्रम अधिकृत रिता सुवेदी र प्राविधिक सहयोग प्राविधिक कर्मचारी अनित चौधरीले गर्नुभएको थियो । 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

७ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

७ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

८ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

९ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

९ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१५ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१७ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३४ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

७ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२५ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२४ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३२ दिन अगाडि

पाठकबाट थप