स्थापना दिवसका अवसरमा बृद्धबृद्धाहरूलाई खाद्यान्न सहयोग गर्दै कञ्चनपुरको मेगा साकोस 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
स्थापना दिवसका अवसरमा बृद्धबृद्धाहरूलाई खाद्यान्न सहयोग गर्दै कञ्चनपुरको मेगा साकोस 

कञ्चनपुर । भिमदत्त नगरपालिका ४ स्थित मेगा बचत तथा ऋण सहकारी संस्था लि.आजबाट स्थापनाको ८औं बर्षमा प्रवेश गरेको छ । स्थापना दिवसको अबसर मा संस्थाले भिमदत्त नपा ५ मा रहेको महिला तथा बृद्ध सेवा केन्द्र (बृद्धाश्रम) मा खाद्यान्न सामग्री साथै बृद्धबृद्धाहरुका लागि जुत्ता वितरण गरेको छ । प्रत्येक बर्ष स्थापना दिवसको अवसरमा विभिन्न संघ संस्थाहरुलाई सक्दो सहयोग गर्दै आएको साकोसले यस बर्ष पनि सोही कार्यक्रमलाई निरन्तरता दिइएको साकोसका प्रमुख कार्यकारी अधिकृत सुनिल सेटीले जानकारी गराउनुभयो । 

समुदायप्रति चासोको सहकारी सिद्धान्त अनुसरण गर्दै विभिन्न समयमा सामाजिक उत्तरदायित्वका काममा पनि जोडिने गरेको प्रमुख कार्यकारी अधिकृत सेटीले विश्वास दिलाउनुभयो ।

सदस्यहरुबीचमा वित्तिय कारोबारसँगै सामाजिक क्षेत्रमा क्रियाशिल मेगा साकोस सहकारीहरुको भीडमा आफुलाई भिन्न पहिचान बनाउन सफल भएको छ । संस्थामा आबद्ध सदस्यहरुलाई सहज, सरल, छिटो वित्तिय सेवा प्रदान गर्न संस्था हरदम तयार रहेको प्रमुख कार्यकारी अधिकृत सेटीले बताउनुभयो । सदस्यहरुको आर्थिक सामाजिक एवम् सांस्कृतिक निर्णय, अन्तरसहकारी सम्बन्ध र समुदाय केन्द्रित गतिविधि मेगा सहकारीका मुल लक्ष्य रहेको संस्थाको दाबी छ । 

सदस्यहरुको माग एवम् चाहना बमोजिम वित्तिय तथा सामाजिक क्षेत्रमा अझ सदस्य केन्द्रित गतिविधि मार्फत संस्थाको समग्र कारोबार बृद्धि गर्दै उत्कृष्ट सहकारी संस्थाको पहिचान बनाउन मेगा साकोस लागिपरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत सेटी को भनाइ रहेको छ । 

संस्थामा हाल ९ हजार १ सय सदस्यहरु आबद्ध छन् । संस्थाको सेयर पूँजी करिब ३ करोड २५ लाख पुगेको छ । महेन्द्रनगर स्थित प्रधान कार्यालय र ५ वटा सदस्य सेवा केन्द्र मार्फत सेवा प्रवाह गर्दै आएको साकोसमा करिब ४८ जना कर्मचारी कार्यरत छन् । 

साकोसले कोभिड महामारीको दोस्रो लहर का समयमा महाकाली अञ्चल अस्पताललाई अक्सिजन सिलिण्डर खरिदका लागि भन्दै १ लाख ५० हजार आर्थिक सहयोग समेत उपलब्ध गराएको थियो । 

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

७ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप