साकोस अभियानको मानक निर्धारक स्तरीकरण कार्यक्रम र स्थिरीकरण कोष
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
साकोस अभियानको मानक निर्धारक स्तरीकरण कार्यक्रम र स्थिरीकरण कोष

काठमाडौं । नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले स्तरीकरण र स्थिरीकरण साकोस अभियानको मानक निर्धारक भएको बताउँदै यिनमा सहभागिता जनाउन सबै बचत ऋण सहकारीहरुलाई आग्रह गर्नुभएको छ । उहाँले साकोस अभियानको दिगोपना, विश्वसनीयता र छवि निर्माणका लागि यी दुबै पाङ्ग्रा उक्तिकै सशक्त हुनुपर्नेमा जोड दिनुभयो । अध्यक्ष पौड्यालले नेफ्स्कूनले सञ्चालन गरेका कुनै न कुनै स्तरीकरण कार्यक्रममा हरेक साकोसको सहभागिता र सहकारी ऐनले नै व्यवस्था गरेको बचत तथा ऋण सहकारीहरुको स्थिरीकरण कोषमा योगदानलाई उत्तिकै महत्वका साथ सबै साकोसहरुले बुझ्नुपर्ने बताउनुभयो ।

स्तरीकरणले सदस्यको बचतको सुरक्षाका बैज्ञानिक आधारहरु सुनिश्चित गर्छ भने काम गर्दा गर्दै आफ्नो वशभन्दा बाहिरको अवस्थाले कुनै खाले संकट आयो भने स्थिरीकरण कोषले त्यसको व्यवस्थापनका लागि सुरक्षा कवचको काम गर्ने विश्वास दिलाउँदै उहाँले अभियानको नैतिक दायित्वप्रति अखण्ड र अच्युत रहन सबैसँग आग्रह गर्नुभयो । नेफ्स्कूनको आयोजनामा आज सम्पन्न सहकारीमा कोष व्यवस्थापन र 5C विश्लेषणसम्बन्धी भर्चुअल कार्यक्रममा अध्यक्ष पौड्यालले उक्त धारणा राख्नुभएको हो ।

कार्यक्रममा नेफ्स्कूनकी उपाध्यक्ष शान्ति अधिकारीले पनि अब बार्षिक खाताबन्दीको नजिक आइपुगेको अवस्थामा स्थिरीकरण कोषमा रकम छुट्याउन सबैलाई आग्रह गर्नुभयो । स्थिरीकरण कोष अभियानको कोष भएको र यसको व्यवस्था कानुनमै भएकोले पनि विधिसम्मत् रकम विनियोजन गर्न उहाँले आग्रह गर्दै यो रकम अभियानकै जगेडा कोष भएकोले आफ्नै लागि जम्मा गर्नुपर्ने आवश्यकता बोध गराउनुभयो । उपाध्यक्ष अधिकारीले, नेफ्स्कूनले निरन्तर सञ्चालन गरिरहेका विभिन्न भर्चुअल तालिमहरुमा सक्रिय सहभागिता जनाउँदै क्षमता अभिवृद्धि तथा संस्थागत विकासका लागि यस्ता कार्यक्रमहरुलाई उपयोग गर्न पनि आग्रह गर्नुभयो ।

करिब ९ सयको सहभागिता रहेको आजको कार्यक्रम सञ्चालन नेफ्स्कूनका प्राचार्य गणेश तिमिल्सिनाले गर्नुभएको थियो भने कोष व्यवस्थापनका विषयमा नेफ्स्कूनका बरिष्ठ अधिकृत बल्लभ तिमल्सिना र 5C विश्लेषणका सम्बन्धमा तालिम अधिकृत सुमनराज घिमिरेले प्रस्तुतिसहित सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा उठेका जिज्ञासाहरुको पनि उहाँहरुले सम्बोधन गर्नुभएको थियो ।

सहजीकरणका क्रममा कोषको परिचय, महत्व, कोष विभाजनका तरिकाहरु, काुननी पक्षहरु, 5C को अर्थ, 5C विश्लेषणका उपसूचकहरु बिश्लेषण र स्कोरिङका तरिका र वैज्ञानिका आधारहरु, आदि विषयमा उदाहरणसहित सहजीकरण गरिएको थियो ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१७ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप