मनसुन र वर्षातका बेला अपनाउनुपर्ने सतर्कता र सुरक्षाका उपायहरु
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
मनसुन र वर्षातका बेला अपनाउनुपर्ने सतर्कता र सुरक्षाका उपायहरु

(काठमान्डौं । यस वर्षको मनसुन सक्रिय भएसँगै देशका प्रायः ठाउँहरुमा वर्षा भइरहेको छ। अविरल वर्षापछि आएको बाढी तथा खसेको पहिरोले धनजनको क्षति सुरु गरेको छ। यसैपनि यो पटक बढी पानी पर्ने जल तथा मौसमविद्हरुले बताइसकेका छन् । सोही कारण हामी सबैले बाढी पहिरोबाट आफुलाई सुरक्षित राख्न विभिन्न उपायहरु अपनाउनुपर्नेछ । अझै भारी वर्षा जारी रहने भएकाले बाढी, डुबान तथा पहिरोको जोखिममा रहेकाहरूले विशेष सतर्कता अपनाउनुपर्ने हुन्छ। यस विषयमा गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रले जारी गरेको सूचना अनुसार यस्ता छन्, मनसुन र वर्षातका बेला अपनाउनुपर्ने सतर्कता र सुरक्षाका उपायः)

  •  देशैभरि मनसुन सक्रिय रहेकाले बाढी, डुबान र पहिरोको जोखिमयुक्त स्थानमा सावधानी अपनाऔं ।
  • उच्च जोखिममा रहेका बस्तीहरू पहिचान गरी सुरक्षित स्थानमा स्थानान्तरण गरौं ।
  • आपतकालीन आत्यावश्यक सामग्री जस्तैः खानेकुरा, कपडा, औषधि, पानी आदिको जोहो गरी सुरक्षित स्थानमा राखौं ।
  • बालबालिका, महिला, ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिऔं ।
  • मौसम पूर्वानुमान तथा नजिकका नदी, नालामा पानीको बहावको सूचना लिई आवश्यक सतर्कता अपनाऔं । नदीको सतह बढेमा तल्लो तटीय क्षेत्रमा सूचना प्रवाह गरौं ।
  • बाढी आएका बेला नदीनालामा माछा मार्ने, पौडी खेल्ने, काठ दाउरा संकलन गर्ने र गाइवस्तुत चराउनेजस्ता कार्यहरू उच्च जोखिममा रहने हुँदा त्यस्ता कार्यहरू नगरौं र नगराऔं ।
  • सरोकारवाला निकायहरूको अत्यावश्यक सामग्री, आवश्यक जनशक्ति र उच्च सतर्कतासहित तयार भई प्रतिकार्यमा जुटौं ।
  • मौसम पूर्वानुमान, सम्भाव्य जोखिम तथा सुरक्षाका उपायहरूबारे सरोकारवालाहरू सबैले जोखिममा रहेका परिवारहरू तथा बस्तीहरूलाई समयमै सुसूचीत गरौं ।
  • होचो भूभागमा आवातजावत गर्न हुन्न । 
  • गाउँ र वस्तीमा बाढी आयो भने उचो भूभागमा जानुपर्छ । 
  • समूहमा बस्नुपर्छ ।
  • उचो भूभागमा जाने ठाउँ छैन भने आफ्नो घरको पहिलो, दोस्रो तल्ला वा छतमा बस्न सकिन्छ । छतमा पनि बस्न सक्ने अवस्था भएन भने बाहिरबाट गएका उद्धार टोलीलाई आफ्नो समस्या भन्नुपर्छ ।
  • जल तथा मौसम पुर्वानुमान विभागले २४ सै घण्टा मौसमी गतिविधि अपडेट गरिरहेको छ । संम्भव भएसम्म त्यो सूचना नियमित लिनुपर्छ । 
  • संचारमाध्यमबाट आएको सूचनालाई आधार बनाएर सतर्क हुनपर्छ । 
  • सूचना अनुसार सुरक्षित ठाउँको पहिचान पहिले नै गर्ने र बाढी आइहाले त्यो ठाउँमा जानुपर्छ ।
  • ठूलो पानी परेपछि जमिन कमजोर हुने भएकाले भिरालो जमिनमा बस्दा उच्च सतर्कता अपनाउनुपर्छ । 
  • पहिले पहिरो गएका ठाउँमा फेरि पनि पहिरो जाने संभावना धेरै हुने भएकाले त्यस्ता ठाउँको पहिचान गर्नुपर्छ । 
  • आवातजावत कम गर्नुपर्छ । 
  • घर भत्किएर जनधनको क्षती हुने भएकाले घर बाहिर निस्किएर बस्नुपर्छ । 
  • ठूलो पानी परिरहे जोखिम युक्त क्षेत्र नजिक भए नसुती चनाखो भै बस्नुपर्छ  ।
  • झरी पर्न थालेपछि कुन खोलामा कहिले बाढी आउँछ भन्ने बाढी पूर्वानुमान शाखाले अनुमान गर्छ र त्यहि अनुसार सतर्क रहन सम्बन्धित जिल्लाका नागरिकलाई अपिल गर्छ । तर पहिरो कतिबेला आउँछ भन्ने पहिले नै थाहा हुँदैन । तर पहिरोबाट पनि जोगिने उपाय भने छन् । यति गर्नाले केही हदसम्म भएपनि ज्यान जोगाउन सकिन्छ । विपतको बेलामा समूहमा बस्दा एकअर्कालाई सहयोग गर्न सजिलो हुन्छ । यस्तै सम्भव भएसम्म सञ्चार माध्यम र सूचना प्रवाह गर्ने निकायसँग नियमित सम्पर्कमा बसौं । यसले उद्धार तथा राहत वितरणमा सहज हुन्छ ।
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१३ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२३ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

पाठकबाट थप