कोभिड असर सिर्जित प्राविधिक समस्या सम्बोधनका लागि नेफ्स्कून गृहकार्यमा
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कोभिड असर सिर्जित प्राविधिक समस्या सम्बोधनका लागि नेफ्स्कून गृहकार्यमा

 गुल्मी । नेफ्स्कून फिल्ड कार्यालय रुपन्देहीको आयोजना तथा जिल्ला बचत संघ लि. गुल्मीको समन्वयमा समसामयिक विषयमा भर्चुअल अन्र्तक्रिया आज अपरान्ह सम्पन्न भएको छ । जिल्ला बचत संघ गुल्मीका अध्यक्ष एवंम फिल्ड कार्यालय रुपन्देहीका आमन्त्रीत व्यवस्थापन उप समिति सदस्य श्याम कुमार पाण्डेको अध्यक्षतामा सम्पन्न अन्तरक्रियामा संघका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, लुम्बिनी प्रदेश बचत संघका अध्यक्ष कृष्ण नेपाल एव संञ्चालकहरु, जिल्ला संघ, जिल्ला बचत संघका संञ्चालकहरु, फिल्ड कार्यालय व्यवस्थापन उप समिति सदस्य लगायत प्रारम्भिक साकोसका संञ्चालक गरी करिब ५८ जना भन्दा बढीको सहभागिता थियो ।

कार्यक्रमा संघका बरिष्ठ उपाध्यक्ष ढकालले नेफ्स्कून ग्रामीण क्षेत्रका प्रारम्भिक संघ संस्थाहरुका समस्याहरुका सम्बन्धमा जानकार रहेको धारणा राख्नुभयो । कोभिड दोस्रो लहरले सृजना गरेका प्राविधिक समस्याहरुलाई कसरी व्यवस्थापन गर्ने सकिन्छ भन्ने विषयमा संघले आवश्यक गृहकार्य गरी रहेको धारणा उहाँले राख्नुभयो । नेफ्स्कूनका प्रबक्तासमेत रहनुभएका ढकालले सहकारी अभियानले राज्य संघ पैरबी गरिरहेको, कर लगायतका मुद्दाहरु गत आ.व को बजेट र यस आ.व.को बजेट बाट केही सम्बोधन भए पनि सबै सम्बोधन हुन नसेकेकोमा संघ जानकार रहेको र संघ निरन्तर पैरवीमा रहेको भन्दै ढकालले संघको अहिलेको मुख्य माग सहकारी ऐन कार्यान्वयन र साकोस अभियानको लागि साकोस ऐन नै भएकाले साकोस ऐन प्राप्त भए वित्तीय सहकारीको धेरै समस्या समाधान हुने धारणा राख्नुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष नेपालले ग्रामीण क्षेत्रमा रहेका सहकारीहरुको प्रर्वद्धन र विकासको लागि संघले अघि सारको आधारशिला कार्याक्रम सहयोगी हुने भएकाले जिल्ला संघले पालिकाहरुमा समन्वय गर्नुपर्ने धारणा राख्नुभयो । अर्के प्रसंगमा नेपालले स्थिरिकरण कोष नेफ्स्कूनमा रहने कानुनी व्यवस्था भएको तर त्यो आवद्ध सबै संस्थाहरुको कोष भएकाले कुनै आशंका नगरी सहभागिता जनाउन अपिल गर्नुभयो ।

कार्यक्रमका सभा अध्यक्ष पाण्डेले असाध्यै राम्रो, समय सान्दभिक प्रस्तुति सहित कार्यक्रम आयोजना गरेको नेफ्स्कून प्रति आभार प्रकट गर्नुभयो । गुल्मीका साकोसहरुलाई नेफ्स्कूनका सेवा तथा व्यवसायको पहँुचमा जोड्न संघले सहकार्य मूलक भुमिका खेल्ने धारणा राख्नुभयो ।  साथै राज्यको प्राथकितामा सहकारी क्षेत्र नपरेको भन्दै अग्रभागमा रही ज्यान जोखिममा हालेर काम गर्ने सहकारीकर्मीहरुका लागि खोपको व्यवस्थापन गर्न जिल्ला संघ, प्रदेश संघ र नेफ्स्कूनले पहल गर्नु पर्ने धारणा राख्नु भयो साथै कोभिडका कारण स्वर्गारोहण भएका सहकारी अभियान उच्च योगदान गर्ने व्यक्तिहरुलाई बिर्सन नहुने र उहाँहरुको सम्मान स्वरुप केही कार्य गर्नु पर्ने धारणा राख्नु भयो ।

कार्यक्रममा बजेटमा सहकारी क्षेत्र, सेवा निरन्तरता, ऋण विश्लेषण, वर्गीकरण, सम्पत्ति शुद्धीकरण र सामाजिक सुरक्षा कोष सम्बन्धि महत्वपूर्ण विषयमा संघका कार्यक्रम अधिकृत मनोज खड्काले प्रस्तुतिकरण गर्नुभएको थियो । अन्तक्रियाका सहभागीहरु जिज्ञासाहरु सम्बोधन फिल्ड कार्यालय इन्चार्ज छत्र धमाला र कार्यक्रम अधिकृत मनोज खड्काले सम्बोधन गर्नु भएको थियो । उक्त अन्तरक्रियामा फिल्ड कार्यालय व्यवस्थपन उप समिति सदस्य महेश्वर श्रेष्ठले स्वागत गर्नु भएको अन्तरक्रियाको सञ्चालन नेफ्स्कून रुपन्देही फिल्ड कार्यालय इन्चाज छत्र धमालाले गर्नुभएको थियो । 
 
भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१६ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप