मेलम्चीको बाढीले साकोस व्यवस्थापकको ४ तल्ले घर डुबाउँदा
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
मेलम्चीको बाढीले साकोस व्यवस्थापकको ४ तल्ले घर डुबाउँदा

प्रेमकृष्ण श्रेष्ठ
व्यवस्थापक, सरोकार बचत तथा ऋण सहकारी संस्था लि.
मेलम्ची नगरपालिका–११

म करिब डेढ वर्षअघि देखि सरोकार बचत तथा ऋण सहकारी संस्था मेलम्ची नगरपालिका ११ मा व्यवस्थापकको रुपमा कार्यरत छु । सिन्धुपाल्चोकमा बाढीको कहर नियमित आकस्मिकता नै हो । यस वर्षपनि मनसुनको पहिलो धक्का सिन्धुपाल्चोकले बेहारेरेको छ । आज पनि पानी परिरहेको छ ।

यही असार १ गतेको कुरा हो । बिहानदेखिको बेतोड पानीले दिउँसो कार्यालयमा काम सकिएर घर फर्केपछि देखिनै वर्षाले बारम्बार साउती मारिरह्यो । परिवारमा मात्र होइन नगरबासीहरुको मुटु जोडले काप्यो । घर र कार्यालयबीचको दुरी लामो छैन । निरन्तरको पानीले सुत्न सकिएन । घरसम्मै बाढी आइपुग्दा २ गते बिहानको ४ बजेको थियो । माथिल्लो वेल्टका साथीभाइहरुले खबर गरेपछि बाढीको सामाना कसरी गर्ने भनेर हतारमा योजना बुन्न थाल्यौं । मेरो परिवारमा ५ जना सदस्य छौं । ७४ वर्षीय वृद्ध बुबा, १४ र ७ वर्षीय छोराहरु, पत्नी र ४४ वर्ष टेकेको म ।

प्रकृतिको बलात् आक्रमणले ४ तल्लाको घर ३ तल्ला पुरै डुब्यो । बालुवा, लेदो, फोहोर आदि मिसिएको बाढीले घर पुरिएको हो । तल्लो तल्लाहरु सहित केही सटरपनि भाडामा लगाएको थिएँ । उहाँहरुको पनि सबै भौतिक क्षति भयो, मेरो पनि धेरै सामानहरु क्षति भएको छ । अब त्यो घरलाई कसरी पुनर्जिवन दिने भन्ने सोचमा छु । तीन ढलान पुरै पुरिएको छ । महाभुकम्प पछि मात्र बनाएको घर थियो । बस्न सक्ने स्थिति नभएपछि माथिल्लो स्थानमा रहेको अर्को घरमा सपरिवार बसेका छौं । धन्न मानवीय क्षति भने हुन पाएन । वृद्ध बुबा र नाबालक छोराहरु सकुशल छन् । 

खानबस्नकै समस्या नभएपनि बाढी प्रभावित घरको अवस्थाले चिन्तित छु । घर अब बस्न हुने नहुने केही थाहा छैन । सम्भवतः त्यसमा बस्न सकिने अवस्था नहुन सक्छ । मभन्दा कैयौं गुना दुःख र दुई छाक खाननै समस्यामा पर्नुभएका परिवारहरु धेरै हुनुहन्छ । साकोसकै एक जना बजार प्रतिनिधिको पनि घर धेरै कटान गरेको छ । अहिले बस्न सक्ने अवस्था नभएर उहाँहरु धेरै टाढा पुरानो घरमा ओत लाग्दै आउनुभएको छ । हाम्रो संस्थाका थुप्रै सदस्यहरु बाढी प्रभावित हुनुभएको छ । संस्थाकै सदस्यहरुको मानवीय क्षतिको कुरा भन्ने सुन्नमा आएको छैन । सदस्यहरुलाई परेको भौतिक क्षतिको त हामी अहिले लेखाजोखा राख्ने स्थितिमा पनि छैनौं । सबै कुराहरु तङ्ग्रिन समय लाग्छ । भाडामा बस्दै आएको संस्थामा करिब ७ सय सदस्य हुनुहुन्छ । संस्थामा भने बाढीले असर गरेको छैन । लकडाउनदेखि बन्द भएको संस्था बाढीले गर्दा पनि खोल्न सकिएन । असार १४ बाट भने नियमित काममा फर्किएका छौं ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२३ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप