हरिचन्द्र प्रजापती
युवा उद्यमी
जोजोलपा सेरामिक उद्योग, भक्तपुर
कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको निषेधाज्ञाका कारण उद्योगधन्दा सञ्चालनमा कठिनाइ भएको छ । भक्तुपरस्थित सहयोगी बचत तथा ऋण सहकारी संस्थाका युवा सदस्य हरिचन्द्र प्रजापति भन्नुहुन्छ, “पहिलो बर्षको कोरोना माहामारीबाट थलिएको मेरो उद्योग सामान्य अवस्थामा फर्कन नपाउँदै दोस्रो माहामारीको चपेटामा परेको छ ।”
बच्चा बेलादेखि बाबु बाजेको कामको सिको गर्दै उद्यमी बन्नुभएका युवा उद्यमी हरिचन्द प्रजापतीले भक्तपुरस्थित आफ्नै घरमा जोजोलपा सेरामिक उद्योग सञ्चालनमा ल्याउनुभएको आज १२ बर्ष पुगेको छ । शुरुमा सहकारीबाट लिएको ससानो ऋण लगानीबाट उद्योगको शुरुवात गर्नुभएको थियो । उद्योगमा लगानी बढाएसँगै ५० लाखको पुँजी पुगेको छ भने बैंकको ऋण पनि उत्तिकै मात्रामा थपिएको छ ।
जोखिम मोलेरै भएपनि व्यवसाय बिस्तारलाई महत्व दिनुभएका युवा उद्यमी प्रजापतीलाई विश्वव्यापी कोरोना महामारी उद्योग सञ्चालनमा ठूलै कहर बनेर आएको छ ।
उद्योग व्यवसाय भन्ने वित्तिकै धेरै जनालाई ठूलो लगानी, विशिष्टिकृत ज्ञार र जोखिम मोल्न सक्ने क्षमता आवश्यक पर्छ भन्ने लाग्छ नै । पछिल्लो समय युवा जमात धेरैमा केही उद्योग व्यवसाय गर्नुपर्ला भन्ने सहज मौखिक अभिव्यक्ति र सहज आंकलन गरेको सुन्ने पनि गरिन्छ । तर उद्योग अर्थात उद्यम भन्ने कुरा भनेजति सहज र सरल पनि छैन । तर भक्तपुर निवासी युवा उद्यमी हरिचन्द्र प्रजापतिले भने बाबु बाजेको पुर्ख्यौली व्यवसायलाई नै उद्योगमा रुपान्तरण गरेको देख्दा लाग्छ, युवा मा नयाँ कार्यशैली, सीप र जाँगर छ नै । हरिचन्द्र १४ बर्षको उमेरदेखि आफ्ना बुबा हरिबहादुर प्रजापतीले गर्दै आएनुभएको सेरामिकका सामग्री निर्माण गर्ने र स्थानीय बजारमा विक्रि वितरण गर्ने काममा बुबालाई सघाउनुभयो । स्थानीय आवश्यकता र मागको संख्या दिनानुदिन बढ्दै गरेको र आफ्नो उमेर पनि पाक्दै गएसँगै सोही व्यवसाय निरन्तरता सँगै विस्तार गर्ने योजना बनाउँदै जानुभयो । उहाँले २८ बर्षको उमेरमा पारिवारिक व्यवसायलाई उद्योगमा विस्तार गर्ने सोच सहित २०६६ सालमा भक्तपुर घरेलु उद्योगबाट जोजोलपा सेरामिक उद्योग दर्ता गराउनुभयो ।
उहाँको बुबा ६३ बर्षको हुनुहुन्छ । हिजो घर चलाउने, बच्चाबच्ची पाल्ने पढाउने वेलामा उहाँको यही पेशा बरदान सावित भयो । आज पनि उहाँ उत्तिकै क्रियाशिल र जुझारु युवा जस्तै जोसका साथ काम गर्नुहुन्छ । तर फरक यत्ति मात्र हो कि अहिले उद्योगको मालिक छोरा बनेको छ । उहाँलाई छोराले पुर्ख्यौली पेशा अंगालेको र उद्योगकै रुपमा विस्तार गरेको देख्दा औधि खुशी लाग्छ । त्यतिमात्र होइन परिवारका अन्य सदस्यह