कोभिड संकटको मारमा उद्यमी : सहुलियत कर्जाको माग
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कोभिड संकटको मारमा उद्यमी : सहुलियत कर्जाको माग

हरिचन्द्र प्रजापती 
युवा उद्यमी
जोजोलपा सेरामिक उद्योग, भक्तपुर

कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको निषेधाज्ञाका कारण उद्योगधन्दा सञ्चालनमा कठिनाइ भएको छ । भक्तुपरस्थित सहयोगी बचत तथा ऋण सहकारी संस्थाका युवा सदस्य हरिचन्द्र प्रजापति भन्नुहुन्छ, “पहिलो बर्षको कोरोना माहामारीबाट थलिएको मेरो उद्योग सामान्य अवस्थामा फर्कन नपाउँदै दोस्रो माहामारीको चपेटामा परेको छ ।” 

बच्चा बेलादेखि बाबु बाजेको कामको सिको गर्दै उद्यमी बन्नुभएका युवा उद्यमी हरिचन्द प्रजापतीले भक्तपुरस्थित आफ्नै घरमा जोजोलपा सेरामिक उद्योग सञ्चालनमा ल्याउनुभएको आज १२ बर्ष पुगेको छ । शुरुमा सहकारीबाट लिएको ससानो ऋण लगानीबाट उद्योगको शुरुवात गर्नुभएको थियो । उद्योगमा लगानी बढाएसँगै ५० लाखको पुँजी पुगेको छ भने बैंकको ऋण पनि उत्तिकै मात्रामा थपिएको छ । 

जोखिम मोलेरै भएपनि व्यवसाय बिस्तारलाई महत्व दिनुभएका युवा उद्यमी प्रजापतीलाई विश्वव्यापी कोरोना महामारी उद्योग सञ्चालनमा ठूलै कहर बनेर आएको छ । 

उद्योग व्यवसाय भन्ने वित्तिकै धेरै जनालाई ठूलो लगानी, विशिष्टिकृत ज्ञार र जोखिम मोल्न सक्ने क्षमता आवश्यक पर्छ भन्ने लाग्छ नै । पछिल्लो समय युवा जमात धेरैमा केही उद्योग व्यवसाय गर्नुपर्ला भन्ने सहज मौखिक अभिव्यक्ति र सहज आंकलन गरेको सुन्ने पनि गरिन्छ । तर उद्योग अर्थात उद्यम भन्ने कुरा भनेजति सहज र सरल पनि छैन । तर भक्तपुर निवासी युवा उद्यमी हरिचन्द्र प्रजापतिले भने बाबु बाजेको पुर्ख्यौली व्यवसायलाई नै उद्योगमा रुपान्तरण गरेको देख्दा लाग्छ, युवा मा नयाँ कार्यशैली, सीप र जाँगर छ नै । हरिचन्द्र १४ बर्षको उमेरदेखि आफ्ना बुबा हरिबहादुर प्रजापतीले गर्दै आएनुभएको सेरामिकका सामग्री निर्माण गर्ने र स्थानीय बजारमा विक्रि वितरण गर्ने काममा बुबालाई सघाउनुभयो । स्थानीय आवश्यकता र मागको संख्या दिनानुदिन बढ्दै गरेको र आफ्नो उमेर पनि पाक्दै गएसँगै सोही व्यवसाय निरन्तरता सँगै विस्तार गर्ने योजना बनाउँदै जानुभयो । उहाँले २८ बर्षको उमेरमा पारिवारिक व्यवसायलाई उद्योगमा विस्तार गर्ने सोच सहित २०६६ सालमा भक्तपुर घरेलु उद्योगबाट जोजोलपा सेरामिक उद्योग दर्ता गराउनुभयो । 

उहाँको बुबा ६३ बर्षको हुनुहुन्छ । हिजो घर चलाउने, बच्चाबच्ची पाल्ने पढाउने वेलामा उहाँको यही पेशा बरदान सावित भयो । आज पनि उहाँ उत्तिकै क्रियाशिल र जुझारु युवा जस्तै जोसका साथ काम गर्नुहुन्छ । तर फरक यत्ति मात्र हो कि अहिले उद्योगको मालिक छोरा बनेको छ । उहाँलाई छोराले पुर्ख्यौली पेशा अंगालेको र उद्योगकै रुपमा विस्तार गरेको देख्दा औधि खुशी लाग्छ । त्यतिमात्र होइन परिवारका अन्य सदस्यहरु पनि एकाघर एक व्यवसायमा लाग्दा रमाइलो भएको र काम पनि प्रभावकारी भएको उहाँ बताउनुहुन्छ । आमा कृष्णनानी प्रजापती पनि छोराले ठूलो काम थालनी गरेको र सबै छोरा बुहारी एउटै काम मिलेर गरेको देख्दा रमाइलो मान्नुहुन्छ । 

२०६६ सालमा युवा उद्यमी प्रजापतिले उद्योग दर्ता गर्नुभयो । यसै समयमा भक्तपुर स्थित सहयोगी बचत तथा ऋण सहकारी संस्थाले युवा स्वरोजगार कोषद्वारा प्रबद्र्धित रकमबाट रु. २ लाख सहयोग गर्यो । शुरुवाती अवस्थामा सहकारीबाट प्राप्त भएको रकमले उद्योग विस्तार गर्न सहयोग पुगेको उद्यमी हरिचन्द्र बताउनुहुन्छ । उद्योग विस्तार भएसँगै लगानी पनि बढेको छ । सामग्री निर्माणका लागि कच्चा पदार्थ   (सेरामिक माटो), ठूलो भोल्टेजको विद्युत लाइन, सेरामिक माटो पकाउने चुल्हो, मेसिनहरु, विभिन्न आकार र साइजका फ्रेमहरुका लागि लागनी ठूलो छ । अहिले उद्योगमा करिब ५० लाखको लगानी छ । भक्तपुर स्थित स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थाबाट १४.५ प्रतिशत व्याजमा ३० लाख ऋण छ । उहाँ भन्नुहुन्छ, “ऋणको किस्ता र व्याज नियमित बुझाएको छु तर व्याज महङ्गो हुँदा निकै गाह्रो परेको छ ।” सहकारीबाट उद्योग सञ्चालनका लागि सस्तो व्याजदरमा ऋण पाउन सके केही माथि उठ्न सकिन्थ्योकी भन्ने लाग्छ, अहिले उद्योगबाट कमाएर ऋणको किस्ता व्याज बुभाmउन मात्रै ठिक्क हुने गरेको छ । परिवारै यही व्यवसायमा छौं, यसैबाट राम्रो गर्नुपर्ने बाध्यता छ । सपरिवारको आशा भरोसा नै यही उद्योग हो । उहाँ भन्नुहुन्छ, “घरको ८ जना यसै व्यवसायमा दिनभर खट्छौं भने बाहिरबाट  पनि ८/१० जना कामदार राखेका छौं ।  तर के गर्नु पटक पटकको कोरोना महामारी र सरकारले जारी गर्ने लकडाउनबाट आर्थिक भार थपिएको थपियै छ ।”  

उहाँले भन्नुभयो, “कोभिडको बेला करिब १ बर्ष जस्तै उद्योग सञ्चालनमा निकै समस्या भोग्नुपर्यो । नयाँ सामग्रीहरु बनाउन सकिएन । अर्डरको सामान पनि त्यतिकै रह्यो नयाँ अर्डर आउने त कुरै भएन । ऋणको व्याज र किस्ता बुझाउनै समस्या भयो ।” यसपालीको महामारीले त झनै चौपट बनायो । पुरै दुई महिना थुनिएरै बस्नुपर्यो । सामानको अर्डर शून्य भयो । अझै पनि निकै डर छ । आवत जावत सहज नभएसम्म मानिसहरु व्यापार व्यवसायका लागि डराएकै छन् । सामान स्टक मा छ तर कहिले कट्ने हो, पत्तो छैन । 

लकडाउनका समयमा उद्योगबाट गमलाको विक्रि भने राम्रो रह्यो । उहाँले भन्नुभयो, “कोरोना माहामारीले गर्दा मानिसहरुले फुर्सदको समयमा घरसजावटका लागि फुल अर्थात अक्सिजन दिने इनडोर प्लान्टहरु रोपेकाले गमलाको माग बढ्यो । टाढाको भन्दा पनि नजिककै ग्राहकहरुमा गमला धेरै कट्यो ।”

कोरोना माहामारि भित्र्नुभन्दा पहिले राष्ट्रिय तथा अन्तराष्ट्रिय माग बढ्दो थियो । काठमाडौंको कुपण्डोल, लाजिम्पाट मा रहेको ढुकुटी मार्फत पनि सामानको अर्डर आउँथ्यो । प्राय गरेर नेपालका मुख्य मुख्य शहरहरु र अन्तर्राष्ट्रिय स्तरमा जर्मन, स्वीजरल्याण्ड बाट माग आइरहेको थियो । तर पहिलो लकडाउनबाटै थलिएका हामी यो दोस्रो चरणको लकडाउन पछि कसरी उठ्ने हो भन्ने पत्तो छैन । उहाँ भन्नुहुन्छ, “महामारीका कारण उद्योग क्षेत्रमा परेको प्रभावलाई सरकारले हेरेर केही राहत दिएपनि बाँचिन्थ्यो की भन्ने लाग्छ । तर खै कस्ले सुन्ला र हाम्रो दुख ।” 

उद्योगमा माग बमोजिम सेरामिकका सबै प्रकारका सामग्रीहरु तयार हुन्छन् । विशेष गरी तन्दुरी घ्याम्पो, गमला, सेन्ट पट, धुपदानी, विभिन्न प्रकारका मुर्तिहरु, घर सजावटमा प्रयोग हुने कछुवा, खरायो, परेवा, हाँस लगायतका जीवजन्तु र पंक्षिहरु बनाएर स्टक राखिएको छ, उहाँ भन्नुहुन्छ कुनै दिन सहज भयो भने माग आउला भन्ने विश्वास छ । 

हुनत भक्तपुरमा सेरामिक उद्योगहरु अरु पनि छन् । तर व्यावसायिक हिसावले राष्ट्रिय अन्तर्राष्ट्रिय माग धान्न सक्ने व्यवस्थित उद्योग भने जोजोलपा सेरामिक उद्योग मात्रै हो । पछिल्लो समय माग बढेसँगै उद्योगमा लगानी पनि विस्तार भएको छ, तर उद्योग सञ्चालनका लागि कुनै पनि बैंक वित्तीय संस्थाबाट सहुलियतपूर्ण कर्जा नपाउँदा समस्या भएको उद्योगी प्रजापति बताउनुहुन्छ । 

केही बर्ष पहिला अर्का उद्यमी राजकाजी प्रजापतिले पनि सहयोगी बचत तथा ऋण सहकारी संस्थाबाट ३ जनाको समूह मार्फत ३ लाख ऋण लिएर सेरामिक उद्योग सञ्चालन गर्नुभएको थियो । ३० बर्षे युवा राजकाजी प्रजापती साथीहरुको सहयोगमा करिब ३/४ बर्ष उद्योग सञ्चालन गर्नुभयो । सहकारीबाट लिएको किस्ता, व्याज पनि सबै चुक्ता गर्नुभयो । अहिले उहाँ पनि व्यवसाय विस्तारको योजना सहित सहुलियतपूर्ण कर्जाको खोजिमा हुनुहुन्छ ।

भर्खरै
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१९ घण्टा अगाडि

बारा स्थित सिमरा महिला साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन
बारा स्थित सिमरा महिला साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन

१९ घण्टा अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

१ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

२ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न
श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

लोकप्रिय
बारा स्थित सिमरा महिला साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन
बारा स्थित सिमरा महिला साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन

१९ घण्टा अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१९ घण्टा अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

पाठकबाट थप