धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

धादिङ  । कृषक सदस्यहरूको व्यवसायिक क्षमता अभिवृद्धि तथा उद्यमशीलता विकास गर्ने उद्देश्यले ज्वालामुखी गाउँपालिका २, मैदी धादिङ स्थित स्वस्तिक बचत तथा ऋण सहकारी संस्था लि. मा तीनदिने कृषक व्यवसाय खेल (Farmer Business Game)   तालिम सम्पन्न भएको छ । German Sparkassenstiftung for International Cooperation (DSIK)  को सहकार्य, नेफ्स्कूनको प्राविधिक सहजीकरण र संस्थाको आयोजनामा भदौ २० देखि २२ गतेसम्म सञ्चालित तालिममा संस्थाका ३५ जना कृषक शेयर सदस्यहरूको सहभागिता रहेको थियो ।

सिमुलेसन (Simulation) खेल विधिमा आधारित यस तालिमले सहभागीहरूलाई वास्तविक व्यवसाय सञ्चालनका क्रममा आइपर्ने चुनौतीहरूको अनुभव गराउँदै योजना निर्माण, उत्पादन व्यवस्थापन, वित्तीय निर्णय, लागत तथा नाफा विश्लेषण, बजार व्यवस्थापन, जोखिम न्यूनीकरण तथा व्यवसाय विस्तारका रणनीतिबारे व्यवहारिक अभ्यास गराएको थियो ।

संस्थाका अध्यक्ष मदन कुमार श्रेष्ठ  को अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि नेपाल किसान महासंघ, धादिङ का अध्यक्ष नवराज सिंखडा, साकोसका सल्लाहकार राजेन्द्र सिंखडा, सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, व्यवस्थापक भिम विश्वकर्मा र नेफ्स्कून अधिकृत तथा तालिमका सहजकर्ता राधा कुमारी पोखरेल र राधा पौडेलको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष मदन कुमार श्रेष्ठले सहकारीले प्रदान गर्दै आएको सरल कृषि ऋण सुविधाको सदुपयोग गरी कृषक सदस्यहरूलाई व्यावसायिक कृषि कर्मतर्फ अग्रसर हुन आग्रह गर्नुभएको थियो । परम्परागत कृषि प्रणालीलाई आधुनिक प्रविधि, ज्ञान र सीपसँग जोड्दै आत्मनिर्भर तथा दिगो व्यवसायका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । तालिमले कृषक सदस्यहरूको क्षमता अभिवृद्धि गर्दै उत्पादन वृद्धि, लागत न्यूनीकरण र आम्दानी बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै प्राप्त ज्ञानलाई व्यवहारमा उतार्न आग्रह गर्नुभएको छ । 

साकोसका  सञ्चालक समिति सदस्य सिता सामारीले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन साकोसका सचिव राम बहादुर भारतीले गर्नुभएको थियो । 

कार्यक्रमका प्रमुख अतिथि नेपाल किसान महासंघ, धादिङका अध्यक्ष नवराज सिंखडाले जीविकोपार्जनमुखी खेती प्रणालीबाट माथि उठ्दै कृषिलाई व्यावसायिक र आत्मनिर्भर जीवनको आधार बनाउनुपर्नेमा जोड दिनुभयो । कृषि कर्मलाई आधुनिक प्रविधि, ज्ञान र सीपसँग जोडेर आर्थिक उपार्जनमा सक्रिय हुन सके कृषकको जीवनस्तरमा उल्लेख्य सुधार ल्याउन सकिने उहाँको भनाइ थियो । तालिममा सिकेका ज्ञान र सीपलाई व्यवहारमा उतार्दै उत्पादन वृद्धि, आयआर्जन र समृद्ध जीवन निर्माणतर्फ अग्रसर हुन कृषक सदस्यहरूलाई आग्रह गर्नुभएको थियो । 

समापन समारोहमा ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यमनाथ दनै प्रमुख अतिथिका रूपमा उपस्थित हुनुभएको थियो । उहाँले तालिमले कृषकहरूमा नयाँ सोच र उत्साह जगाउँदै कृषिलाई जीविकोपार्जनको माध्यम मात्र नभई आम्दानी र समृद्धिको आधार बनाउने अवसर सिर्जना गरेको बताउनुभयो । कृषकले व्यावसायिक रूपमा उत्पादन गरेका उपजको बजार व्यवस्थापनमा पालिकाले आवश्यक साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै सहभागीमध्ये केही कृषकले तालिमको सिकाइलाई व्यवहारमा उतारी सफल उद्यमी तथा नमुना कृषकका रूपमा आफूलाई स्थापित गर्न सक्ने विश्वास व्यक्त गर्नुभएको थियो ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

६ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२० घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२० घण्टा अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

६ घण्टा अगाडि

पाठकबाट थप