बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

काठमाडौं । प्राकृतिक विपत्तिले रसुवा, धादिङ र नुवाकोटका सहकारी संस्थामा पु¥याएको क्षतिप्रति गम्भीर चासो व्यक्त गर्दै नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लि. (नेफ्स्कून) ले प्रभावित सहकारी संस्थालाई पुनः पहिलाकै अवस्थामा फर्काउन आफ्ना सम्पूर्ण उपलब्ध स्रोत–साधन, जनशक्ति र संस्थागत क्षमताको अधिकतम उपयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालले बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित रसुवा, धादिङ र नुवाकोटमा सहकारी संस्थाका सञ्चालक तथा कर्मचारीहरूसँग छलफल तथा अन्तरक्रिया गर्दै विपत्तिको यस कठिन घडीमा प्रभावित सहकारीहरूलाई ढुक्क भएर पुनःस्थापना र पुनर्निर्माणको अभियानमा जुट्न आग्रह गर्नुभएको छ ।

प्रभावित सहकारीहरूलाई पहिलेकै अवस्थामा फर्काउन नेफ्स्कूनका कर्मचारी, प्राविधिक जनशक्ति तथा उपलब्ध स्रोत–साधन परिचालन गरिने बताउनुभएको छ । प्रविधिको व्यवस्थापन तथा सेवा सुचारु गर्न आवश्यकता हेरी मिरा सफ्टवेयर निःशुल्क उपलब्ध गराउनुका साथै सुरुवाती चरणमा केही ल्यापटप, प्रिन्टर तथा आवश्यक उपकरण उपलब्ध गराउने तयारी गरिएको छ ।

त्यसैगरी, प्रभावित सहकारीहरूको सेवा पुनःसञ्चालन, प्राविधिक समस्या समाधान तथा आवश्यकताअनुसार मनोसामाजिक सहयोगका लागि सहजकर्ता परिचालन गरिनेछ । यस कार्यमा नेफ्स्कूनको प्राविधिक तथा व्यावसायिक टोलीलाई परिचालन गर्दै सम्बन्धित जिल्ला बचत तथा ऋण सहकारी संघसँगको समन्वयमा आवश्यक सहयोग उपलब्ध गराइने समेत उल्लेख गर्नुभएको छ  ।

प्राकृतिक विपत्तिका कारण सहकारी संस्थाहरूले भोगेको वास्तविक क्षति, सदस्यहरूको अवस्था तथा संस्थागत चुनौतीको सही तथ्याङ्क संकलन गरी यथार्थ विवरण उपलब्ध गराउन प्रभावित सहकारीहरूलाई अनुरोध गरिएको छ । सही तथ्य र वास्तविक आवश्यकताका आधारमा मात्र सहयोगलाई प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउन सकिने भएकाले क्षतिको वास्तविक विवरण तयार पार्न विशेष जोड दिइएको छ ।

विपत्तिले केवल सहकारीको भौतिक संरचनामा मात्र क्षति पु¥याएको छैन, यसले सदस्यको विश्वास, संस्थाको आर्थिक अवस्था, कर्मचारीको मनोबल र समुदायको आशासमेत प्रभावित बनाएको छ । यही संवेदनशील अवस्थालाई आत्मसात् गर्दै नेफ्स्कूनले अभिभावकीय भूमिकामा प्रभावित सहकारीको साथमा उभिएर पुनःस्थापनाको यात्रामा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको हो ।

प्रभावित क्षेत्रमा रहेका सहकारीकर्मीहरूलाई “नआत्तिनुस्, निराश नहुनुस् र ढुक्क भएर पुनःस्थापनाको काममा जुट्ने” सन्देश दिँदै नेफ्स्कूनले आफ्ना कर्मचारी, प्राविधिक जनशक्ति तथा उपलब्ध सबै संस्थागत स्रोत–साधनलाई प्रभावित सहकारीको पुनःउत्थानका लागि परिचालन गर्न कुनै कसर बाँकी नराख्ने जनाएको छ ।

सहकारी संस्थाहरूलाई पुनः आफ्नो खुट्टामा उभ्याउने, सदस्यको विश्वास जोगाउने र संकटमा परेको सहकारीलाई पहिलाकै अवस्थामा फर्काउने अभियानमा नेफ्स्कूनको सम्पूर्ण संस्थागत शक्ति परिचालन हुने प्रतिबद्धता व्यक्त गरिएको छ। विपत्तिबाट प्रभावित प्रत्येक सहकारीलाई फेरि सक्षम, सक्रिय र सदस्यमुखी संस्थाका रूपमा स्थापित गर्न आवश्यक सबैखाले पहल गरिने जनाइएको छ।

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१६ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१६ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

६ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१६ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१६ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप