सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बारा । बारा, सिमरा स्थित सिमरा महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को प्राविधिक सहयोगमा आधारशिला कार्यक्रमको साझेदारी अन्र्तगत सहकारी संस्थाहरुबाट २९ जना सम्भाव्य उद्यमीहरुलाई German Sparkassenstiftung  को सहयोगमा तिन दिवसीय लघु व्यवसाय खेल तालिम भाद्र २४ गते सम्पन्न भएको छ । 

सिमरा महिला साकोसका सदस्य हरुलाई लक्षित गरि भाद्र २२ देखि सुरु भएको लघु ब्यवसाय खेल तालिम २४ गते सम्पन्न भएको हो । तालिमको उद्घघाटन संस्थाका अध्यक्ष मुना खरेलले गर्नुभएको थियो ।  तालिममा सहभागीहरुले यस तालिमबाट वित्तीय ज्ञान हासिल गर्नुका साथै ब्यवसाय सञ्चालन गर्दा आईपर्ने जोखिम तथा बजार विश्लेषणका कुरामा धेरैनै सहयोग पुग्ने अपेक्षा राखेका छन् । 

तालिममा सहभागीहरूले अहिलेसम्मकै फरक, व्यवहारमुखी र प्रभावकारी तालिम रहेको उल्लेख गर्दै तालिमबाट प्राप्त सिकाइलाई आफ्नो दैनिक जीवन तथा कृषि व्यवसायमा व्यवहारिक रूपमा लागू गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।  तालिम कार्यक्रमको सहजीकरण नेफ्स्कूनका बरिष्ठ अधिकृत भरत प्रसाद न्यौपाने र अधिकृत श्यामराजा तिमल्सिनाले गर्नुभएको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप