सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

कञ्चनपुर । सृजना बचत तथा ऋण सहकारी संस्था लि., चाँदनी–दोधाराको आयोजना र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून)  को प्राविधिक सहयोग तथा German Sparkassenstiftung for International Cooperation (DSIK), जर्मनीको सहयोगमा सञ्चालित तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न भएको छ।

भाद्र २० देखि २२ गतेसम्म सञ्चालन भएको तालिममा सहकारीमा आबद्ध कृषक सदस्यहरूको व्यावसायिक क्षमता अभिवृद्धि, वित्तीय सचेतना तथा उद्यमशील सोचको विकास गर्ने उद्देश्यले कृषक व्यवसाय सञ्चालन, योजना निर्माण, आम्दानी–खर्च व्यवस्थापन, जोखिम व्यवस्थापन तथा व्यावसायिक निर्णय प्रक्रिया लगायतका विषयलाई खेल तथा अभ्यासका माध्यमबाट सहजीकरण गरिएको थियो।

तालिमका क्रममा सहभागी कृषक सदस्यहरूले व्यवसाय सञ्चालनका क्रममा आइपर्ने विभिन्न परिस्थिति, अवसर तथा चुनौतीलाई खेलमार्फत व्यवहारिक रूपमा सिक्ने अवसर प्राप्त गरेका थिए। तालिमले कृषक सदस्यहरूलाई आफ्नो व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र दिगो बनाउन आवश्यक ज्ञान तथा सीप प्रदान गरेको सहभागीहरूले बताएका छन्।

तालिमको उद्घाटन संस्थाका अध्यक्ष करन बहादुर सिंहको अध्यक्षतामा तथा चाँदनी–दोधारा नगरपालिका वडा नं। ४ का वडा अध्यक्ष भक्त बहादुर सुनारको प्रमुख आतिथ्यतामा भाद्र २० गते भएको थियो। उद्घाटन कार्यक्रममा संस्थाका उपाध्यक्ष मथुरा भट्ट पन्त, सचिव विष्णु दत्त भट्ट, खीमा चन्द, लेखा सुपरिवेक्षण समिति संयोजक शम्भुराज भट्टलगायतको उपस्थिति रहेको थियो। त्यसैगरी, भाद्र २२ गते सम्पन्न समापन कार्यक्रममा चाँदनी–दोधारा नगरपालिका वडा नं। २ का वडा अध्यक्ष पदम सिंह रावलको प्रमुख आतिथ्यता रहेको थियो। समापन कार्यक्रममा संस्थाका पदाधिकारी, व्यवस्थापन तथा तालिममा सहभागी कृषक सदस्यहरूको उपस्थिति रहेको थियो। तालिमको सहजीकरण नेफ्स्कूनका अधिकृत प्रविण अधिकारी र पवन जंग मल्लले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन संस्थाका व्यवस्थापक नयन सिंह ठगुन्नाले गर्नुभएको थियो।

समापन कार्यक्रममा संस्थाका पदाधिकारी तथा व्यवस्थापनले कृषक सदस्यहरूको आर्थिक तथा व्यावसायिक क्षमता विकासका लागि सहकारीमार्फत निरन्तर सहयोग, सहजीकरण तथा आवश्यक कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

नेफ्स्कूनले सदस्य संस्थामार्फत कृषक तथा उद्यमशील सदस्यहरूको क्षमता विकास गर्दै वित्तीय पहुँच, व्यावसायिक ज्ञान तथा आत्मनिर्भरता अभिवृद्धिमा निरन्तर सहयोग पुर्‍याउँदै आएको छ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१९ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप