कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

कञ्चनपुर। मोहना लालझाडी क्षेत्र बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को प्राविधिक सहयोग र German Sparkassenstiftung for International Cooperation (DSIK) जर्मनीको सहयोगमा कृषक व्यावसाय खेल तालिम भाद्र १८ गते सम्पन्न भएको छ ।

भाद्र १६ गतेदेखि १८ गतेसम्म तिनल दिवसिय तालिममा सहकारी संस्थाका कृषि व्यवसायमा संलग्न सदस्यहरूलाई उद्धमशिलता प्रबर्धन गर्ने, व्यवसाय छनोट तथा योजना निर्माणसम्बन्धी ज्ञान अभिवृद्धि गर्ने, व्यवासय संचालनको क्रममा राख्नुपर्ने लेखा व्यवस्थापन सम्बन्धी ज्ञान अभिवृद्धि गर्ने,  र सम्भावित जोखिमको पहिचान तथा व्यवस्थापन गर्न सक्षम बनाई सदस्यको व्यवसाय दिर्घकालिन रुपमा सबल बनाउने उद्देश्यले तालिम आयोजना गरिएको हो।

तालिममा सहभागीहरूलाई व्यवसाय छनोट, व्यवसाय सञ्चालनका लागि पूर्वयोजना, लगानी तथा स्रोत व्यवस्थापन, व्यवसायमा आउन सक्ने सम्भावित जोखिम, जोखिम व्यवस्थापनका उपाय तथा व्यवसायबाट जीवनस्तरमा पार्न सक्ने प्रभाव लगायतका विषयहरूलाई खेल तथा अभ्यासमा आधारित विधिबाट सहजीकरण गरिएको थियो। परम्परागत रूपमा सैद्धान्तिक रूपमा मात्र सिकाइने विषयलाई सहभागीहरूको सक्रिय सहभागितामार्फत व्यवहारिक रूपमा बुझाउन खेल विधिको प्रयोग गरिएको थियो र खेलमा आधारित सिकाइले सहभागीहरूलाई व्यवसाय सञ्चालनका विभिन्न पक्षलाई सरल र मनोरञ्जनात्मक ढंगले बुझ्न सहयोग पुगेको थियो। साथै, तालिमले सहभागीहरूमा उद्यमशील सोचको विकास गर्दै व्यवसायिक निर्णय लिन आवश्यक आत्मविश्वास अभिवृद्धि गर्न सहयोग पुगेको बताइएको छ। तालिममा संस्थाका कृषि व्यवसायमा संलग्न २५ सदस्यको सहभागिता रहेको थियो ।

कार्यक्रममा मोहना लालझाडी क्षेत्र साकोसका अध्यक्ष प्रेमलता देबी गौतम, उपाध्यक्ष दुर्गा कुँवर, पदाधिकारी, कर्मचारी तथा सदस्यहरूको सहभागितामा रहेको थियो। सहभागीहरूले तालिमबाट प्राप्त ज्ञान तथा सीपलाई आफ्नो दैनिक व्यवसायिक गतिविधिमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। कार्यक्रमको सहजीकरण नेफ्स्कून कार्यक्रम अधिकृत प्रबिण अधिकारी र व्यवसाय अधिकृत पवन जंग मल्लले गर्नु भएको थियो। कार्यक्रम संचालन संस्थाका व्यवस्थापक रमेश रानाले गर्नु भएको थियो ।

तीन दिनसम्म सञ्चालन भएको उक्त कृषक व्यावसायिक खेल तालिम उपलब्धिमूलक र प्रभावकारी रूपमा सम्पन्न भएको र तालिमले सहभागी कृषकहरूमा कृषि व्यवसायसम्बन्धी ज्ञानसँगै वित्तीय व्यवस्थापन गर्ने क्षमता र आत्मविश्वास अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याएको संस्थाले जनाएको छ। 

सहकारीमार्फत सदस्यहरूको आर्थिक तथा सामाजिक क्षमता अभिवृद्धि गर्दै उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले यस्ता व्यवहारिक तथा सहभागितामूलक कार्यक्रमहरुलाई नेफ्स्कूनले निरन्तर संचालन गरिरहेको छ।

भर्खरै
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

५ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

५ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

६ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न

६ दिन अगाडि

जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

लोकप्रिय
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

१५ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

३२ दिन अगाडि

पाठकबाट थप