कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

कञ्चनपुर। मोहना लालझाडी क्षेत्र बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को प्राविधिक सहयोग र German Sparkassenstiftung for International Cooperation (DSIK) जर्मनीको सहयोगमा कृषक व्यावसाय खेल तालिम भाद्र १८ गते सम्पन्न भएको छ ।

भाद्र १६ गतेदेखि १८ गतेसम्म तिनल दिवसिय तालिममा सहकारी संस्थाका कृषि व्यवसायमा संलग्न सदस्यहरूलाई उद्धमशिलता प्रबर्धन गर्ने, व्यवसाय छनोट तथा योजना निर्माणसम्बन्धी ज्ञान अभिवृद्धि गर्ने, व्यवासय संचालनको क्रममा राख्नुपर्ने लेखा व्यवस्थापन सम्बन्धी ज्ञान अभिवृद्धि गर्ने,  र सम्भावित जोखिमको पहिचान तथा व्यवस्थापन गर्न सक्षम बनाई सदस्यको व्यवसाय दिर्घकालिन रुपमा सबल बनाउने उद्देश्यले तालिम आयोजना गरिएको हो।

तालिममा सहभागीहरूलाई व्यवसाय छनोट, व्यवसाय सञ्चालनका लागि पूर्वयोजना, लगानी तथा स्रोत व्यवस्थापन, व्यवसायमा आउन सक्ने सम्भावित जोखिम, जोखिम व्यवस्थापनका उपाय तथा व्यवसायबाट जीवनस्तरमा पार्न सक्ने प्रभाव लगायतका विषयहरूलाई खेल तथा अभ्यासमा आधारित विधिबाट सहजीकरण गरिएको थियो। परम्परागत रूपमा सैद्धान्तिक रूपमा मात्र सिकाइने विषयलाई सहभागीहरूको सक्रिय सहभागितामार्फत व्यवहारिक रूपमा बुझाउन खेल विधिको प्रयोग गरिएको थियो र खेलमा आधारित सिकाइले सहभागीहरूलाई व्यवसाय सञ्चालनका विभिन्न पक्षलाई सरल र मनोरञ्जनात्मक ढंगले बुझ्न सहयोग पुगेको थियो। साथै, तालिमले सहभागीहरूमा उद्यमशील सोचको विकास गर्दै व्यवसायिक निर्णय लिन आवश्यक आत्मविश्वास अभिवृद्धि गर्न सहयोग पुगेको बताइएको छ। तालिममा संस्थाका कृषि व्यवसायमा संलग्न २५ सदस्यको सहभागिता रहेको थियो ।

कार्यक्रममा मोहना लालझाडी क्षेत्र साकोसका अध्यक्ष प्रेमलता देबी गौतम, उपाध्यक्ष दुर्गा कुँवर, पदाधिकारी, कर्मचारी तथा सदस्यहरूको सहभागितामा रहेको थियो। सहभागीहरूले तालिमबाट प्राप्त ज्ञान तथा सीपलाई आफ्नो दैनिक व्यवसायिक गतिविधिमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। कार्यक्रमको सहजीकरण नेफ्स्कून कार्यक्रम अधिकृत प्रबिण अधिकारी र व्यवसाय अधिकृत पवन जंग मल्लले गर्नु भएको थियो। कार्यक्रम संचालन संस्थाका व्यवस्थापक रमेश रानाले गर्नु भएको थियो ।

तीन दिनसम्म सञ्चालन भएको उक्त कृषक व्यावसायिक खेल तालिम उपलब्धिमूलक र प्रभावकारी रूपमा सम्पन्न भएको र तालिमले सहभागी कृषकहरूमा कृषि व्यवसायसम्बन्धी ज्ञानसँगै वित्तीय व्यवस्थापन गर्ने क्षमता र आत्मविश्वास अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याएको संस्थाले जनाएको छ। 

सहकारीमार्फत सदस्यहरूको आर्थिक तथा सामाजिक क्षमता अभिवृद्धि गर्दै उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले यस्ता व्यवहारिक तथा सहभागितामूलक कार्यक्रमहरुलाई नेफ्स्कूनले निरन्तर संचालन गरिरहेको छ।


 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

३ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

५ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

५ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

६ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

६ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

७ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१३ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१४ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२३ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३६ दिन अगाडि

पाठकबाट थप