श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । श्री नवदुर्गा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २३औँ वार्षिक साधारण सभा संस्थाका अध्यक्ष ईन्द्र प्रसाद हुमागाईको अध्यक्षतामा पनौती स्थित ताम्राकार पार्टी भेन्यूमा भाद्र २० गते सम्पन्न भएको छ । 

सभामा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून)का अध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यता रहेको थियो भने विभिन्न सहकारी संघसंस्थाका प्रतिनिधि, समाजसेवी, पत्रकार, तथा शेयर सदस्यहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि तथा नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारी संस्थाहरूले वर्तमान चुनौतीलाई अवसरका रूपमा लिएर सुशासन, पारदर्शिता, वित्तीय अनुशासन, जोखिम व्यवस्थापन र सदस्यको बचत सुरक्षालाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको थियो । सहकारीको दीगो विकासका लागि सदस्यप्रतिको उत्तरदायित्व र विश्वास कायम राख्नु सबैभन्दा महत्वपूर्ण रहेको बताउनु भएको थियो । 

साधारण सभाले प्रस्तुत प्रतिवेदन तथा आगामी कार्यक्रमहरू पारित गर्दै संस्थालाई थप सुदृढ, सुरक्षित, पारदर्शी र सदस्यकेन्द्रित वित्तीय सहकारीका रूपमा विकास गर्ने प्रतिबद्धता जनाएको छ। कार्यक्रममा संस्थाका शेयर सदस्य, सञ्चालक समिति, विभिन्न उपसमिति तथा कर्मचारीहरूको सहभागिता रहेको थियो ।

पनौती नगरपालिका–२, सुन्थान, काभ्रेपलाञ्चोक स्थित साकोसको आयोजनामा सञ्चालित सभामा संस्थाको गत आर्थिक वर्षको समग्र वित्तीय तथा संस्थागत गतिविधिको समीक्षा गर्दै सञ्चालक समितिको वार्षिक प्रतिवेदन, सचिवीय प्रतिवेदन, कोषाध्यक्षको आर्थिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन प्रस्तुत गरिएको थियो । प्रस्तुत प्रतिवेदनहरूमाथि छलफलपछि सभाले आवश्यक सुझावसहित पारित गरेको संस्थाले जनाएको छ ।

त्यसैगरी सभाले संस्थाको आर्थिक वर्षको आय–व्यय विवरण, वासलात, नाफा–नोक्सान हिसाब, लेखापरीक्षण प्रतिवेदन तथा आगामी आर्थिक वर्षको वार्षिक नीति, कार्यक्रम र बजेट सम्बन्धमा छलफल गरी अनुमोदन गरेको थियो। संस्थाको वित्तीय अवस्था, बचत परिचालन, ऋण लगानी तथा असुली, सदस्य सेवा विस्तार, संस्थागत सुशासन र जोखिम व्यवस्थापनका विषयमा समेत साधारण सभामा समीक्षा गरिएको थियो ।

साधारण सभामा लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन समेत प्रस्तुत गर्दै संस्थाको आर्थिक कारोबारलाई थप पारदर्शी, व्यवस्थित र सदस्यकेन्द्रित बनाउन आवश्यक सुझावहरू प्रस्तुत गरिएको थियो। सभाले संस्थाको भावी कार्यदिशा तय गर्दै सदस्यको बचतको सुरक्षा, गुणस्तरीय ऋण सेवा, संस्थागत सुशासन र सहकारीको दीगो विकासलाई प्राथमिकतामा राख्ने निर्णय गरेको छ ।

अध्यक्ष ईन्द्रकुमार हुमागाईले संस्थाको विकास र स्थायित्वका लागि सदस्यहरूको विश्वास, सक्रिय सहभागिता र जिम्मेवार भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभएएको थियो । सहकारीको मूल मर्म र सिद्धान्तअनुसार सदस्यकेन्द्रित सेवा प्रवाह गर्दै संस्थालाई थप सबल र विश्वसनीय बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । कार्यक्रममा संस्थाका सचिव अकुर प्रसाद सापकोटाले कार्यक्रम संचालन गर्नुभएको थियो भने प्रमुख कार्यकारी अधिकृत दिपक तिमल्सिनाले संस्थाको वर्तमान अवस्था र प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।

भर्खरै
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

४ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

४ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

५ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न

५ दिन अगाडि

जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

तपेश्वरी साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन
तपेश्वरी साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन

६ दिन अगाडि

लोकप्रिय
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

१४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

३१ दिन अगाडि

पाठकबाट थप