सिङ्गापुर जहाँ जम्मा ८५ सहकारी छन्; २३ बचत ऋण, ६२ उपभोक्ता
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सिङ्गापुर जहाँ जम्मा ८५ सहकारी छन्; २३ बचत ऋण, ६२ उपभोक्ता

सबल अर्थतन्त्र भएको सिङ्गापुरमा सहकारी अभियानको सुरुवात सन् १९२५ को सुरुवात तिर भएको थियो । सबैभन्दा पहिलो त्यहाँका ३२ जना सरकारी कर्मचारीहरु मिलेर Singapore Government Servants’ Co-operative Thrift and Loan Society नाम गरेको बचत तथा ऋण सहकारी संस्था स्थापना गरेका थिए । त्यसबेला स्थापित उक्त बचत ऋण सहकारी अहिले पनि छ तर नाममा केही परिवर्तन गरिएको छ – Singapore Government Staff Credit Co-Operative Society.

आजको जस्तो बैंकहरु परिपक्व नभइसकेको र सहकारीको सैद्धान्तिक जग बलियो तथा जनप्रेमी भएका कारण पनि त्यहाँ वित्तीय सहकारीहरु स्थापनामा सहयोग पुगेको थियो । फलतः सन् १९४० सम्ममा त्यहाँ ४३ सहकारीहरु स्थापना भैसकेका थिए । त्यहाँको सहकारीको शीर्ष निकायलाई Singapore National Co-operative Federation (SNCF)  भनिन्छ । सन् १९८० मा स्थापना भएको SNCF मा देशका ९९ प्रतिशत सहकारी आबद्ध भएको दाबी गरिएको छ । SNCF अन्तर्राष्ट्रिय सहकारी महासंघ र विश्व ऋण परिषद् दुबैको सदस्य छ ।

नियामक सरकारी निकायको रुपमा संस्कृति, समुदाय तथा युवा मन्त्रालय अन्तर्गत सहकारीलाई राखिएको छ । त्यहाँ धेरै सहकारी भन्दा पनि दरिलो कारोबार भएका ठूला सहकारीहरु बढी छन् । यसको अर्थ साना सबल हुँदैनन भन्ने होइन तर बैंक तथा अन्य वित्तीय संस्थाहरुसँग प्रतिस्पर्धी बन्न ठूला सहकारीहरुलाई बढी प्राथमिकता दिइएको पाइन्छ । हाल सिङ्गापुर भर ८५ सहकारी छन् जसका १५ लाख सदस्य छन् । सन् २०२० को तथ्याङ्क अनुसार एशियाली मुलुक सिङ्गापुरको कुल जनसंख्या ५६,८५,००० हाराहारीमा छ । सन् २०१९ को मार्च ३१ सम्मको तथ्याङ्क अनुसार त्यहाँका सहकारीहरुको कुल सम्पत्ति १८.३ विलियन अमेरिकी डलर (२१ खर्ब ८३ अर्ब भन्दा बढी ) रहेको छ । त्यहाँ २३ वटा बचत तथा ऋण र ६२ वटा उपभोक्ता सहकारी छन् । उपभोक्ता सहकारीहरु भित्र पनि ३ प्रकारका सहकारी छन्–क्याम्पस कोअपरेटिभ, सर्भिस कोअपरेटिभ र यनटीयुसी लिङ्क्ड कोअपरेटिभ ।

विश्वमा सबैभन्दा बढी व्यावसायिक स्वतन्त्रता भएको मुलुक सिङ्गापुर सबैभन्दा कम भ्रष्टाचार हुने मुलकको सूचीमा तेस्रो नम्बरमा पर्छ । इकोनोमिक फ्रिडम इन्डेक्स सन् २०२१ म ८९.७ अंक सहित पहिलो नम्बरमा रहेको सिङ्गापुरमा व्यवसाय स्थापना, सञ्चालन र बजारीकरणमा कानुनी झमेलाहरु एकदमै कम छन् त्यसैलाई बिजनेश फ्रेन्डली वातावरण कायम राख्न सरकार सफल भएको छ । मानव पुँजी विकासको दृष्टिकोणले पनि सिङ्गापुर विश्वकै पहिलो नम्बरमा पर्ने मुलुक भएको विश्व बैंकले जनाएको छ । यसको अर्थ त्यहाँ आज जन्मिएको बालकको भविष्यमा उत्पादनशील क्षेत्रमा योगदान हुने सम्भावना करिब ९० प्रतिशत प्रबल हुन्छ । यस्तै, वैदेशिक ऋण पनि त्यहाँ छैन, जसका कारण अर्थतन्त्र निरन्तर उकालो चढिरहेको छ । (एजेन्सीहरुको सहयोगमा)

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

५ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

५ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

६ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

पाठकबाट थप