पौवादुङमा गाउँपालिकाका प्रतिनिधिद्वारा आधारशिला कार्यक्रमको प्रशंसा 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
पौवादुङमा गाउँपालिकाका प्रतिनिधिद्वारा आधारशिला कार्यक्रमको प्रशंसा 

भोजपुर । पौवादुङमा गाउँपालिकाकी उपाध्यक्ष सम्झना राईले गाउँपालिका र नेफ्स्कून आधारशिला कार्यक्रम बीच भएको सम्झौताले गाउँपालिकाको सहकारी अभियानमा एउटा इट्टा थप भएको बताउनुभएको छ । आज आयोजित आधारशिला कार्यक्रमको भर्चुअल समीक्षा बैठकमा बोल्दै उपाध्यक्ष राइले गाउँपालिकामा रहेका धेरै निश्क्रिय सहकारीहरुलाई क्रियाशिल बनाउन कार्यक्रम फलदायी हुने विश्वास आफुले लिएको बताउनुभयो । उहाँले गत बर्ष विनियोजित बजेट को प्रभावकारी कार्यान्वयन हुन नसकेको बताउँदै यस बर्ष सहकारी अभियानको विकास र प्रबद्र्धनका लागि प्रदेश सरकार, नेफ्स्कून, स्थानीय तह र स्थानीय तहमा नवगठित सहकारी विकास समितिको पहलमा सहकारीको स्तरोन्नतीका कार्यक्रमहरु अगाडि बढाइने बताउनुभयो । गाउँपालिकाको समन्वयमा सहकारीका प्रतिनिधिहरुको सम्लग्नतासहित सहकारी विकास समिति भर्खरै मात्र गठन भएको जानकारी पनि उहाँले गराउनुभयो । 

कार्यक्रममा गाउँपालिकाका प्रतिनिधिहरु, स्थानीय सहकारीकर्मीहरु र नेफ्स्कूनका सदस्य सेवा विभाग प्रमुख दुर्गा प्रसाद ढकाल, बरिष्ठ अधिकृत नविनराज दाहाल, कार्यक्रम अधिकृत प्रकाश अधिकारी लगायत कर्मचारीहरुको सहभागिता रहेको थियो । 

आधारशिला कार्यक्रमको सम्बन्धमा आफ्ना विचारहरु राख्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश राईले स्थानीय सहकारीहरुको विकास र प्रवर्धनका लागि  गाउँपालिकाद्वारा विनियोजित बजेट, नीति कार्यक्रम तथा योजना, स्थानीय तह, नवगठित सहकारी समिति र नेफ्स्कूनबीचको सहकार्यले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । गाउँपालिकाले सहकारी मार्फत कृषि उत्पादन तथा बजारीकरणका कार्यक्रमहरुलाई जोड दिने नीति अगाडि सारिएको पनि उहाँले बताउनुभयो । 

त्यसैगरी स्थानीय सहकारीकर्मी दिनेश खत्री र सुर्य कुमार राईले पनि गुमनाम रहेका सहकारीहरुको विकास र प्रवर्धनका लागि गाउँपालिका र नेफ्स्कूनबीचको आधारशिला कार्यक्रम सम्झौताले उज्यालो भर्ने विश्वास जगाएको बताउनुभयो । 
 
नेफ्स्कूनका कार्यक्रम अधिकृत प्रकाश अधिकारीले सञ्चालन गर्नुभएको कार्यक्रममा बरिष्ठ अधिकृत नविनराज दाहालले आधारशिला कार्यक्रमको उपादेयता, स्थानीय निकाय र सहकारी संघ संस्थाहरुबीचको प्रगाढ सम्बन्ध, कार्यक्रमले सहकारीहरुको सुशासन प्रवर्धन र संस्थागत विकासमा खेल्ने भूमिकाका बारेमा संक्षिप्त प्रस्तुतीकरण गर्नुभएको थियो । 

नेफ्स्कूनका सदस्य सेवा विभाग प्रमुख दुर्गा प्रसाद ढकालले स्थानीय तहमा सहकारीको विकास र स्तरोन्नतिका लागि संघले योजनाबद्ध रुपमा अगाडि सारेको कार्यक्रमको सफलताका लागि स्थानीय तहलाई प्राविधिक सहजीकरण प्रदान गर्दै सँगसँगै मिलेर काम गर्ने रहेको बताउनुभयो । 

नेफ्स्कूनले आफ्नो ३३ औं स्थापना दिवसको अवसर पारेर गत वर्ष साउन ३२ गते शुभारम्भ गरेको आधारिशला कार्यक्रमको उद्देश्य स्थानीय तहसँगको सहकार्य तथा साझेदारीमा स्थानीय सहकारीहरुको प्रर्वधन तथा व्यावसायिक विकास कार्यक्रम मार्फत पहुँच वृद्धि गर्ने, ती संस्थाहरुको दीगो संस्थागत विकासमा सहयोग तथा सहजीकरण गर्ने, सहकारी शिक्षा तथा तालिममार्फत क्षमता अभिवृद्धि गर्ने, उद्यमशीलता विकास प्रवर्धनमा सहयोग तथा सहजीकरण गर्ने र सहकारी सञ्जालमा आबद्धतामार्फत सुशासन सुनिश्चितताका लागि सहजीकरण गर्ने लगायतका रहेका छन् । यस कार्यक्रमको अगुवाई मुलुकको बचत तथा ऋण सहकारी संघ संस्थाहरुको एकमात्र केन्द्रीय निकाय नेफ्स्कूनले गरेपनि आधारशिला कार्यक्रमले भने सम्झौता भएका स्थानीय तहका सबै प्रकृतिका सहकारीहरुलाई लक्षित समुदाय वा वर्गका रुपमा लिएको छ ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

७ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ घण्टा अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

७ घण्टा अगाडि

पाठकबाट थप