आज ९९ औं अन्तर्राष्ट्रिय सहकारी दिवस, विश्वभर भर्चुल मनाइँदै
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
आज ९९ औं अन्तर्राष्ट्रिय सहकारी दिवस, विश्वभर भर्चुल मनाइँदै

काठमाडौं । आज ९९ औं अन्तर्राष्ट्रिय सहकारी दिवस (कोअप्स् डे) विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरि मनाइँदैछ । कोभिड महामारी विद्यमान रहेका कारण यस वर्ष कोअप्स डे को अवसरमा विश्वभर भर्चुअल कार्यक्रमहरु आयोजना गरिदैछ ।

सन् १९२३ देखि प्रत्येक जुलाईको पहिलो शनिवार अन्तर्राष्ट्रिय सहकारी दिवसका रुपमा मनाउने गरिदैं आएकोमा संयुक्त राष्ट्र संघीय महासभाले  समेत आइसीए स्थापनाको १ सय वर्ष पुगेको उपलक्ष्यमा सन् १९९५ देखि मनाउने गरी सन् १९९२ मा सोही दिनलाई आइसीए डे घोषणा गरेको थियो । जसअनुसार यो वर्ष जुलाई ३ अर्थात् असार १९ गते (आज) २७ औं संयुक्त राष्ट्र संघीय अन्तर्राष्ट्रिय सहकारी दिवस परेको हो । आइसीएको स्थापना सन् १८९५ को अगष्ट १९ मा  बेलायतको लन्डन सम्पन्न १३ मुलुकका सहकारीकर्मीहरु सम्मिलित पहिलो सहकारी सम्मेलन (कोअपरेटिभ कंग्रेस) ले गरेको थियो । 

यस वर्षको आइसीए डे को नारा ‘Rebuild back better‘ अर्थात् ‘मिलेर पुनर्उत्थान गरौं’ तय गरिएको छ । सन् १९९५ देखि आइसीए र संयुक्त राष्ट्र संघ अन्तर्गतको कोप्याकले संयुक्त रुपमा आइसीएको थिम तय गर्दै आएका छन् । विश्वभर सहकारिताको प्रचार प्रसार गर्ने, यसको महत्व उजागर गर्ने र सरकारहरुलाई यसका मुद्दाहरुका विषयमा सचेत गराउने अभिप्रायले अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइन्छ ।

आइसीएले सहकारी प्रवर्धन र विकास समिति (कोप्याक) सँगको समन्वयमा ‘Cooperatives for a better recovery‘ विषयमा हिजो भर्चुअल वेबिनार सञ्चालन गरेको थियो । विश्वको १२ प्रतिशत जनसंख्या सहकारीमा आबद्ध छ  । विश्व सहकारी अभियानसँग हाल कायम ३० लाख सहकारीमार्फत १ अर्ब भन्दा बढी सदस्यहरु प्रत्यक्ष जोडिएका छन् भने २८ करोडले प्रत्यक्ष रोजगारी पाएका छन् । विश्वका ३ सय ठूला सहकारीहरुले २.१ ट्रिलयन अमेरिकी डलरको कारोबार गर्दछन् । विश्वका हालसम्मका ठूला २ विश्व युद्धहरुको सामना गर्ने निक्कै कम संस्थाहरुमध्ये सम्भवतः सबैभन्दा सबल संस्था आइसीए हो ।

नेपालमा पनि आज २८ औं राष्ट्रिय सहकारी महासंघ दिवसका रुपमा मनाइँदैछ । सो अवसरमा महासंघले बिहान साढे १२ बजे जुममार्फत कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रममा कोअप्स डे को नारामा आधारित कार्यपत्र प्रस्तुतिसँगै राष्ट्रिय सहकारी व्यक्तित्व सम्मान र उत्कृष्ट सहकारी पुरस्कारहरु प्रदान गर्ने कार्यक्रम रहेको छ । संघद्वारा घोषित सम्मान र पुरस्कारहरु भोलि सीमित सहभागितामा आयोजना गरिने भौतिक कार्यक्रममा प्रदान गरिने जनाइएको छ ।

आइसीएले यस वर्ष पनि कोभिड महामारीका कारण सहकारी अर्थतन्त्रमा परेको सर्वपक्षीय असरलाई सुहाउँदो गरी रिबिल्ड ब्याक बेटर अर्थात मिलेर पुनर्उत्थान गरौं भन्ने नारा तय गरेको छ । आइसीएले अबको पुनर्निर्माण सदस्य र वातावरण मैत्री बनाउने तर्फ विश्वका सहकारीहरुको ध्यान जानुपर्दछ भन्नेमा जोड दिएको छ । यसै वर्षको अन्त्यसममा आइसीएले विश्वका सहकारीहरुको अवस्था, कारोबार, योगदान आदि उल्लेख गरिने वल्ड कोअपरेटिभ मनिटरको १० औं संस्करण पनि प्रकाशन गर्दैछ ।
 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप