लुम्बिनी प्रदेशको ‘उत्कष्ट सहकारी व्यवसाय पुरस्कार’ हाम्रो मध्यवर्ती राधाकृष्ण साकोसलाई; पुरस्कारको गरिमा बढाउने काम गर्छौः अध्यक्ष न्यौपाने
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
लुम्बिनी प्रदेशको ‘उत्कष्ट सहकारी व्यवसाय पुरस्कार’ हाम्रो मध्यवर्ती राधाकृष्ण साकोसलाई; पुरस्कारको गरिमा बढाउने काम गर्छौः अध्यक्ष न्यौपाने

काठमाडौं । राष्ट्रिय सहकारी महासंघद्वारा लुम्बिनी प्रदेशको ‘उत्कष्ट सहकारी व्यवसाय पुरस्कार’ बर्दियाको ठाकुरबाबा नगरपालिका–१ भुरीगाउँस्थित हाम्रो मध्यवर्ती राधाकृष्ण बचत तथा ऋण सहकारी संस्था लि. लाई प्रदान गरिएको छ । बचत तथा ऋणका माध्यम द्वारा सदस्यहरुको वित्तीय पहुच वृद्धिका साथै आर्थिक तथा सामाजिक बिकासमा उल्लेख्य योगदान पुर्याए बापत राधाकृष्ण बचत तथा ऋण सहकारी संस्था लि. लाई पुस्कृत गरिएको महासंघले जनाएको छ ।

९९ औं अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा महासंघले आज आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि मन्त्री भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री लीलानाथ श्रेष्ठ र महासंघ अध्यक्ष मिनराज कडेलले हाम्रो मध्यवर्ती राधाकृष्ण साकोसका अध्यक्ष नवराज न्यौपानेलाई पुरस्कार बापत प्रमाणपत्र र २५ हजार रुपैयाँ राशीको चेक प्रदान गर्नुभयो । महासंघले गत राष्ट्रिय सहकारी दिवसका उपलक्ष्यमा घोषणा गरेको पुरस्कार आज आयोजित कार्यक्रममा प्रदान गरेको हो । समुदायमा आधारित हाम्रो मध्यवर्ती राधाकृष्ण साकोस छाता संघ नेफ्स्कूनबाट पनि गत वर्ष प्रदेशकै उत्कृष्ट सहकारीका रुपमा पुरस्कृत भएको थियो भने लगातार २ वर्ष प्रोबेसन ब्राण्ड प्राप्त गर्न सफल भएको संस्था हो । 

पुरस्कारले जिम्मेवारीबोध गराएको छ: अध्यक्ष न्यौपाने

जिल्ला बचत तथा ऋण सहकारी संघ लि. बर्दिया का अध्यक्ष समेत रहनुभएका पुरस्कृत साकोसका अध्यक्ष नवराज न्यौपानेले पुरस्कारले स्वाभाविक रुपमा खुसी तुल्याएपनि थप जिम्मेबारीबोध गराएको प्रतिक्रिया दिनुभयो । साकोस आवाजसँग कुरा गर्दै अध्यक्ष न्यौपानेले मुलुकको सहकारी अभियानकै सर्वोच्च निकायबाट संस्था पुरस्कृत हुनु गौरवको कुरा भएको बताउँदै पुरस्कारको गरिमा थप बढाउने गरी आगामी दिनमा संस्था सदस्य र समुदायको सर्वपक्षीय समुन्नतिसँग सन्निकट रहेर सेवारत रहने दाबी गर्नुभयो ।

‘यो सम्मानको हकदार संस्था, सञ्चालक र कर्मचारीभन्दा पनि सदस्यहरु हुन्, ’अध्यक्ष न्यौपानेले भन्नुभयो, ‘हामी त केवल निमित्त मात्र हौं । साकोसको सेवा व्यवसायबाट सदस्यहरुले अधिकतम लाभ लिएका कारण नै आज संस्था निरन्तर उकालो लागेको छ । यसको श्रेय सबैभन्दा पहिले तमाम सदस्यहरुलाई दिन्छु र त्यसपछि व्यवस्थापन, सञ्चालक समितिसँगै हामीलाई सधै मार्गनिर्देश गरिरहने हाम्रो छाता संगठन नेफ्स्कून र महासंघलाई दिन्छु ।’

उहाँले पुरस्कार परिश्रमको कदर भएको भन्दै यसले मध्यवर्ती राधाकृष्ण बचत तथा ऋण सहकारी संस्थाको मात्र नभई जिल्ला संघलाई समेत अझै राम्रो काम गर्नुपर्ने हौसला र उर्जा थपेको प्रतिक्रिया दिनुभयो । अध्यक्ष न्यौपानेले भन्नुभयो, ‘म जिल्ला संघको पनि अध्यक्ष भएको हिसाबले आफु आबद्ध संस्थाले पुरस्कार पाउँदा त्यसको केही अंशको भागेदार भएको हिसाबले त्यो उर्जा जिल्ला संघमा पनि सञ्चार हुने विश्वास लिएको छु ।’

पुरस्कारले थपेको चुनौतीहरुको सामनाका लागि संस्थाले कोभिड प्रभावित अवस्थामा सदस्यहरुलाई कसरी तत्कालीन राहत, सेवा, सहुलियतसँगै कसरी चिरस्थायी प्रभाव पार्ने कामहरु गर्न सकिन्छ भनेर रणनीतिक योजनामा ती विषयहरुको यथोचित सम्बोधन गरेको भन्दै त्यही अनुसार अघि बढ्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । 

हाम्रो मध्यवर्ती राधाकृष्ण साकोस

लुम्बिनी प्रदेश अन्तर्गत बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका १ भुरीगाउँ केन्द्रिय कार्यालय रहेको हाम्रो मध्यवर्ती राधाकृष्ण बचत तथा ऋण सहकारी संस्था लि.२०६३ सालमा ४२ जना सदस्यहरुको सामुहिक प्रयासबाट स्थापना भएको समुदायमा आधारित वित्तीय र गैरवित्तीय सेवा प्रदायक संस्था हो । केन्द्रीय कार्यालयबाहेक १० वटा सेवा केन्द्रमा कार्यरत ३५ कर्मचारीमार्फत ९ हजार सदस्यहरुका इच्छा र चाहना प्रतिबिम्बित हुने सेवा तथा उत्पादनहरु संस्थाले उपलब्ध गराउँदै आएको छ । संस्थासँग हाल ४१ करोड बढीको वासलात छ । 

स्थानीय नगरपालिका, विद्यालय, इलाका प्रहरी कार्यालयसँगै अन्य सामाजिक संघ संस्थाहरु सँग मिलेर सदस्य र समुदायमा जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको हाम्रो मध्यवर्ती राधाकृष्ण बचत तथा ऋण सहकारीले सदस्य र सम्भावित सदस्यहरुका लागि वित्तीय शिक्षा, ऋण व्यवस्थापन, सहकारी मुल्य, मान्यता र सिद्धान्त, सदस्य सम्बन्ध लगायतका विषयमा निरन्तर शिक्षा र तालिमका कार्यक्रमहरु पनि चलाउँदै आएको छ । 

संस्था को दिगोपना, समुदायमा छवि विस्तार र सञ्जाल सहकार्यलाई महत्व दिदैं आएको संस्थाले त्यसकै लागि छातासंगठनले सञ्चालन गरेको गुणस्तरीय सुनिश्चिता कार्यक्रममा पाएको उपलब्धिबाट उत्साहित भएर अन्तर्राष्ट्रिय स्तरको ब्राण्डिङ कार्यक्रममा सहभागिता जनाएको छ । बचत ऋण कारोबारसँगै भएपनि सदस्यका गैरवित्तीय आवश्यकताहरुको सम्बोधन पनि संस्थाले गरेको छ जसका कारण संस्था बिशिष्ट ब्राण्ड भ्यालु कायम गर्न सफल छ । दुःखका बेला गैर सदस्यहरुलाई पनि प्रदान गर्दैआएको वित्तीय सहयोग यसको एउटा उदाहरण मान्न सकिन्छ ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१६ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप