सहकारी अभियानमा रिबिल्ड, रिकनेक्ट, रिड्युस र रिज्वइन आवश्यक
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी अभियानमा रिबिल्ड, रिकनेक्ट, रिड्युस र रिज्वइन आवश्यक

ललितपुर । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव टेकनारायण पाण्डेले अबको सहकारी अभियानमा रिबिल्ड रिकनेक्ट, रिड्युस र रिज्वइन आवश्यक भएको बताउनुभएको छ । कोभिडका कारण संकटमा परेका सहकारीहरुको पुनर्निमाणसँगै, सदस्यहरुसँगको सम्बन्ध पुनर्स्थापित गर्नुपर्ने, केही सहकारीको अनियमितता र कानुनविरोधी कामहरु न्यूनीकरण गर्नुपर्ने र सहकारी क्षेत्र छोडेर गएकाहरुलाई यसमार्फत उत्पादन र उद्यमशीलतामा लाग्न पुनर्सलग्न गराउनुपर्ने आवश्यकता उहाँले औल्याउनुभएको हो ।  ‘रिबिल्ड ब्याक बेटरको थिम’ सान्दर्भिक भएको पनि उहाँले बताउनभुयो । खाली नेपालको परिप्रेक्ष्यमा केही थप काम आवश्यक भएको सचिव पाण्डेले उल्लेख गर्नुभएको हो ।यर्जुर्वेदमा उल्लेख ऊँ सहना भवतुले सहकारी मर्म बोकेको उल्लेख गर्दै सचिव पाण्डेले सहकारीलाई आध्यात्मिक र वैदिक अभियानसँग पनि जोड्नुभयो । विदेशी भन्दा पनि सहकारी हाम्रै धर्म संस्कृतिसँग सन्निकट रहेका थुप्रै दृष्टान्त रहेको उहाँले संकेत गर्नुभयो ।

९९ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा राष्ट्रिय सहकारी महासंघले शनिवार आयोजना गरेको कार्यक्रममा सचिव पाण्डेले ग्रामीण क्षेत्रमा अझैं सहकारी विस्तार आवश्यक रहेको बताउँदै सहकारी धेरै भएको ठाउँमा एकीकरण र नपुगेका स्थानीय तहहरुमा विस्तार गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।  गरिबी न्यूनिकरणमा सहकारीको योगदानको प्रशंसा गर्दै सचिव पाण्डेले ग्रामीण क्षेत्रमा सहकारी अभियान व्यवसायिक बन्नु पर्ने कुरामा जोड दिनभयो । 

सहकारीले राम्रा काम गर्दागर्दै पनि केही कमजोरीहरु पनि रहेको बताउँदै सचिव पाण्डेले सहकारीहरुले गरेको कमजोरीको रिर्पोट मन्त्रालयसम्म आउने गरेको बताउनुभयो । साथै उहाँले सहकारीको गरेको असल अभ्यास अन्य सहकारीहरुले पनि अनुशरण गर्नुपर्नेमा जोड दिनुभयो ।
 
भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

५ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप