भक्तपुर जिल्ला बचत संघको नवनिर्मित भवन उद्घाटन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
भक्तपुर जिल्ला बचत संघको नवनिर्मित भवन उद्घाटन

भक्तपुर । ९९ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अबसरमा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को नवनिर्मित भवनको उद्घाटन हिजो सम्पन्न भएको छ । उद्घाटन समारोहका प्रमुख अतिथि वागमती प्रदेश सहकारी महाशाखाका रजिष्ट्रार विक्रम पाण्डेले भवनको उद्घाटन गर्दै संघको आफ्नै भवन निर्माण गरी सहकारी अभियानमा उदाहरणीय कार्य भएको बताउनुभयो । 
वहाँले भवन निर्माणले संघको दीगो विकासको लागि टेवा पुग्ने विचार व्यक्त गर्दै सहकारी संघ संस्था स्वनियममा संचालन हुने भएकोले संघले आबद्ध सदस्यलाई अनुमन गनुपर्ने कुरा बताउनुभयो ।

कार्यक्रमका विशेष अतिथि नेफ्स्कूनका पूर्व अध्यक्ष कैलाश भक्त प्रधानाङ्गले संघले भवन निर्माण गरी आफ्नो क्षमता प्रदर्शन गरेकोमा खुशी व्यक्त गर्दै भवनले सक्षम नेतृत्वको उदाहरण दिएको बताउनुभयो । वहाँले नगर स्तरीय संघहरु गठनप्रति चिन्ता व्यक्त गर्दै बेलामै सचेत हुनुपर्ने विचार राख्नु भयो । 

संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले सभापतित्व ग्रहण गर्दै भवनले संघको दिगो सहकारी विकासका लागि संघ भन्ने परिकल्पनालाई टेवा पु¥याउने विचार राख्नुभयो । वहाँले संघले संघमा आबद्धताको लागि ऐनमै अनिर्वाय गर्नुपर्ने, संघीय, प्रदेश र स्थानिय तहका सहकारी ऐनमा बाँझिएका कुराहरु संशोधन गरी एकरुपता ल्याउनुपर्ने बताउनुभयो । 

संघका निवर्तमान अध्यक्ष राधेश्याम सुवालले संघले जिल्लाका सक्रिय समुदायमा आधारित सहकारी संस्था सबैलाई आबद्ध गर्नुपर्ने विचार राख्नुभयो । संघका संस्थापक अध्यक्ष राजेन्द्र दुमरुले  स्थापनाकाल देखि नै संघको स्पष्ट उद्देश्य भएको र आत्मनिर्भतालाई जोड दिएको विचार व्यक्त गर्नुभयो ।

संघका उपाध्यक्ष हरि बल्ल ले स्वागत मन्तव्य राख्नुहुर्दै संघको भवन निर्माणको विवरण प्रस्तुत गर्नुभयो । संघका व्यवस्थापक बालकृष्ण धोजुले संघको हालको संक्षिप्त परिचयको प्रस्तुतीकरण गर्नुभयो । संघका संचालक काजीबहादुर पंचले संचालन गरेको सो कार्यक्रममा कोभिडको स्वास्थ्य मापदण्ड पालना गरी सिमित व्यक्तिहरुको उपस्थितिमा समिति उपसमिति, कर्मचारी गरी ३२ जनाको मात्र उपस्थिति रहेको थियो ।
 
भर्खरै
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२२ घण्टा अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

१ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

२ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

६ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२२ घण्टा अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप