भिमकुल साकोस चोरी घटनाको अनुसन्धान जारी
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
भिमकुल साकोस चोरी घटनाको अनुसन्धान जारी

काठमाडौं । गोरखास्थित भिमकुल बचत तथा ऋण सहकारी संस्था लि.मा गत शनिबार भएको चोरीको घटनाबाट सशंकित नहुन संस्थाका अध्यक्ष कृष्ण कुमार श्रेष्ठले  सम्पूर्ण सेयर सदस्यहरुलाई अनुरोध गर्नुभएको छ । घटना अकल्पनीय भयो, घटनाबाट संस्थाको कोषमा क्षति पुगेको भएपनि दोषी पहिचान गरी कानुनी दायरमा ल्याउन संस्था प्रतिबद्ध रहेको र सदस्यहरुको सेयर, बचत तथा दायित्व पूर्ण रुपमा सुरक्षित रहेको अध्यक्ष श्रेष्ठले जानकारी गराउनुभयो । उहाँले थप अनुसन्धानका लागि प्रहरी कार्यालयको अनुरोधमा सम्भाव्यता किटानी जारी दिइएकोले दोषी पहिचानको सम्भावना नजिक पुगेको आशंका पनि व्यक्त गर्नुभएको छ । 

संस्थामा असार २६ गते शनिबार बिहान कार्यालयको भल्ट फुटाई २६ लाख ३९ हजार १ सय ९१ रुपैंया नगदचोरी भएको थियो । संस्थाले विषम् परिस्थितिबीच पनि उच्च मनोबलका साथ सेवा निरन्तरता साथै सदस्य सेवाप्रति प्रतिबद्ध रहेको शनिबारै विज्ञप्ति प्रकाशित गरी जानकारी गराएको थियो । 

अध्यक्ष तथा व्यवस्थापकको भनाइ

अध्यक्ष कृष्ण कुमार श्रेष्ठले शनिवार बिहान १ बजेर ३५ मिनेट जाँदा दुई व्यक्तिले भल्ट फुटाई चोरी गरेको सि सि क्यामेरा फुटेजमा देखिएको बताउनुभयो । बिहान १ः३५ देखि ३ः२८ को बीचमा चोरी भएको थियो । श्रेष्ठले भन्नुभयो, ‘सि सि क्यामेरा फुटेजलेटिसर्ट, हाफ पाइन्ट, क्याप, मास्क लगाएका दुईजना व्यक्ति उक्त समयमा कार्यालय प्रवेश गरेको देखाएको छ ।’

गत शुक्रबारको कुल कारोबार रकम ५२ लाख मध्ये ५ लाख अर्को सेवा केन्द्रमा रहेको र भल्टमा भएमध्येपनि एक ठाउँको मात्र रकम चोरी भएको उहाँले बताउनुभयो । लकर भित्रको अन्य दुई भागमा रहेको रकम सुरक्षित छ ।सम्भवतः सिसि क्यामेरा जडान भएको आशंकाका कारण चोरी गर्नेले एक थान कम्यूटरको सिपियू पनि लगेका छन् । उहाँले भन्नुभयो,‘बर्खाको समय सदरमुकाम टाढा भएकोले त्यस दिन बैंक सम्म रकम पुर्याउन सकिएन । सुरक्षाको हिसावले पनि नजिक कुनै सुरक्षा निकाय नरहँदा संस्थामा चोरीको घटना भयो ।’

सदरमुकाम र बैंकको पहुँचबाट टाढा भएकोले भल्टको सुरक्षा विमा पनि प्रक्रियामै अल्झिएको संस्थाका व्यवस्थापक नवराज श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो,‘विमा नभएकोले आज संस्था दुर्घटना हुँदा कतैबाट पनि रकमको सुरक्षा गर्न सकिएन ।’

व्यवस्थापक श्रेष्ठले भन्नुभयो, ‘हामीले तत्कालै सुरक्षा निकायमा खबर गर्यौं । सदरमुकाम स्थित जिल्ला प्रहरी कार्यालय बाट सिडियो, एसएसपी लगायतको अनुसन्धान टोलीले घटनाको प्रकृति हेरी सिसि क्यामेराको रेकर्ड साथै थप अनुसन्धानका लागि भल्ट पनि लैजानुभएको छ । अनुसन्धान जारी छ, छिट्टै दोषी पत्ता लाग्छ भन्ने विश्वास लिएका छौं ।’

३४ सय ७६ सेयर सदस्य रहेको साकोसको कुल कारोबार ३० करोड ९७ लाख छ । नेफ्स्कूनद्वारा प्रवर्धित साकोस गुणस्तर सुनिश्चितताको कार्यक्रम प्रोवेशन ब्राण्ड प्राप्त गरी एक्सेस कार्यक्रममा सहभागी छ । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२३ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप