व्यग्र प्रतिक्षा पछि पढ्न पाएँ ‘सहकारी व्यवस्थापक कोर्ष’ 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
व्यग्र प्रतिक्षा पछि पढ्न पाएँ ‘सहकारी व्यवस्थापक कोर्ष’ 

मन्दिरा ओली
मेलुङ्, दोलखा

सहकारीमा क्षेत्रमा काम गर्ने कुनै योजना विना नै २०७४ बैशाखबाट दोलखा जिल्ला मेलुङ् गाउँपालिका १ मा हाम्रो सुर्योदय बचत तथा ऋण सहकारी संस्था लि.मा बचत प्रमुखको जिम्मेवारी लिई सहकारीकर्मीको रुपमा काम सुरु गरेँ । सहकारीसम्बन्धी कुनै ज्ञान बिना नै काम सुरु गरेँ । शुरुवातमा केही समयमात्र सहकारीमा काम गर्छु भन्ने सोच थियो । खासमा अन्यत्र उचित बिकल्प नहुँदासम्म मात्र काम गर्ने सोच थियो । ‘सहकारीमा भविष्य सुरक्षित छ र ?’ भन्ने आशंकाको अंश मनमा थियो । मेरो आशंकामा मलजल गर्ने काम नातागोता छरछिमेकहरुले पनि गरेका थिए । कतिपयले त मलाई व्यक्तिगत भेटमा ‘सहकारीमा काम गरी भबिष्य नबिगार्नुस’ भनेर पनि सुझाब दिनुभयो । मलाई पनि सुरुवातमा  त हो जस्तै लाग्थ्यो तर सहकारी मा काम गरेको केही समयमा नै यससम्बन्धी बुझाई पनि फराकिलो हुँदै गयो ।

सहकारीमा काम गर्दा आनन्दानुभूति हुन थाल्यो । सदस्यहरुबाट पनि अगाध माया अनि सद्भाव पाएँ । सदस्यहरुसँगको निकटम सम्बन्धले काम गर्ने उर्जा पाएँ तर पनि आफुमा सहकारीको दरिलो सैद्धान्तिक र प्रयोगात्मक अनुभवको कमी खट्किरहन्थ्यो । सहकारीसम्बन्धी राम्रो तालिम वा औपचारिक अध्ययन गर्ने कोर्ष  भैदिए हुन्थ्यो भन्ने सधै लागिरहन्थ्यो । आफुमा कमजोरी हुँदाहुँदै पनि सहकारीमा नै काम गर्ने मन बढेर गयो वा भनौं सहकारीमा रस बस्यो । 

‘जहाँ समस्या त्यहाँ उपाय’ भने झैं नेफ्स्कून चरीकोटमा सोही समयमा सोबिता मैनाली म्याड्मबाट आफ्ना कमजोरीहरु सुधार्ने गतिलो अवसर पाएँ । उहाँबाट धेरै कुरा सिकेँ । २०७५ श्रावण देखि नै कार्यालय प्रमुखको जिम्मेवारी पाइसकेकी थिएँ । यद्यपि, आफु सबै आवश्यक कुराहरुमा अब्बल हुन नसकेको लागिरहेको थियो । विभिन्न सहकारी सम्बन्धी लेखहरु पढ्ने गरिरहन्थे यस्तै क्रमम २०७५ भाद्र ६ गते नेफ्स्कून कार्यालयले कार्यशाला गोष्ठी आयोजना गरेका थियो । त्यही दिन प्रमुख अतिथि डीबी बस्नेत सरले सहकारीमा दक्ष व्यबस्थापक उत्पादनका लागि सहकारी व्यबस्थापक कोर्षको पढाई हुने जानकारी गराउनुभयो । म कार्यरत संस्थाको कोषाध्यक्ष कपिलमणी न्यौपाने पनि उक्त गोष्ठीमा सहभागी हुनुहुन्थ्यो ।  न्यौपाने सरले ‘तपाइले यो बिषय अध्ययन गर्नुपर्छ भनी हौसला दिनुभयो । र म आफैलाई पनि यो बिषयले तान्यो । त्यसबेलादेखि नै आफु हिड्ने बाटो सुनिश्चित गरेँ र सहकारी व्यबस्थापक कोर्ष कहिले सुरु हुन्छ भनेर अद्यावधिक भइरहेँ । 

लामो प्रतिक्षाको अन्त्य गदै वि.स.२०७७ जेठ २६ गते बाट भर्ना सम्बन्धी पहिलोपटक सूचना प्रकाशित भयो । म खुसी भएँ तर सिट संख्याले मन खिन्न बनायो । विज्ञापनमा सीट संख्या २० जना मात्र भनेर प्रष्ट खुलााइएको थियो । नेपालभरबाट २० जनामा आफु पर्छु कि पर्दिन भन्ने आशंकाले जन्म लियो । तर अनलाइन फर्म भर्न मिल्ने सहजताका कारण भरेँ । अर्को महिना प्रवेश परिक्षाको सूचना जारी भयो । परिक्षा काठमाडौमा बसाइ दोलखा हुँदा समस्या थियो । कोभिडका कारण सहजै काठमाडौ जान र फर्किन सजिलो थिएन । हिडडुलमा प्रतिबन्ध थियो । परिक्षा दिन सकिदैन भन्ने भयो । लामो प्रतिक्षा गरेको विषय पढ्न नपाइने भयो भन्ने पिर भयो र अन्तिम समय सम्म बिकल्प खोजी रहेँ । अन्ततः समस्याले समाधान पनि ल्यायो । अन्तिम समयमा थाहा भयो प्रत्येक जिल्लामा बस परिवर्तन गरि काठमाडौ जान सकिने रैछ र त्यसैगरी भएपनि परिक्षा दिन जाने निधो गरेँ । ७ वटा गाडी परिवर्तन गरि काठमाडौ पुगेँ ।

परिक्षा पनि दिइयो । कोरोना प्रभाबले गर्दा सबै परिक्षार्थीलाई एकैपटक परिक्षा लिन नसकिने कारण दुई सिफ्टमा परिक्षा संचालन भयो । अब नतिजाको व्यग्र प्रतिक्षा रह्यो । नतिजा पनि राम्रै आयो र लगभग १९ महिनाको प्रतिक्षा सकियो । २० जनामा समावेश भएँ । खुसी लाग्यो । कोभिड १९ को चपेटाले गर्दा भौतिक रुपमा उपस्थित भै कक्षा संचालन गर्न कठिनाई थियो र कक्षा अभौतिक (भर्चुअल) संचालन हुन्छ भन्ने जानकारी तालिम विभागका बरिष्ठ सहायक खिलानाथ सरले फोन मार्फत जानकारी दिनुभयो । मेरा लागि उक्त विधि सहयोगी नै थियो किनकि काठमाडौं गएर पढ्न जागिर तिलाञ्जली दिनुपर्दथ्यो । 

२०७७ भाद्र २१ गते देखि औपचारिक कक्षा सुरु भयो । कक्षा संचालन भए पश्चात निकै उत्साहका साथ पढ्न थालेँ । रहरले जागँर उमार्दो रहेछ । सरहरुले पनि निकै सहयोग र सदभावपूर्ण सिकाइ गराउनुभयो । सिकाइ शीर्षक र विषय अनुसार विज्ञहरु बोलाएर कक्षा लिएका कारण विविधताको रसास्वादन पनि गर्न पाइयो ।

सैद्धान्तिकसँगै प्रयोगात्मक र व्यावहारिक सिकाइ पनि भएकाले २० जान प्रशिक्षाथीलाई नै भिन्न भिन्नै सहकारीमा ओजेटी (अन द जब ट्रेनिङ) का लागी पठाइयो ।  मलाई कोटेश्वर पेप्सीकोलास्थित पाचँतारा साकोस पठाइयो । त्यहाँबाट उक्त संस्थाको काम कारबाहीसम्बन्धी हामीलाई आवश्यक सबै जानकारी उपलब्ध गराइयो । केही समय त सहजै भयो तर हामी पनी आफै सहकारीमा कार्यरत भएकोले केही समस्या उत्पन्न भयो । आफु कार्यरत कार्यालयलाई पनि समय दिनुपर्ने र अर्को संस्थामा पनि पर्याप्त समय दिन नसक्ने समस्या सबै प्रशिक्षाथिहरुमा देखिएपश्चात समस्या समाधान गराउँदै प्राचार्य गणेश तिमल्सिना सरले आफु कार्यरत संस्थाको नै आबश्यक डाटा राखी असाइनमेन्ट गर्न अनुमति दिनुभयो । त्यसपछि आफै कार्यरत संस्थामा नै समय दिन सकियो । व्यावहारिक र प्रयोगात्मक सिकाइको लागि पनि आफै कार्यरत कार्यालयमा समय दिए पनि आबश्यकता अनुसार समय समयमा भौतिक रुपमा नै उपस्थित भै कक्षा संचालन भयो । यस्तो प्रक्रियाले सिकाइमा अझ सहयोग गरेको थियो  ।

यस्तै गरी समय बित्दै गयो । कक्षाहरु सञ्चालन भैरहे । उत्सुकताको साथ पढ्यौ र व्यवहारमा पनि उतार्यौ । कोभिडको प्रभाब कम भएपछि चैत्र १ गते देखी भौतिक कक्षा संचालन भयो । सबै साथीहरु काठमाडौमा नै कार्यरत रहेकाले सहज भयो तर म मात्र बाहिरकी भएकाले मैले जसरी पनी समय मिलाउनुपर्ने भयो । मैले बेतलबी बिदा लिई कोर्ष पूरा गर्ने र पुनः कार्यालयमै काम गर्ने दृढ निश्चय गरेकी थिएँ तर कार्यालयबाट समय उपलब्ध नभएपछि काम छोडेर बाँकी कोर्ष पूरा गरेँ । बाँकी प्रयोगात्मक कक्षाहरु पाँचतारा साकोसमा गएर पूरा गरेँ । 

भौतिक कक्षा लिदाँ नेफ्स्कूनकै सरले प्रयोगात्मक सिकाइको काम पूरा गर्न समय दिनुभएको थियो । हामी यो विषय नेफ्स्कूनमा आधिकारिक व्यक्तिलाई जानकारी नगराई भोलिपल्टबाट काममा लाग्यौ तर अर्को दिन बिहान प्रचार्य गणेश तिमल्सिना सर कक्षा लिन पुग्दा कोही नभेटेपछि अलि रिसाउनुभयो । यो एक नबिर्सने अनुभव पनि रह्यो ।   

६०० घन्टाको सहकारी ब्यबस्थापक कोर्षलाई हामीले २०७७ चैत्र को अन्तिम दिन सैद्धान्तिक सिकाइबाट बीट मार्यौं । बैशाख महिनाभरमा प्रयोगात्मक सिकाइ सकाएर जेठ महिनामा परिक्षा दिने योजानाको साथ हामी बिदा भयौ ।  कोभिड १९ को प्रभाबले योजना अनुसार परिक्षा हुन सकेन । लकडाउन भयो र केअी समयको पर्खाइ पश्चात अभौतिक परिक्षा हुने जानकारी गराइयो । असार २० गते परिक्षा सम्पन्न भयो । यो कोर्ष पूरा गर्ने अवधि सम्म गणेश सरले धेरै नै सहयोग र उत्प्रेरणा दिइरहनुभयो । 

भर्खरै
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

५ घण्टा अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

६ घण्टा अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

१ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

२ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

२ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

८ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१० दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

१० दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

५ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१९ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१९ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२५ दिन अगाडि

पाठकबाट थप