गुरुकुल विधापीठमा उद्यम विकासको खाद्यान्न सहयोग तथा वृक्षारोपण
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
गुरुकुल विधापीठमा उद्यम विकासको खाद्यान्न सहयोग तथा वृक्षारोपण

काठमाडौं । प्रदेश नं. १ झापाको दमकस्थित उद्यम विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडले संस्थाको १३औं स्थापना दिवसको अवसरमा श्री वशिष्ठ संस्कृत गुरुकुल विधापीठमा वृक्षारोपण कार्यक्रम गरेको छ । 

दमक ४ मा रहेको श्री वशिष्ठ संस्कृत गुरुकुल विधापीठमा हिजो उन्नत जातका  २ बोट आँप, २ बोट लिच्ची र १ बोट रुद्राक्षको बिरुवा रोपिएको संस्थाका अध्यक्ष चन्द्रा खड्का भट्टराईले जानकारी दिनुभयो । संस्थाले गुरुकुलमा अध्ययनरत ४९ जना विद्यार्थीहरुलाई केही खाद्यान्न सामाग्री समेत उपलब्ध गराएको थियो । आवासीय दुई तले भवन सहित करिब १ विघा जमिन रहेको गुरुकुल विद्यापीठमा उन्नत जातका फलफुल तथा रुद्राक्षको वगैचा बनाउन सकिने भन्दै संस्थाले स्थापना दिवसको अवसरमा बृक्षारोपणलाई प्रमुखता दिएको अध्यक्ष खड्काले बताउनुभयो । सहकारीको सामाजिक उत्तरदायित्वपूर्ण कार्यक्रम अन्तर्गत गुरुकुलमा अध्ययनरत बटुकहरुलाई केही सहयोग गर्ने उद्देश्य रहेको उहाँले जोड्नुभयो । 

स्थानीय निकायको समेत सहयोग तथा समन्वय रहेको गुरुकुल विद्यापीठमा स्थानीय व्यक्तिहरुले पनि विभिन्न धार्मिक उत्सव तथा कार्यक्रमहरुमा गुरुकुललाई सम्झिने गरेका छन् । गुरुकुल विद्यापीठकी उपाध्यक्ष समेत रहनुभएकी खड्काले भन्नुभयो, स्वस्थ प्राकृतिक वातावरण, विद्यार्थीहरुका लागि आवासको व्यवस्था सहित गुरुकुल भित्रै गाईपालन पनि गरिएको छ । २०६६ सालमा स्थापित निशुल्क रुपमा पढाइहुने गुरुकुल विद्यापीठमा शास्त्री सम्मको पढाइ हुन्छ । 

नेफ्स्कूनकी निवर्तमान सञ्चालक समिति सदस्य समेत रहनुभएकी अध्यक्ष चन्द्रा खड्का भट्टराई को अध्यक्षतामा आयोजित कार्यक्रममा गुरुकुल विधापिठका अध्यक्ष राजेन्द्र भट्टराई प्रमुख अतिथि र कुलप्रसाद भट्टराई विशिष्ट अतिथि रहनुभएको थियो ।

१३औं बर्ष प्रवेश गरेको उद्यम विकास साकोसमा हाल २२ सय सदस्यहरु मार्फत करिब १० करोड २२ लाख बराबरको कारोबार छ । नेफ्स्कूनद्वारा प्रवर्धित साकोस गुणस्तर सुनिश्चितताको कार्यक्रम प्रोबेसनमा आबद्ध साकोसले सदस्यहरुको उद्यमशीलता विकासमा पनि निकै जोड दिएको छ । नेफ्स्कूनको सहकार्यमा राष्ट्रिय युवा परिषद् द्वारा ११ वटा समुहलाई उपलब्ध गराइएको निर्ब्याजी युवा उद्यमशीलता ऋण मार्फत धेरै उद्यमशील समुहहरु उद्यममा सफल रहेको पनि अध्यक्ष खड्काले बताउनुभयो ।  

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१४ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२३ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप