रुपन्देहीका दुई साकोसबीच एकीकरण सहमती
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
रुपन्देहीका दुई साकोसबीच एकीकरण सहमती

रुपन्देही । तिलोत्तमा नगरपालिका वार्ड नं. ३ मा अवस्थित सामूहिक विकास बचत तथा ऋण सहकारी संस्था लि. र सोहि वार्डमा अवस्थित मणिप्रभा बचत तथा ऋण सहकारी संस्था लि. बीच एकिकरण गर्ने सम्वन्धमा हिजो एक कार्यक्रमका बिच प्रारम्भिक सहमति पत्रमा हस्ताक्षर भएको छ । 

सामूहिक विकास साकोसका अध्यक्ष श्री सुरेन्द्र कुमार वर्माको अध्यक्षतामा सम्पन्न एकीकरण सम्झौता कार्यक्रममा सामूहिक विकास बचत तथा ऋण सहकारी संस्थाको तर्फवाट एकीकरण कार्यदल संयोजक लक्ष्मण ज्ञवाली र मणिप्रभा साकोसको तर्फवाट सो साकोसका अध्यक्ष एवं कार्यदल संयोजक दिनेश फुल्लेलले प्रारम्भिक सहमति पत्रमा हस्ताक्षर गर्नुभएको थियो । 

कार्यक्रममा वोल्दै मणिप्रभा साकोसका अध्यक्ष फुल्लेलले सहकारी ऐनले दोहोरो सदस्यता तथा सुशासनका लागि एकीकरणको आवश्यकता महसुश गरी एकीकरण प्रकृयामा सहभागिता जनाईएको जानकारी गराउनुभएको थियो साथै उहाँले सामूहिक विकास साकोससँगको एकीकरणवाट संस्थाका शेयर सदस्यहरुलाई फाईदा पुर्याउने कुरामा विश्वास जनाउनुभएको थियो । 

सामूहिक विकास साकोसका अध्यक्ष सुरेन्द्र कुमार वर्माले सहकारी ऐन अनुसार दोहोरो सदस्यता अन्त्यका लागि एकीकरण प्रभावकारी हुनसक्ने कुरामा जोड दिनुभएको थियो । साथै उहाँले निकट समयमा नै यस क्षेत्रका धेरै सहकारी संस्थाहरुलाई एकीकरण अभियानमा जोड्दै लैजाने नीति संस्थाको रहेको जानकारी गराउनुभएको थियो ।
 
२०५० सालमा स्थापित सामूहिक विकास साकोसमा हाल ८ हजार शेयर सदस्य रहेका छन् भने संस्थाको कुल पूँजी २ अर्व ८० करोड रहेको छ । संस्थाले गत आर्थिक वर्षमा ६ करोड ८६ लाख मुनाफा आर्जन गर्न सफल भएको छ । मणिप्रभा सहकारी संस्थासँगको एकिकरण पश्चात संस्थाका शेयर सदस्य ८ हजार ७ सय जना हुनेछन् भने कुल पूँजी २ अर्व ९० करोड हुनेछ । 

नेफ्स्कूनद्वारा प्रवर्धित साकोस गुणस्तर सुनिश्चिताको कार्यक्रम प्रोबेसन मा आबद्ध सामूहिक विकास साकोस गत सालको प्रोबेसन ब्राण्ड प्राप्त गर्न सफल भएको थियो । 
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१३ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२३ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप